२०८१ जेष्ठ ३

देश

संसदीय समितिका सभापतिको उमेदवारी मनोनयन आज

संसदीय समितिका सभापतिको उमेदवारी मनोनयन आज

देश, राजनीति, समाचार
काठमाडौं । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरुप निर्वाचन प्रक्रिया अघि बढेको हो । समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उमेदवारी मनोनयन प्रस्ताव दर्ता गराउनसक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । हाल समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ । दल मूल–जिम्मेवारीप्रति पछि रहेको संकेत छ : पूर्वसभामुख नेम्वाङसविधानसभाका अध्यक्ष स...
रास्वपाले पनि संसदीय समितिको निर्वाचनमा उम्मेदवारी दिने

रास्वपाले पनि संसदीय समितिको निर्वाचनमा उम्मेदवारी दिने

देश, राजनीति, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिको निर्वाचनमा उम्मेदवारी दिने भएको छ। शुक्रबार साँझ सिंहदरबारस्थित कार्यालयमा बसेको पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। उनका अनुसार समर्थक, प्रस्तावक र उम्मेदवार पुग्ने समितिमा उम्मेदवारी दिने तयारी पार्टीले गरेको हो। 'जसरी सत्तापक्ष र प्रमुख प्रतिपक्षले भागबन्डा गरेका छन्, त्यसमा हाम्रो सैद्धान्तिक विमति हो,' परियारले भने, 'त्यसैले केही समितिका सभापतिमा हामी उम्मेदवारी दिन्छौं।' संसदीय समितिका सभापतिहरू छान्न आगामी भदौ ११ गते निर्वाचन हुँदैछ। निर्वाचन भएसँगै संसदीय समितिहरूले नेतृत्व पाउने भएका छन्। दलहरूबीच नेपाली कांग्रेसले चार, नेकपा एमालेले तीन, नेकपा माओवादी केन्द्रले दुई, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी ले १/१ समितिको सभापति पाउने गरी स...
धरानमा सामाजिक सद्भाव जोगाउन प्रमुख राजनीतिक दलहरूको अपिल

धरानमा सामाजिक सद्भाव जोगाउन प्रमुख राजनीतिक दलहरूको अपिल

देश, समाचार
विराटनगर । प्रमुख राजनीतिक दलहरूले धरान उपमहानगरपालिकामा सामाजिक सद्भाव कायम गराउन सार्वजनिक अपिल गरेका छन् । फरक धार्मिक विचारधाराबीचको द्वन्द्वले दुर्घटना निम्तन सक्ने भन्दै प्रमुख राजनीतिक दलले सद्भाव कायम गराउन अपिल गरेका हुन् । नेकपा (एमाले) धरानका अध्यक्ष हर्कजंग एभेङ, नेपाली कांग्रेसका सभापति श्याम पोखरेल, नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष रोवतिरमण राई, जनता समाजवादी (जसपा) नेपालकाका अध्यक्ष ताजुव लिम्बू, रास्वपा संयोजक राजेशमान श्रेष्ठ, राप्रपाका सचिव तिलक मगर, नगारिक उन्मुक्ति पार्टीका उपाध्यक्ष पदम खेवाहाङ, नेसपा प्रदेश इन्चार्ज दिनेश राई, राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव विष्णु थाम्देनलगायतले संयुक्त अपिल जारी गरेका हुन् । नेपाल बहुभाषिक, बहुसांस्कति, बहुजातीय, बहुधार्मिक बहुलयुक्त मुलुक भएकाले एक आपसको भ्रातृत्व, सहिष्णुता, सदभाव एक अर्काप्रति सम्मान भाव...
संयमित र संवेदनशील हुन धरानका मेयर हर्क साम्पाङको अपिल

संयमित र संवेदनशील हुन धरानका मेयर हर्क साम्पाङको अपिल

देश, राजनीति, समाचार
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले संयमित र संवेदनशील हुन अपिल गरेका छन्। धरानमा केही दिनदेखि धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति संवेदनशील बनाइरहेको राईको भनाइ छ। ‘हाल देखिएको अशान्तिमय वातावरणमा सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकका भावना प्रतिविम्बित हुने गरी आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि सम्पूर्ण धरान नगरवासीहरूमा हार्दिक अपिल गर्दछु,’ शुक्रबार अपिल जारी गर्दै राईले भनेका छन्। समाजमा देखिने अशान्ति र विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तर विरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने भएकोले यस प्रकारको विविधताको नकरात्मकतालाई सकरात्मकतामा परिणत गर्न संयमित र संवेदनशील हुन उनले अपिल गरेका छन्। यस्तो छ अपिल: ...
राष्ट्र बैंकका गभर्नर अधिकारीले भेटे राष्ट्रपतिलाई

