२०८१ जेष्ठ २

कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आइतबारलाई सारियो




काठमाडौं । कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आइतबार (भदौ १७ गते)लाई सारिएको छ ।


Advertisement


न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आज इजलासमा बस्न नमानेपछि शुक्रबारको निर्धारित सुनुवाइ स्थगित भएको थियो ।

त्यसपछि रिटको सुनुवाइ आइतबारको लागि सारिएको हो ।



शुक्रबार कोसी सरकारविरुद्धको रिटको सुनुवाइ न्यायाधीशद्वय ईश्वरीप्रसाद खतिवडा र सुष्मलता माथेमाको इजलासमा परेको थियो ।

रिटको प्रारम्भिक सुनुवाइको बेला आफूले धारणा राखिसकेको बताउँदै न्यायाधीश खतिवडाले शुक्रबार सुनुवाइ गर्न अस्वीकार गरेका थिए ।

Copy link
Powered by Social Snap