२०८१ जेष्ठ ३

तीनदिने साहित्यिक महोत्सव गर्दै कांग्रेस




काठमाडौं । नेपाली कांग्रेसले ११०औँ बीपीजयन्तीका अवसरमा साहित्यिक महोत्सव आयोजना गर्दै छ । यही भदौ २४, २५ र २६ गते तीन दिनसम्म आयोजना गरिने महोत्सवमा नेपालको राजनीति र साहित्यमा बीपीको महत्त्वबारे जानकारी दिने कांग्रेसको तयारी छ ।

महोत्सवमा मुख्य वक्ताले बीपीको राजनीतिक र साहित्यिक पाटोका बारेमा बोल्ने सोमबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।


Advertisement


महोत्सवमा १२ वटा सत्र राखिनेछ । विश्वकर्माका अनुसार बीपीको मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्र्टन, नेपालको मातृभाषा साहित्य, बीपी आख्यानमा नारीलगायत सत्र हुनेछ ।

यस्तै, बीपीका आख्यानमा मधेस, बीपीका दृष्टिमा बीपी, बीपीले नपाएका १५ वर्ष, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी, समावेशिता, सामाजिक रूपान्तरण र बीपी, युवा स्रष्टामा बीपी पठन र परिवारले बुझेका बीपी सत्र रहनेछ ।



महोत्सवमा कविता, गजल, सांगीतिक साँझ, चित्रकला, वृत्तचित्र र ऐतिहासिक फोटो प्रदर्शनीको कार्यक्रम रहने विश्वकर्माले बताए ।

गएको साउनमा भएको केन्द्रीय कार्यसमिति बैठकबाट बीपी साहित्यिक महोत्सव गर्ने निर्णय गरिएको थियो । पार्टी केन्द्रीय कार्यालय सानेपामै महोत्सव हुनेछ ।

dafg1693211465.jpg

Copy link
Powered by Social Snap