२०८१ बैशाख १७

स्वास्थ्य

गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रधानमन्त्रीको प्रस्ताव

गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रधानमन्त्रीको प्रस्ताव

स्वास्थ्य
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अघि बढाउने विषयमा छलफल गर्नुभएको छ । गेटा मेडिकल कलेजको मोडालिटीका बारेमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने वहालवाला तथा पूर्वसांसद, मन्त्री, विषय विशेषज्ञ, नेपाल सरकारका मुख्यसचिव, शिक्षा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवहरुसँग आज उहाँले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्नुभयो । प्रधानमन्त्री दाहालले आगामी फागुन १ देखि विकास आयोजनाको अनुगमन गर्ने घोषणा गर्नुभएको छ । सोही सिलसिलामा उहाँ भोलि सुदूरपश्चिम प्रदेशको सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जाने कार्यक्रम छ । भ्रमणको अघिल्लो दिन उहाँले सो क्षेत्रका सांसदसँग छलफल गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । “मेरो पहिलो कार्यकालमा सुदू...
‘स्वस्थ पाँचखाल’ सम्झौता

‘स्वस्थ पाँचखाल’ सम्झौता

SYM शुद्ध सकारात्मकता, स्वास्थ्य
पाँचखाल नगरपालिकालाई ‘स्वस्थ पाँचखाल’ बनाउन बिहीबार सम्झौता गर्दै नगर प्रमुख महेश खरेल र काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालका मेडिकल डाइरेक्टर प्राडा बलराम मल्ल । स्वस्थ पाँचखाल अभियानमा नगरले स्वास्थ्य सामग्रीलगायत स्रोत,साधान उपलब्ध गराउने छ भने अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नेलगायत छ बुँदामा सम्झौता गरिएको छ । तस्बिर ः राजकुमार पराजुली÷रासस ...
काठमाडौं महानगरले नागरिकको आधारभूत स्वास्थ्य अवस्थाबारे सर्वेक्षण गर्ने

काठमाडौं महानगरले नागरिकको आधारभूत स्वास्थ्य अवस्थाबारे सर्वेक्षण गर्ने

स्वास्थ्य
१७ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरवासीको आधारभूत स्वास्थ्य अवस्थाबारे सर्वेक्षण गर्ने तयारी गरेको छ । सर्वेक्षणमार्फत नागरिकका स्वास्थ्य अवस्थाबारे जानकारी प्राप्त हुने र त्यसपश्चात उपचार तथा स्वस्थ्य जीवनयापनमा सहज हुने विश्वासका साथ सर्वेक्षणको तयारी गरिएको महानगरका स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवालले बताए । ‘शहरमा नसर्ने तर दीर्घ रोगका बिरामीहरुको संख्या बढ्दै गइरहेको छ, यस्ता बिरामीहरुले नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ । निश्चित मात्रा पूरा गर्नुपर्छ, यसको निगरानी वडास्तरीय स्वास्थ्य प्रबर्द्धन केन्द्रबाट गर्ने योजना हो’ उनले भने । स्वास्थ्य प्रबर्द्धन केन्द्रबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुने उनको भनाइ छ । सर्वेक्षणका लागि स्वास्थ्यसम्बन्धी कसलाई के समस्या छ, उपचार कहिलेबाट सुरु गरिएको हो ? कुन औषधि प्रयोग भइरहेको छ ? औषधि कति समयसम्म प्रयोग...
स्पाको आनन्द : यी हुन् काठमाडौंका चर्चित स्पा सेन्टर

स्पाको आनन्द : यी हुन् काठमाडौंका चर्चित स्पा सेन्टर

देश, स्वास्थ्य
काठमाडौं । शरीर आलस्य भयो, काममा ऊर्जा र जाँगर चलेन । यस्तो बेला स्पा गए हुन्छ नि भनेर साथीभाइले सुझाउने गरेको सुन्नुभएको होला । शरीर र दिमागलाई आराम दिने उद्देश्यले देशका प्रमुख सहरमा स्पा सेन्टर थुप्रै खुलेका छन् । कहिले पनि स्पा नगएकाहरुलाई लाग्न सक्छ आखिर त्यहाँ के हुन्छ ? स्पा सेन्टरमा आयुर्वेदिक मसाज थेरापी, हाइड्रोथेरापी, फेसियल, मेनीक्योर, पेडीक्योर, एरोमाथेरापी र एक्युपन्चरसहित विभिन्न सुविधा उपलब्ध गराइन्छ । पछिल्लो समय स्पा सेन्टरहरुले ध्यान, योग पनि समावेश गर्ने गरेका छन् । शारीरिक तथा मानसिक स्वास्थ्य लाभ लिन स्पा जरुरी रहेको थेरापिस्टहरु बताउँछन् ।शरीरलाई आराम दिन, तनावलाई मुक्त गर्न, स्पा थेरापीले रक्तसञ्चार राम्रो गराउन, ऊर्जा ल्याउन र आत्मबल बढाउने काम पनि स्पा थेरापीबाट हुने थेरापिस्टहरु सुझाउँछन् । अनलाइनखबरले काठमाडौंका यस्ता ६ स्पा सेन्टरलाई सूचीकृत...
Awareness: Hookah proved to be 100 times lethal than cigarettes

