२०८१ बैशाख १७

देश

वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी वीरगन्जमा थप ३ जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेको वीरगन्ज हेल्थ केयर अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए। वीरगन्जकी ६५ वर्षीया महिलाको शुक्रबार साँझ साढे ५ बजे नारायणी अस्पतालमा मृत्यु भएको हो। यस्तै वीरगन्ज-१२ निवासी ४३ वर्षीय पुरुषको शुक्रबार राति १२ बजे वीरगन्ज हेल्थ केयरमा मृत्यु भएको डा. चौरसियाले बताए। उनको नेसनल मेडिकल कलेजबाट रिफर गरेको केही घण्टामै मृत्यु भएको हो। ती पुरुष एचआइभी संक्रमित पनि रहेको अस्पतालले जनाएको छ। यस्तै शुक्रबार राति नै अर्का ३७ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ। वीरगन्ज हेल्थ केयरबाट रिफर भएर काठमाडौं लाने क्रममा उनको बाटोमै मृत्यु भएको हो। परिवारले पुरुषको मुग्लिङ नपुग्दै मृत्यु भएको अस्पताललाई जानकारी गराएका छन्। ...
कोरोना संक्रमितको उपचार गर्न निजी अस्पताललाई एकातिर बेडको समस्या, अर्कातिर सरकारले तोकेको शुल्क

कोरोना संक्रमितको उपचार गर्न निजी अस्पताललाई एकातिर बेडको समस्या, अर्कातिर सरकारले तोकेको शुल्क

देश, राजनीति, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी पछिल्लो समय कोरोनाभाइरसका संक्रमित दिनदिनै बढिरहेका छन्। संक्रमित बढेसँगै अस्पतालहरूमा बिरामीको चाप बढेको छ। विशेष गरी काठमाडौं उपत्यकामा अहिले संक्रमण दर तीव्र छ। संक्रमण बढ्दै जाँदा उपचारमा निजी अस्पतालको क्षमता पनि प्रयोग गर्नु पर्ने हुन्छ। कोरोना संक्रमितको सबै उपचार खर्च ब्यहोर्ने सरकारले निजी अस्पताललाई कम्तिमा २० प्रतिशत बेड कोभिड-१९ का बिरामीका लागि छुट्याउन भनेको छ। स्वास्थ्य मन्त्रालयले २० प्रतिशत बेड नछुट्याउने निजी अस्पतालको पिसिआर परीक्षण अनुमति खारेज गर्ने चेतावनीसमेत दिइसकेको छ। निजी अस्पतालले २० प्रतिशत बेड र मेडिकल कलेजले एकतिहाइ बेड छुट्याएमात्र पिसिआर परीक्षण अनुमति दिने भनेको छ। निजी अस्पतालहरूले २० प्रतिशत बेड अनिवार्य छुट्याउने र उपचारमा भएको खर्च सरकारबाट लिने व्यवस्थाले आफूहरू मर्कामा परेको बताएका छन्। कति निजी अस्पतालले त अहि...
बजार मूल्यभन्दा ४५० रुपैयाँ सस्तोमा खसीको मासु बिक्री गर्दै भाटभटेनी

