२०८१ बैशाख ४

देश

कृषिमन्त्री भन्छन्– नेपालले कोदो उत्पादन बढाउनुपर्छ

कृषिमन्त्री भन्छन्– नेपालले कोदो उत्पादन बढाउनुपर्छ

देश, राजनीति, समाचार
काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले नेपालले कोदो उत्पादन बढाउनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको पहाडी भूभाग कोदो उत्पादनका लागि उर्वर रहेको भन्दै कोदो उत्पादन गरी विदेशमा निर्यात गर्न सक्नुपर्ने बताए । बाँदर आतंकबाट पनि अन्य अन्नबालीको तुलनामा कोदोलाई कम क्षति हुने भएकाले कोदोको उत्पादन गर्न उनको आग्रह छ । सरकारले पनि कोदो उत्पादनलाई बढावा दिने गरी काम गरिरहेको उल्लेख गर्दै उनले कोदो स्वास्थ्यका लागि लाभदायी रहेको बताए । समाजमा खानपानमा आएको परिवर्तनसँगै स्वस्थताको कमी हुँदै गइरहेको समयमा प्राकृतिक कृषितर्फ र प्राकृतिक खानपानतर्फ मानिसहरुले रुचि राखिरहेको उनले बताए । खाद्यान्न वृद्धि गर्ने नेपालको अभियानलाई अगाडि बढाउन कोदो उत्पादन मुख्य सावित हुनसक्ने बताउँदै उनले जलवायु परिवर्तनको क्षेत...
एसियाली खेलकुदका लागि नेपाली उसुको वैदेशिक प्रशिक्षण चीनमै

एसियाली खेलकुदका लागि नेपाली उसुको वैदेशिक प्रशिक्षण चीनमै

खेलकुद, देश, समाचार
चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुद सहभागी हुने उसु खेलाडीको वैदेशिक प्रशिक्षण चीनमै हुने भएको छ। त्यसका लागि १२ खेलाडीसहित १६ सदस्यीय नेपाली उसु टोली मंगलबार हुझाव प्रस्थान गर्दै छ । खेलाडीहरुमा थाउलोतर्फ विजय सिन्जाली, दीपक हमाल, पासाङ शेर्पा, निमा घर्ती मगर, सविता राई, कविता थापा मगर र सुस्मिता तामाङ रहेका छन्। सान्सौंतर्फ पदम राई, मंगलप्रसाद थारु, समन घुस्री, रोहित चुनारो र एलिना चौधरी छन् । प्रशिक्षकमा उसुका मुख्य प्रशिक्षक अमर थिङ र अन्य दुई प्रशिक्षकमा प्रकाशवहादुर लामा (थाउलो) र गणेश अर्याल (सान्सौं) रहेका छन्। टोलीसँगै नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना पनि हुझाव जाने मुख्य प्रशिक्षक थिङले जानकारी गराए । टोली हुझावबाटै हाङझाव एसियाडमा सहभागी हुनेछ । ...
भारतसँगको खेलपछि नेपाली टिमको प्रशंसा 

भारतसँगको खेलपछि नेपाली टिमको प्रशंसा 

खेलकुद, देश, समाचार
एसिया कप २०२३ अन्तर्गत नेपालले छिमेकी भारतसँग सोमबार प्रतिस्पर्धा गर्‍यो। भारतसँग पहिलो पटक प्रतिस्पर्धा गरेको नेपालले खेलमा १० विकेटको हार ब्यहोरे पनि नेपाली टिमको प्रशंसा भइरहेको छ।  समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल भारतसँग हारेपछि प्रतियोगिताबाट बाहिरियो। यद्यपी नेपालले भारतविरूद्ध गरेको ब्याटिङका कारण नेपालको प्रशंसा भइरहेको छ।  सामाजिक सञ्जालमा क्रिकेट व्यक्तित्वहरूले नेपाली टिमको प्रशंसा गरिरहेका छन्। श्रीलांकको पल्लेकेलेमा पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अलआउट हुँदा २३० रन जोडेको थियो। वर्षाले प्रभावित खेलमा भारतले विनाविकेटको क्षतिमा लक्ष्य पूरा गरेर सुपर फोरमा स्थान पक्का गर्‍यो।  भारतीय बलरविरुद्ध राम्रो ब्याटिङ गरेका कारण नेपाली टिमको प्रशंसा भइरहेको छ। खेलमा नेपालका ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्का...
एसियन शारीरिक सुगठनमा विशाल र सनमले दिलाए नेपाललाई स्वर्ण