Awareness: Hookah proved to be 100 times lethal than cigarettes

स्वास्थ्य
Hookah, also known as shisha or waterpipe smoking, is a popular method of smoking tobacco that originated in the Middle East and has gained popularity in other parts of the world. While hookah smoking may seem like a more relaxed and social activity compared to smoking cigarettes, it is actually much more dangerous. One of the main dangers of hookah smoking is the high levels of toxic chemicals and cancer-causing agents that are inhaled during a hookah session. A single hookah session can involve inhaling the same amount of smoke as smoking 100 cigarettes, making hookah smoking 100 times more dangerous than cigarettes. Hookah smoke contains high levels of carbon monoxide, a poisonous gas that can reduce the amount of oxygen that reaches the body's tissues. It also contains...
दाङ देउखुरीका दुई अस्पतालमा अनलाइनबाट मुटुरोग विशेषज्ञको सेवा

दाङ देउखुरीका दुई अस्पतालमा अनलाइनबाट मुटुरोग विशेषज्ञको सेवा

SYM शुद्ध सकारात्मकता, स्वास्थ्य
१ पुस, दाङ । दाङ देउखुरीको राप्ती गाउँपालिकाका दुईवटा स्वास्थ्य संस्थाबाट मुटुका बिरामीहरुले अनलाइनबाटै विशेषज्ञ डाक्टरहरुबाट परामर्श सेवा लिन पाउने भएका छन् । ‘ग्रामीण टेलिकार्डियोलोजी कार्यक्रम’ नाम दिइएको यो सेवा राप्ती गाउँपालिका वडा नं. ५ मा रहेको सिसहनियाँ अस्पताल र वडा नं. १ मा रहेको भालुबाङ अस्पतालबाट लिन सकिने छ । उक्त कार्यक्रम सञ्चालन भएकाले अब देउखुरी उपत्यका क्षेत्रका मुटुका बिरामीहरुले कम खर्चमा विशेषज्ञ स्वास्थ्य सेवा लिन पाउने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । ‘मुटु विशेषज्ञहरुलाई जचाउनकै लागि दाङभन्दा बाहिर जान अब पर्दैन, अनलाइनबाटै परामर्श लिन सकिने भएकाले यो सेवाबाट गरीब तथा विपन्न वर्ग लाभान्वित हुन्छन्,’ अध्यक्ष विष्टले भने । राप्ती गाउँपालिकाको पहल तथा जेरियाट्रिक सोसाइटी अफ नेपालको सहयोगमा उक्त सेवा शुभारम्भ गरिएको हो । दु...
उच्च रक्तचापको औषधि आफूखुसी छाडे के हुन्छ ? – Dr. Rajendra Koju

उच्च रक्तचापको औषधि आफूखुसी छाडे के हुन्छ ? – Dr. Rajendra Koju

स्वास्थ्य
उच्च रक्तचापको औषधि सेवन गरेपछि जीवनभरि छाड्न मिल्दैन भन्ने चिन्ताले धेरै व्यक्ति उच्च रक्तचापको समस्या भए पनि औषधि सेवन गर्न भने डराउँछन् । तर केहीले औषधि सुरु गरेपछि पनि छाडेको उदाहरण भएको डाक्टरहरू बताउँछन् । यस्तोमा उच्च रक्तचापको औषधि कुन कुन स्थितिमा छाड्न मिल्छ ? उच्च रक्तचाप नियन्त्रण भएपछि आफूखुसी छाड्न सक्छन् वा चिकित्सकको परामर्श अनिवार्य हुन्छ ? खासमा यो औषधिले के काम गर्छ ? उच्च रक्तचापको औषधिले रक्तचापलाई घटाउँछ । कुनै औषधिले मुटुबाट निस्कने प्रेसरलाई कम गरिदिन्छ । कुनैले रक्त प्रवाह राम्ररी गर्नको रक्त नलीलाई लचिलो बनाइदिन्छ जसले गर्दा रक्तचाप नियन्त्रण हुन्छ । आजीवन खानैपर्छ ? औषधिको सेवनले नै उच्च रक्तचापको नियन्त्रण गरिरहेको हो भने औषधि छोड्ने बित्तिकै रक्तचाप बढ्छ र स्वास्थ्यमा थप नराम्रो असर गर्न सक्छ । मस्तिष्कघात, हृदयघात, मिर्गौला फेल र रक्त...
बुढापाकाले कान किन कम सुन्छन् ? – Dr. Arun KC