राष्ट्र बैंकका गभर्नर अधिकारीले भेटे राष्ट्रपतिलाई

देश, राजनीति, समाचार
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। शितल निवासमा शुक्रबार राष्ट्रपति पौडेल र गभर्नर अधिकारीबीच कुराकानी भएको हो। गभर्नर अधिकारीले राष्ट्रपति पौडेललाई मुलुकको अर्थतन्त्रका समग्र विषयमा जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको छ।  ...
झन्डै साढे ३६ अर्बका चार जलविद्युत आयोजनाको लगानी स्वीकृत

झन्डै साढे ३६ अर्बका चार जलविद्युत आयोजनाको लगानी स्वीकृत

देश, समाचार
लगानी बोर्डले ३६ अर्ब ३७ करोड रुपैयाँका चार वटा जलविद्युत आयोजनाको लगानी स्वीकृत गरेको छ। शुक्रबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्षतामा बसेको बैठकले चारवटा जलविद्युत् परियोजनाहरू (रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजना) का लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। लगानी बोर्डको कार्यालयमा सम्पन्न बैठकले तमोर जलाशययुक्त जलविद्युत परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ।  त्यस्तै, दाङको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताका सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि डोल्मा हिमालयन इनर्जीलाई अध्ययन अनुमतिपत्र दिने पनि बैठकले निर्ण...
तेजप्रकाश, आश्रिती र समर्पणलाई जयपृथ्वीबहादुर पुरस्कार

तेजप्रकाश, आश्रिती र समर्पणलाई जयपृथ्वीबहादुर पुरस्कार

देश, समाचार
काठमाडौँ — बाल साहिय सर्जक तेजप्रकाश श्रेष्ठलाई जयपृथ्वीबहादुर सिंह सम्मान प्रदान गरिएको छ । जयपृथ्वीबहादुर सिंहको १४७ औं जन्मजयन्तीका अवसरमा बिहीबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा श्रेष्ठलाई सम्मान गरिएको हो । यस्तै, जयपृथ्वीबहादुर प्रतिभा पुरस्कारबाट बाल कलाकार आश्रिती श्रेष्ठ र समर्पण न्यौपाने पुरस्कृत भएका छन् । श्रेष्ठलाई चित्रकलातर्फको प्रतिभा पुरस्कार र न्यौपानेलाई साहित्यतर्फको प्रतिभा पुरस्कार प्रदान गरिएको हो ।  पुरस्कारको रकम जनही ५ हजार रुपैयाँ थियो । नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल बालसाहित्य समाज र ह्युमनिजम एन्ड जयपृथ्वीबहादुर फाउन्डेसनको सहकार्यमा आयोजित कार्यक्रममा सिंहको मानवतावादी व्यक्तित्त्वको चर्चा गरिएको थियो । पुरस्कृत सर्जकलाई प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले पुरस्कृत गरेका थिए । ...
४० हजार विद्यार्थीकी नेपाली प्रतिनिधि