एसियन शारीरिक सुगठनमा विशाल र सनमले दिलाए नेपाललाई स्वर्ण

खेलकुद, देश, समाचार
विशाल पौडेल र सनम मुलगुठीले काठमाडौंमा जारी ५५ औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण जितेका छन्। एसियन शारीरिक सुगठन तथा फिटनेस् महासंघको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघको ब्यवस्थापनमा भएको च्याम्पियनसिपमा विशालले पुरुष जुनियर शारीरिक सुगठन ७५ केजी माथीको तौलमा भारतका कुमार अनिललाई पछि पार्दै स्वर्ण हात पारेका हुन् । तेश्रो स्थानमा थाईल्याण्डका बालान्कन पठानसिरावत रहे । याक एण्ड यती होटलमा भएको च्याम्पियनसिपको महिला स्विम सुट फिजिक खुल्ला विधा तर्फ सनमले स्वर्ण जितिन् । उनले हङ्गकङ्ग चाईनाकी मा सिन यीलाई पछि पार्दै स्वर्ण हात पारेकी हुन् । तेश्रो स्थानमा कोरियाकी किम सोयुन रहिन् । नेपालका लागि पदक दिलाउने क्रममा पुरुष ५५ केजीमा सुरेश दुवालले रजत जोडे । उनी भियतनामका बुइ दाक फि भु संग पछाडी परेका थिए । मलेसियाक...
बिपी साहित्य महोत्सव तयारीका लागि कांग्रेसले बनायो समिति

बिपी साहित्य महोत्सव तयारीका लागि कांग्रेसले बनायो समिति

देश, राजनीति, समाचार
नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको नेतृत्वमा विपी साहित्य महोत्सव तयारी समिति गठन भएको छ। तयारी समितिमा विभिन्न क्षेत्रका ३७ जना सदस्य चयन भएका छन्। यही भदौ २४, २५ र २६ गते विभिन्न कार्यक्रम गरी कांग्रेसले विपी साहित्य महोत्सव आयोजना गर्ने भएको हो। महोत्सव केन्द्रीय कार्यालय सानेपामा हुनेछ। कांग्रेस केन्द्रीय कार्यालयको आयोजना, नेपाली लेखक संघको संयोजन र निरन्तर शनिबार, नेपाल साँस्कृतिक संघ, फाइनआर्टको सहयोगमा महोत्सव गर्न लागिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माको भनाइ छ। साथै महोत्सवमा फोटो प्रदर्शनीसमेत हुनेछ। हेर्नुस् विज्ञप्ति: ...
ज्ञानेन्द्र शाहीको प्रश्न : क्रिकेट खेलाडीलाई दिने भनिएको पैसा किन रोकियो ?

ज्ञानेन्द्र शाहीको प्रश्न : क्रिकेट खेलाडीलाई दिने भनिएको पैसा किन रोकियो ?

खेलकुद, देश, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न खेलमा क्रिकेट खेलाडीलाई दिने भनी घोषणा गरिएको रकम किन नदिएको भन्दै प्रश्न गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले खेलाडीलाई दिने भनेर वाचा गरिएको १७ लाख नदिएको दाबी गरे । “क्रिकेट खेलाडीलाई दिने भनिएको पैसा किन रोकेर राखिएको छ ? पैसा छिटो दिऔँ,” उनले भने, “भोको पेटले राष्ट्रवादलाई कति धान्ने ? प्रधानमन्त्रीले, खेलकुदमन्त्री र सचिवलायले छिटो उपलब्ध गराओस् ।” ...
सर्वोच्चदेखि जिल्ला अदालतसम्म ९९ न्यायाधीश रिक्त 

