२०८२ चैत्र १

देश

सहमतिमा मात्र राष्ट्रियसभा जाने अर्थमन्त्री खतिवडाको सन्देश

सहमतिमा मात्र राष्ट्रियसभा जाने अर्थमन्त्री खतिवडाको सन्देश

देश, राजनीति, समाचार
Credit: CLICKMANDU काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा अबको दुईदिन भित्रमा राष्ट्रियसभाको सदस्य नभएमा उनको मन्त्री पद स्वत जाने छ । फागुन २१ गते उनले दोस्रो कार्यकालका लागि अर्थमन्त्री पदमा सपथ लिएका थिए । प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थ सहित संचार मन्त्रालयको समेत जिम्मेवारी दिएका छन् । नेकपाको सचिवालय बैठकले फागुनदेखि रिक्त भएको पदमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष बामदेव गौतमलाई लग्ने निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले सो निर्णय आफूले नमान्ने त्यो बेला बताएका थिए । अहिलेसम्म प्रधानमन्त्रीले राष्ट्रपति समक्ष राष्ट्रियसभामा कसैको नाम सिफारिस गरेका छैनन् । बुधबार प्रधानमन्त्री ओली तथा नेकपा अध्यक्षको बीचमा प्रधानमन्त्रीले आफूलाई अर्थमन्त्रीमा खतिवडा चाहिने बताएका थिए । प्रचण्डले पार्टीले निर्णय गर्नुपर्ने जवाफ दिए ।फागुनदेखि अहि...
उपत्यकाका १० प्रतिशत व्यवसायी विस्थापित, अधिकांश न्यूरोड र ठमेलका

उपत्यकाका १० प्रतिशत व्यवसायी विस्थापित, अधिकांश न्यूरोड र ठमेलका

अर्थतन्त्र, देश, समाचार
Credit: CLICKMANDU काठमाडौं । उपत्यकाबाट १० प्रतिशत व्यवसायी विस्थापित भएका छन् । उपत्यका जिल्ला बाहिरबाट व्यवसाय गर्दै आएका व्यवसायीहरू कोरोनाको कहरमा गृहजिल्ला फर्किएका हुन् । लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भए । साउन महिनाका केही दिन आवतजावत तथा व्यापार व्यवसाय चले पनि हाल उपत्यकामा निषेधाज्ञा लागू भएको छ । यसबीच उपत्यकाका जिल्ला बाहिरबाट आएर व्यवसाय गर्ने १० प्रतिशत विस्थापित भएको राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेन कटुवालले बताए । ‘उपत्यकाका तीन जिल्लामा मात्र करिब २ लाख बढी व्यवसाय थिए । जसमा ८५ प्रतिशत व्यवसाय जिल्ला बाहिरबाट आएका हुन्,’ कटुवालले भने, ‘लकडाउन र निषेधाज्ञाका कारण व्यवसाय सञ्चालन नहुँदा १० प्रतिशत व्यवसायी विस्थापित भइसकेका छन् ।’ उनका अनुसार लकडाउन यता हालसम्म करिब ४० प्रतिशत हाराहारीमा सटर, बिजनेस फ्लाइटहरु खाली भइसकेको बताए । तीम...
बर्दिबासमा आत्महत्या गरेकी महिलामा कोरोना पुष्टि

बर्दिबासमा आत्महत्या गरेकी महिलामा कोरोना पुष्टि

देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी महोत्तरीको बर्दिबास नगरपालिकामा आत्महत्या गरेकी ८५ वर्षीया वृद्धामा कोरोना पुष्टि भएको छ। बर्दिबास नपा ३ की ती महिलाको गत भदौ १५ गते कोरोना परीक्षण गरिएकोमा रिपोर्ट नआउँदै उनले बुधबार बिहान करिब साढ़े ६ बजेको समयमा झुन्डिएर आत्महत्या गरेकी थिइन्। Advertisement उनको रिपोर्ट हिजो दिउँसो मात्रै आएको बर्दिबास नगरपालिकाका नगर प्रमुख बिदुर कार्कीले जानकारी दिए। यसअघि मृतकको घरका अन्य ३ जनामा समेत भदौं ११ गते कोरोना संक्रमण पृष्टि भएको थियो। ...
बागलुङ बाढीमा बेपत्तामध्ये ११ जनाको शव फेला (अपडेट)

बागलुङ बाढीमा बेपत्तामध्ये ११ जनाको शव फेला (अपडेट)