बजार मूल्यभन्दा ४५० रुपैयाँ सस्तोमा खसीको मासु बिक्री गर्दै भाटभटेनी

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
Credit: CLICKMANDU काठमाडौं । बजारमा खसीको मासु प्रतिकेजी १३ सय रुपैयाँमा बिक्री भइरहेका बेलामा भाटभटेनी सुपरमार्केटले भने प्रतिकेजी ८५० रुपैयाँमै बिक्री गर्न थालेको छ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले बजारमा बिचौलियाका कारण खसीको मासुको मूल्य महंगो भएको भन्दै आफूहरुले सस्तो मूल्यमा बिक्री गरिरहेको जानकारी दिए । भाटभटेनीले बजार मूल्यभन्दा ४५० रुपैयाँ सस्तो मूल्यमा खसीको मासु बिक्री गरिरहेको छ । गुरुङका अनुसार भाटभटेनीले नेपालगञ्ज र भैरहवाबाट ल्याइएका खसीको मासुको मूल्यमा थोरै मार्जिन राखेर मात्रै बिक्री गरिरहेको छ । ‘नेपालगञ्जमा ७ सय रुपैयाँमा प्रतिकेजी खसीको मासु पाइन्छ, हामीले नेपालगञ्जसँगै भैरहवाबाट पनि ल्याउँदै छौं, त्यसमा थोरै मूल्य राखेर बिक्री गर्दा ग्राहकहरुले सस्तो मूल्यमा खसीको मासु पाउन थालेका छन्,’ उनले भने । उनका अनुसार भाटभटेनीले गो...
संक्रमित स्वास्थ्यकर्मीले नै गर्छन् कोरोनाका बिरामीको उपचार

संक्रमित स्वास्थ्यकर्मीले नै गर्छन् कोरोनाका बिरामीको उपचार

आर्थिक, देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar १२ भदौ, काठमाडौं । काभ्रेको साँगास्थित स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा कोरोना संक्रमित बिरामीको उपचार गर्न कोरोना संक्रमित स्वास्थ्यकर्मी नै खटिएका छन् । लक्षण नदेखिएका ९ जना कोरोना संक्रमित बिरामीको उपचार गर्न अस्पतालमा कार्यरत ९ जना कोरोना संक्रमित स्वास्थ्यकर्मी खटिएका हुन् । अस्पतालका मेडिकल डाइरेक्टर डा. राजु ढकालका अनुसार संक्रमित बिरामीलाई उपचार गर्न स्वास्थ्यकर्मीको अभाव हुने देखिएपछि त्यसो गरिएको हो । उनका अनुसार यसरी उपचार गराउन जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रे, स्वास्थ्य मन्त्रालय र बिरामीको समेत स्वीकृति लिइएको छ । Advertisement ‘बिरामीमा पनि लक्षण छैन, हामीमा पनि लक्षण छैन । उपचार गर्न मिल्ने कि नमिल्ने भनेर मन्त्रालयसँग सल्लाह माग्दा लक्षणविहीनले सुरक्षा सतर्कता अपनाएर मिल्छ भन्ने आयो’ डा. ढकालले भने, ‘त्यसैल...
काठमाडौं-रक्सौल रेलमार्गको अध्ययन शुरु गर्न भारत तयार

काठमाडौं-रक्सौल रेलमार्गको अध्ययन शुरु गर्न भारत तयार

देश, समाचार
Credit: CLICKMANDU काठमाडौं । काठमाडौं -रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ । अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भएपनि कोभिड–१९ कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले जनाएको छ । रेल विभागले उनीहरुलाई नेपाल आउन अनुमतिका लागि गृह मन्त्रालयलाई आग्रह गरेको छ । कोभिड सङ्क्रमण फैलिरहेकाले तत्काल उनीहरु आउन दिने अवस्था नरहेको बताइन्छ । अझै एकाध महिना टोलीलाई बोलाउन नसकिने हुनसक्ने देखिन्छ । दुई वर्ष पहिले नेपालमा सम्पन्न भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा सो रेलमार्ग निर्माणको सम्झौता भएको थियो । भारत सरकारले आफ्नै लगानी र प्रविधिको प्रयोग गरेर सो रेलमार्गको अध्ययन गर्ने सहमति भएको थियो । नेपाल र भारतीय पक्षबीच भएको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ...
कोरोना व्यवस्थापनका लागि बेलायतले नेपाललाई ७ अर्ब सहयोग गर्ने