बुढापाकाले कान किन कम सुन्छन् ? – Dr. Arun KC

स्वास्थ्य
हाम्रो कानमा विशेषगरी तीन भाग हुन्छ । बाहिरी भाग, मध्यम भाग र भित्री भाग । यो तीन भागको समन्वयबाट नै हामीले कुनै पनि कुरा सुन्ने गर्छौं । उमेर बढ्दै गएपछि वृद्धवस्थामा कानको भित्री भागका नसाहरु खिइँदै जान्छ, जसले श्रवणशक्ति कम हुँदै जान्छ । वृद्धावस्थामा कुनै पनि व्यक्तिले एक्कासि कान सुन्न छोड्ने होइन । यो समस्या उमेर ढल्किंदै गर्दा बिस्तारै बिस्तारै देखा पर्छ । सुरु–सुरुमा आवाज त सुनिन्छ, तर प्रस्ट नबुझिने हुन्छ । त्यसपछि होहल्ला भएको ठाउँमा राम्ररी नसुन्ने र बिस्तारै कम हुँदैै सुन्दै नसुन्ने समस्या पनि हुन्छ । वृद्धावस्था भएका शतप्रतिशत मान्छेको नै श्रवणशक्ति कम हुन्छ वा गुम्छ भन्ने हुँदैन । ७५ वर्षको उमेर समूहका व्यक्तिमध्ये आधाको श्रवणशक्ति कम हुन्छ । ८० वर्षसम्ममा धेरैलाई यस्तो समस्या देखा परिसक्छ भने ९० वर्षसम्म लगभग सबैलाई नै यो समस्या देखिन्छ । सबैलाई एकै ...
आयुर्वेद : पञ्चकर्मले कसरी गर्छ शरीरको शुद्धीकरण ?

आयुर्वेद : पञ्चकर्मले कसरी गर्छ शरीरको शुद्धीकरण ?

स्वास्थ्य
आयुर्वेद भन्नासाथ आम बुझाइ के पाइन्छ भने यो जडिबुटीबाट गरिने उपचार हो । तर आयुर्वेदको आयाम यतिमा मात्र सीमित छैन । यो हाम्रा पूर्खाहरुले खोज, प्रयोग र अभ्यास गरेका सदियौं पुरानो चिकित्सा पद्धति हो । खासगरी आयुर्वेदले सम्पूर्ण शरीरलाई शोधन गरी रोगप्रतिरोधात्मक क्षमता बढाउने भूमिका खेल्छ । यसका पनि विविध तौरतरिका छन् । त्यसमध्येको एक हो, पञ्चकर्म । के हो पञ्चकर्म ? आयुर्वेद चिकित्साको सिद्धान्त अनुसार रोग तीन कारणले लाग्छ, वात, पित्त र कफ । यी तत्वमा विषमता वा प्रकोप हुनु नै रोग उत्पन्न हुनु हो । अतः यी रोगहरुबाट मुक्ति पाउने एउटा प्राकृतिक विधि पञ्चकर्म हो । पञ्चकर्मका पाँच विधिध छन्, वमन, विरेचन, नास्य, वस्ती तथा रक्तमोक्षण । यसले शरीरका विकारलाई हटाएर शरीरमा जीव विष पैदा गर्नसक्ने तनाव वा रोगलाई कम गर्न सहयोग गर्छ । अनि शरीरलाई दोषहरुबाट मुक्त राख्छ । स्वेद ...
के वाइनले वास्तवमै फाइदा गर्छ ?

के वाइनले वास्तवमै फाइदा गर्छ ?

स्वास्थ्य
काठमाडौं । नेपाली पात्रोमा अब चाडपर्व सुरु भएको छ । तीज, दशैं, त्यसपछि तिहार । चाडपर्वको यो याममा मीठोमसिनो व्यञ्जनसँगै नेपाली समाजले मदिरा पनि उत्तिकै खपत गर्छ । मदिरामा खासै स्वाद नभिजेकाहरु पनि यतिबेला वाइनको चुस्की लिन थालेका छन् । पर्व, उत्सव, जमघटमा वाइनको ग्लास समात्ने जमात बढ्दो छ । यसलाई उनीहरुले ‘सोसल ड्रिंकको रुपमा लिने गरेका छन् । त्यसो त वाइनप्रति हाम्रो समाज त्यति अनुदार छैन, जति अन्य मदिराजन्य पेयप्रति छ । समाजमा व्याप्त धारणा छ, ‘वाइन हार्ड ड्रिंक होइन, वाइनले खासै मात्दैन, वाइनले कुनै हानी गर्दैन, वाइनले मुटुलाई फाइदा गर्छ ।’ तपाईंले गुगलमा गएर खोज्नुभयो भने ‘वाइन पिउनुका फाइदा’ शीर्षकमा थुप्रै सामग्री फेला पार्नुहुनेछ । के वास्तवमै यो सत्य हो ? किनभने चिकित्सकहरुले वाइनलाई पनि अन्य मदिराकै श्रेणीमा राखेका छन् । अन्य मदिराले शरीरमा जे-जस्त...