देश, समाचार
साभार: सेतोपाटी काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङ खोलामा बाढी आउँदा बगाएकामध्ये ११ जनाको शव फेला परेको छ । घटनास्थलमा फेला परेका कसैको पनि पहिचान हुन सकेको छैन ।  बुर्तिबाङ्गका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रकाशसिंह भण्डारीले ११ जनाको शव फेला परेको जानकारी दिए । जसमा ८ पुरुष र ३ महिला रहेका छन् । बाढीमा परी ३६ जना बेपत्ता भएको इन्सपेक्टर भण्डारीले बताए । उनले भने, ‘झन्डै ५० देखि ५५ घर बगाएको छ ।’ सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । Advertisement अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा बाढी आएको हो । ढोरपाटन नगरपालिकाको दुवालदेखि घट्टेचौर, सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोलसहित खोला किनारका सबै बस्ती बगरमा परिणत भएको छ । बिहान ४ बजेदेखि हिँडको टोली ...
फुटबलर एरिक विष्ट कोरोना मुक्त

फुटबलर एरिक विष्ट कोरोना मुक्त

खेलकुद, देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी काठमाडौं । विश्वकप फुटबल छनोटको खेलका लागि फागुन अन्तिम साता राष्ट्रिय टोलीका ३४ खेलाडीको कोरोना परीक्षण भएको थियो । ३३ खेलाडीको कोरोना रिर्पोट नेगेटिभ आउँदा एक खेलाडी एरिक विष्टको रिपोर्ट पोजेटिभ देखिएको थियो । १९ दिन लामो आइसोलेसन बसाई पछि गरिएको कोरोना परीक्षण पछि अहिले एरिक विष्ट कोरोनामुक्त भएका छन् ।  सरकारले निषेधाज्ञा जारी गर्नु अगाडि नै नेपालमा हुने कतार विश्वकप छनोटको दोस्रो लिगका लागि फुटबलको अभ्यास सुरु गर्ने तयारी गरेको थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेअनसार सुरक्षाका मापदण्ड अपाउँदै खेलाडीहरुलाई अभ्यासमा फर्काउन अखिल नेपाल फुटबल संघ (एन्फा) ले तयारी गरेको थियो । तर समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिएसँगै प्रशासनले निषेधाज्ञा गरेपछि अभ्यास स्थगित भएको थियो । अभ्यास अगाडि गरिएको पीसीआर परीक्षणमा ३४ जना खेलाडी मध्ये एरिक विष...
काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो, अब यी क्षेत्र खुल्ने

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो, अब यी क्षेत्र खुल्ने

देश, राजनीति, समाचार
साभार: सेतोपाटी काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि थप गरिएको छ। साबिकको निषेधाज्ञा निर्णयलाई निरन्तरता दिँदै सात दिन समय थपिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए। उनका अनुसार निषेधाज्ञा २४ गते राति १२ बजेसम्म कायम रहन्छ। बुधबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो। प्रजिअ दाहालका अनुसार यसपालि अत्यावश्यक वस्तु तथा सेवालाई खुकुलो पारिएको छ। जसअनुसार अब खाद्यान्न, तरकारी, फलफूललगायतका पसललाई बिहान ११ बजेसम्म खोल्न दिइने छ। यसअघि बिहान ९ बजेसम्म मात्र दिइएको थियो। यस्तै, निर्माणसामग्री सम्बन्धी सबै पसललाई दिउँसो २ देखि राति ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको दाहालले बताए। यस्तै, प्रशासनले निर्माण सामग्री ढुवानी गर्ने सबै साधनहरूलाई काठमाडौं प्रवेश गर्न दिने निर्णय ...
रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु

देश, समाचार, स्वास्थ्य
 Credit: OnlineKhabar १७ भदौ,बुटवल । भैरहवाको भीम अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका– ६ सब्जीमण्डीका ५७ बर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलका अनुसार भदौ १५ गतेदेखि आईसीयूमा उपचाररत उनलाई बुधबार दिउँसो ३ बजे हृदयघात भएको र साढे ३ बजे मृत्यु भएको हो । उनी मुटुको रोगी थिए । १० वर्षअघि मुटुको शल्यक्रिया गरेका उनले नियमित औषधि सेवन गर्दै आइरहेका डा. पोखरेलले बताए । बुटवलको कोरोना बिशेष अस्पतालमा आईसीयू बेड नभएपछि भीम अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था स्थिर रहेकामा एक्कासी हृदयघात भएको पोखरेलले बताए ।\ Advertisement अस्पतालमा कोरोना संक्रमित मृतककी श्रीमतीको पनि आईसीयूमै राखेर उपचार भइरहेको छ । एकै दिन तीन जनाको मृत्यु यसअघि भीम अस्पपतालमा बुधबार बिहान नवलपरासी पश्चिम र...
कहिले कहिले रोकियो इन्द्रजात्रा ?