सर्वोच्चदेखि जिल्ला अदालतसम्म ९९ न्यायाधीश रिक्त 

देश, राजनीति, समाचार
काठमाडौं । न्यायको सर्वमान्य सिद्धान्तले भन्छ– ‘ढिलो न्याय दिनु न्याय नदिनु सरह हो ।’ सर्वोच्च अदालतमै यतिखेर करिव २८ हजार मुद्दाको चाङ लागेको छ ।  त्यसमा पनि एक वर्ष, दुई वर्ष होइन दश वर्ष भन्दा बढी समय गुजारेका मुद्दा समेत छिनोफानोे हुन सकिरहेको छैन । सर्वोच्च प्रशासनका अनुसार, यो आर्थिक वर्ष सकिँदासम्म दश वर्ष पूरा हुने मुद्दाको संख्या १९४ छ ।  सर्वाेच्च अदालतमै समयमै न्यायाधीश नियुक्त हुन नसक्दा मुद्दाको चाप बढेको हो । यतिखेर सर्वोच्च अदालतमै सात न्यायाधीश पद खालि छ ।  संविधानमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहन्छन् । प्रारम्भिकबाहेक सर्वोच्चमा संयुक्त इजलासबाट मुद्दाको सुनुवाई गर्ने अभ्यास छ । यो अभ्यास हेर्दा पाँच न्यायाधीशको संवैधानिक र तीन न्यायाधीशको पूर्ण तथा पाँच न्यायाधीशको बृहत पूर्ण इजलासबाहेक सामान्य इजलास बस्दा पनि सात वटा मात्र बेञ्च...
अमेरिकी सिनेटर होलेन काठमाडौंमा

अमेरिकी सिनेटर होलेन काठमाडौंमा

देश, समाचार
अमेरिकी सिनेटर क्रिस भान होलेन काठमाडौं आइपुगेका छन्। अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य-सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य होलेन शुक्रबार नेपाल आइपुगेका हुन्। काठमाडौंस्थित अमेरिकी राजदूतावासले भ्रमणका क्रममा सिनेटर होलेनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारीहरू, युवा नेताहरू, सांसदहरू र उद्यमीहरूसँग भेटघाट गर्नुहुने र नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्ने जानकारी दिएको छ। ...
प्रधानमन्त्रीले चीन भ्रमणका बेला चुच्चे नक्साबारे कुरा उठाउने

प्रधानमन्त्रीले चीन भ्रमणका बेला चुच्चे नक्साबारे कुरा उठाउने

देश, राजनीति, समाचार
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले चीनले जारी गरेको नयाँ नक्साबारे चीन भ्रमणकै बेला कुरा उठाउने भएका छन्। शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा गएका बेला यस विषयमा कुरा उठाउने बताए। उनले यस विषयलाई कूटनीतिक पहलबाटै टुंगो लगाउनुपर्ने जानकारी पनि दिए। ‘पहिलो कुरा त चीनले जारी गरेको नक्साको सन्दर्भमा किन त्यस्तो हुन गयो, किन विचार पुर्याइएन? त्यति महत्वपूर्ण विषयलाई त्यहाँ समेटिएन। यसको बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ,’ सापकोटाले भने, ‘चीनसँग कुरा गरिसकेपछि कूटनीतिक पहलकदमी बढाउनुपर्छ भन्ने कुरा पनि छ। प्रधानमन्ती चीन भ्रमणमा गएका बेला यस विषयमा कुरा हुन्छ।’ गत मंगलबार चीनले आफ्नो देशको नक्सा सार्वजनिक गरेको थियो। उक्त नयाँ नक्सामा नेपालले २०७७ जेठ महिनामा जा...
चीनले नक्सामा नेपालको भूभाग भारतमा देखाएकोबारे बोल्यो परराष्ट्र मन्त्रालय

चीनले नक्सामा नेपालको भूभाग भारतमा देखाएकोबारे बोल्यो परराष्ट्र मन्त्रालय

देश, समाचार
चीनले हालै सार्वजनिक गरेको नक्साबारे परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ। गत अगष्ट २८ मा चीनले नेपालको भूभाग भारतमा देखाएको नक्सा सार्वजनिक गरेको थियो। चीनले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक क्षेत्र भारतमा देखाइएको छ।  सो विषयबारे प्रेस विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले भनेको छ- सन् २०२० मा नेपालको संसदले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट उभिएको छ। यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्ने नेपाल सरकार स्पष्ट रूपमा विश्वास गर्छ। यसका साथै मन्त्रालयले नेपाल सीमा विवाद वार्ता र कूटनीतिबाट समाधान गर्न प्रतिबद्ध रहेको बताएको छ। ...