४० हजार विद्यार्थीकी नेपाली प्रतिनिधि

देश, विदेश / एन.आर.एन, शिक्षा, समाचार
२६ वर्षीया मनस्वी अस्ट्रेलिया आएको एक वर्षमै म्याकवारी विश्वविद्यालयको बोर्ड अफ डाइरेक्टरमा निर्वाचित भइन् । अस्ट्रेलियाको कुनै पनि विश्वविद्यालयको बोर्ड सदस्य हुने उनी सम्भवतः पहिलो नेपाली हुन् । अस्ट्रेलिया — पछिल्लो समयमा नेपाली विद्यार्थीका लागि सपनाको केन्द्र नै बनेको छ अस्ट्रेलिया । ठूलो सपना लिएर उच्चशिक्षाका लागि अस्ट्रेलिया पस्नु सामान्य नै हो । तर उक्त सपना समयमै साकार पार्नु भने उत्तिकै चुनौतीपूर्ण छ । त्यसमा पनि अन्तर्राष्ट्रिय विद्यार्थी बनेर आएको एक वर्ष नपुग्दै विश्वकै उत्कृष्टमध्येको विश्वविद्यालयको बोर्डमा हजारौं विद्यार्थीलाई प्रतिनिधित्व गर्नु त झनै चुनौतीपूर्ण छ । तर त्यसैको उदाहरण बनेकी छन्, २६ वर्षीया मनस्वी पौडेल । एक वर्षमात्र भयो मनस्वी अस्ट्रेलिया आइपुगेको । उनी यहाँ आएको करिब ८ महिनामै आफू अध्ययनरत विश्वविद्यालयको बोर्ड अफ डाइरेक्टरमा निर्वाचि...
‘पढ्दै कमाउँदै’ कृषि विज्ञानका विद्यार्थी, तरकारी बेचेर कमाए २ लाख

‘पढ्दै कमाउँदै’ कृषि विज्ञानका विद्यार्थी, तरकारी बेचेर कमाए २ लाख

उद्यमशीलता, कभर स्टोरी, देश, समाचार
हिमाली जिल्ला मुगुकी सबिना बुढा क्षेत्री दाङको घोराही उपमहानगरपालिका–१०, नारायणपुरस्थित सिद्धरत्ननाथ उच्च माध्यमिक विद्यालयमा कृषि विज्ञान अन्तर्गत ‘बाली विज्ञान’ विषयकी विद्यार्थी हुन्। पढाइसँगै उनी विद्यालयको खेतमा काम गर्छिन्। कृषक आमाबुबाकी छोरी उनले आफ्नो गाउँमा पनि खेतीको काम गरेकै थिइन्। कृषिकर्ममा अभ्यस्त थिइन्। उता मुगुको आफ्नो गाउँमा बाली तयार हुन धेरै दिन लाग्थ्यो। तरकारी पनि वर्षमा एक पटक मात्रै हुन्थ्यो। दाङमा भने सविनाको अनुभव फरक छ। 'यहाँ त एकै वर्षमा एउटै तरकारी तीन/चार पटक उत्पादन हुन्छ। मेरा लागि यो निकै नौलो अनुभव भएको छ। खेती गर्ने तरिका गाउँको भन्दा धेरै फरक रहेछ,' उनले भनिन्। कृषि विषयको विद्यार्थी भएपछि उनले ठाउँको वातावरण अनुकूल खेती गर्न जान्दा बढी प्रतिफल लिन सकिने भन्ने थाहा पाएकी छन्।सविना हाल डिप्लोमा तेस्रो वर्षमा पढ्दै छिन्। उनी र उनका सहप...
नेता रावलको व्यंग्य : ‘सुनको भारी सुटुक्क नपसोस्, गुणकारी शासन बनोस्’

नेता रावलको व्यंग्य : ‘सुनको भारी सुटुक्क नपसोस्, गुणकारी शासन बनोस्’

देश, समाचार
काठमाडौं । नेकपा (एमाले)का नेता डा. भीम रावलले नेपालको संस्कृति भनेको देशको लागि मुटु कलेजो भएको बताएका छन् । बिहीबार काठमाडौंमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले सुनको भारी सुटुक्क नपसोस्, गुणकारी शासन बनोस्, जग्गा खाने शरणार्थी काण्डहरूले देशकै फजिति नहोस् लगायतका कवितांशहरूबाट सरकारको व्यंग्य गरे । उनले भने, "सुनको भारी सुटुक्क नपसोस्, गुणकारी शासन बनोस्, जग्गा खाने शरणार्थी काण्डहरूले देशकै फजिति नहोस् । आफ्नै भाका लय र लहरले संगीत मीठो बनोस्, कति समृद्ध, सुसंस्कृत देश छ नेपाल संसार सधैँ भनोस् । भारी भ्रष्ट मति, गति र खतिका मिल्काइदेउन् सबै, हे गौरा यो पवित्र भूमिमा नहोस् अनिष्ठ कवै । हाम्रा भाषा, संस्कृति, रितिरिवाज जसरी हाम्रा देशका मुटु कलेजा हुन्, देशको संस्कृति त्यस्तै हो । यदि कुनै देशका जनतालाई खत्तम पार्न...