कहिले कहिले रोकियो इन्द्रजात्रा ?

देश, समाचार, सामाजिक
साभार: कान्तिपुर हनुमानढोका दरबारसामु यःसिं उठाएपछि इन्द्रजात्रा आरम्भ हुन्छ । इन्द्रध्वजोत्थानको यो अनुष्ठान कहिलेदेखि आरम्भ भयो, इतिहासले आजसम्म पत्ता लगाएको छैन । कोही गुणकामदेवले सुरु गरेको मान्छन् भने कोही लिच्छवि राजा मानदेवका हजुरबुबा शंकरदेवले सुरु गरेको भन्छन् । काठमाडौँ — त्यसो त यतिबेला इन्द्रजात्रा मात्र होइन, उपत्यकामा मनाइने सबैजसो जात्राहरू ठप्प छन् । ठूलो विवादबीच ललितपुरमा सुरु गरिएको रातो मछिन्द्रनाथको जात्रा पनि टुंग्याउन नसकेर अहिले ‘जात्रा’ भएको छ । ‘जात्रा’ हुनबाट जोगिएको कान्तिपुरको अर्को जात्रा हो, इन्द्रजात्रा । कोरोना महामारीका कारण अरु जात्रा–पर्व रोकिएजस्तै यसपालि इन्द्रजात्रा पनि रोकियो । तर, इन्द्रजात्रा रोकिनु भनेको काठमाडौंका लागि एउटा जात्रा मात्रै रोकिनु होइन । जात्रा रोकिनु काठमाडौंबासीको वार्षिक दिनचर्याको एउटा ठूलो हिस्सासमेत रोकिन...
कोरोना संक्रमणबाट आमाको मृत्यु भएको ४ दिनपछि छोराको मृत्यु

कोरोना संक्रमणबाट आमाको मृत्यु भएको ४ दिनपछि छोराको मृत्यु

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar १७ भदौ, काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएका मध्यपुर थिमी नगरपालिका– ७ का ४० वर्षका युवकको मंगलबार राति पाटन अस्पतालमा मृत्यु भएको उपमेयर अञ्जनादेवी मधिकर्मीले जानकारी दिइन् । Advertisement अस्पतालको भेन्टिलेटरमा राखेर उपचारका क्रममा उनको मृत्यु भएको हो । यी युवकमा कोरोना संक्रमण देखिएपछि परिवारका सदस्यहरुमा परीक्षण गर्दा उनको बाबु, आमा, पत्नी र दुई छोराछोरीमा पनि संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणकै कारण उनकी आमाको भदौ १३ गते पाटन अस्पतालमै मृत्यु भएको थियो । युवकको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको बाबु, गर्भवती श्रीमती र छोराछोरी होम आइसोलेसनमा नै रहेका उपमेयर मधिकर्मीले जानकारी दिइन् । ...
जीवन बीमा कम्पनीको २ खर्ब ८४ अर्ब लगानी, मुद्दति निक्षेपमा ८४.३४ प्रतिशत

जीवन बीमा कम्पनीको २ खर्ब ८४ अर्ब लगानी, मुद्दति निक्षेपमा ८४.३४ प्रतिशत

अर्थतन्त्र, देश, बैँक/ बीमा, समाचार
Credit: CLICKMANDU काठमाडौं । बीमा समितिले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा नै बीमासम्बन्धी लगानी निर्देशिका जारी गरेको थियो । सो पश्चात कम्पनीहरुले तोकिएको सीमा रहेर कृषि, पर्यटन, पूर्वाधार, हाइड्रो घर जग्गामा लगानी गर्ने बाटो खुला गरेको थियो । सो अघिसम्म कम्पनीहरुले बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेप, सरकार तथा विभिन्न कम्पनीहरुले जारी गरेको सेयर र ऋणपत्रमा मात्र लगानी गर्न पाउँथे । हाल बीमा कम्पनीहरुले कृषि, पर्यटन, पूर्वाधार, हाइड्रो घर जग्गा बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेप, सरकार तथा विभिन्न कम्पनीहरुले जारी गरेको सेयर र ऋणपत्रमा लगानी गरेका छन् । नियामक निकायले लगानीको दायरा बढाए पनि बीमा कम्पनीहरुले भने आफ्नो परम्परागत शैलीलाई नै निरन्तरता दिएका छन् । जीवन बीमा कम्पनीहरु गत आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्म २ खर्ब ८४ अर्ब ६७ करोड रुपैयाँ लगान...