कोरोना व्यवस्थापनका लागि बेलायतले नेपाललाई ७ अर्ब सहयोग गर्ने

देश, राजनीति, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी संयुक्त अधिराज्य बेलायतले नेपालमा कोरोना भाइरसका कारण उत्पन्न समस्या सम्बोधन गर्न करिब ७ अर्ब १५ करोड रूपैयाँ (४५.८ मिलियन पाउन्ड स्टर्लिङ) आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ। Advertisement अर्थमन्त्री डा.युवराज खतिवडा र बेलायतका विदेश तथा समाजकल्याण अफिसका राज्यमन्त्री लर्ड अहमदबीच द्विपक्षीय सहयोग र हितका विषयमा बिहीबार भिडिओ कन्फ्रेन्स भएको थियो। उक्त छलफल क्रममा अहमदले नेपाललाई उक्त सहायता उपलब्ध गराउने घोषणा गरेका अर्थमन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। उक्त छलफलमा अहमदले नेपालको आर्थिक सुधार, लगानीको वातावरण, वैदेशिक लगानीको सीमा, जलवायु परिवर्तनको असर न्यूनीकरण, सगरमाथा संवाद र हरित विकास जस्ता विषयमा थप सहयोग गर्न बेलायत सरकार इच्छुक भएको बताएका थिए। छलफलका क्रममा अर्थमन्त्री खतिवडाले नेपालका...
ओली निवास छाडेर आफ्नै घरमा सरे पूर्वमन्त्री बाँस्कोटा

ओली निवास छाडेर आफ्नै घरमा सरे पूर्वमन्त्री बाँस्कोटा

देश, राजनीति, समाचार
साभार: सेतोपाटी पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवास छोडेका छन्। २०७४ फागुनमा मन्त्री बनेदेखि बाँस्कोटा प्रधानमन्त्री ओलीको घरमा बस्दै आएका थिए। सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदका क्रममा ७० करोड कमिसन मागेको आरोप लागेपछि बाँस्कोटाले गत फागुनमा मन्त्रीबाट राजीनामा दिएका थिए। राजीनामा दिएपछि पनि उनी बालकोटस्थित ओली निवासमै बस्दै आएका थिए। Advertisement लोकन्थलीमा रहेको घरलाई पुननिर्माण गर्नु परेकाले बाँस्कोटा बालकोटमै बसेका थिए। अहिले  उनले लोकन्थलीमा रहेको साढे १ तले घरलाई साढे २ तले बनाएका छन्।  घरको सबै काम सकिएपछि भदौ ४ गते आफ्नो घरमा सरेको उनले बताए। 'म मन्त्री हुँदा पुल्चोक क्वार्टरमा घर खाली थिएन मेरो घर सानो थियो। त्यही भएर म प्रधानमन्त्रीको निजी...
शिक्षा पत्रकार समाज घोषणा हुँदै

शिक्षा पत्रकार समाज घोषणा हुँदै

देश, शिक्षा, समाचार
साभार: शिक्षालय ‘शैक्षिक रुपान्तरणका लागि सञ्चार अभियान, नीतिगत बहशमा शिक्षा पत्रकार समाजको उठान’ को उद्घोषसहित विभिन्न सञ्चारमाध्यममा सक्रिय शिक्षा पत्रकारले नयाँ संस्था घोषणा गर्ने भएका छन् । शिशुकक्षा देखि विश्वविद्यालय तहसम्म र प्राविधिक तथा व्यावसायिक  शिक्षा क्षेत्रमा सक्रिय रिपोर्टिङ, बहश, खोज अनुसन्धान, प्रकाशन, प्रशिक्षण, प्रोत्साहन, स्रोत केन्द्र विकास र नवप्रवर्तनकारी काम गर्ने ध्येयले सक्रिय र अनुभवी शिक्षा पत्रकारको अगुवाइमा शिक्षा पत्रकार समाज (सेज) गठन भएको हो । समाजले शिक्षा र अन्य सामाजिक तथा आर्थिक क्षेत्रलाई ‘क्रस कटिङ’ का रुपमा लिँदै गुणस्तरीय शिक्षाको विकासबाट राष्ट्रसङ्घीय दिगो विकासका लक्ष्य र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गराउन पहल गर्नेछ ।  केन्द्र, प्रदेश र स्थानीय तहसम्मको साङ्गठनिक संरचनासहित समावेशितालाई समेत...