२०८३ असार १३

स्वास्थ्य

विदेशमा रहेका श्रमिकका लागि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा

विदेशमा रहेका श्रमिकका लागि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा

SYM शुद्ध सकारात्मकता, स्वास्थ्य
सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि यही चैत १५ गतेदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा सुरु गर्ने भएको छ । सो सेवामार्फत विदेशी भूमिमा श्रमिकले भोग्दै आएका स्वास्थ्य समस्या सम्बोधन गर्न आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श उपलब्ध गराउने वैदेशिक रोजगार बोर्डले जनाएको छ । टेलिमेडिसिन सेवा यही चैत १५ गते आइतबार बिहान १० बजेदेखि सुरु हुनेछ । सार्वजनिक बिदाका दिनबाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह गरिने बोर्डका प्रवक्ता राजन पौडेलले जानकारी दिनुभयो । नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, ह्वाट्सएप वा इमोलगायत सामाजिक सञ्जालबाट फोन गर्न सक्नेछन् । उक्त कल टेलिमेडिसिनका मेडिकल अधिकृतले प्राप्त गरी बिमारी श्रमिकलाई विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रबार विश...
पोखराको हिमालय आँखा अस्पताल अब्बल

पोखराको हिमालय आँखा अस्पताल अब्बल

स्वास्थ्य
पोखराको हिमालय आँखा अस्पताल २९ वर्षअघि स्थापना भयो । विसं २०२९ फागुन १७ गते स्थापना भएदेखि नै यो अस्पताल आँखा नदेख्नेका लागि वरदान सावित हुँदै आएको छ । अस्पतालले यो अवधिसम्म ३१ हजार बढीको आँखाको सफल शल्यक्रिया गरिसकेको छ । सोही कारण पनि आँखा उपचारमा अब्बल सावित भएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित अस्पताल गत फागुन १७ गतेदेखि ३० औं वर्षमा प्रवेश गरेको छ । अहिलेसम्म अस्पतालबाट अहिलेसम्म ३१ हजार सात सय ४२ जनाको शल्यक्रिया गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा इलिया श्रेष्ठले जानकारी दिनुभयो । सोही अवधिमा २१ लाख ६१ हजार पाँच सय ५७ जनाको आँखा परीक्षण गरेको डाइरेक्टर डा श्रेष्ठले बताउनुभयो । “यो अवधिमा विद्यालय आँखा जाँच कार्यक्रममा तीन लाख ९८ हजार सात सय २७ को आँखा जाँच गरिएको छ”, उहाँले भन्नुभयो, “११ हजार तीन सय २७ लाई निःशुल्क चश्मा वितरण पनि गरियो ।” विभिन्न स्थानमा...
खोरेत मुक्त अभियान सञ्चालन गरिँदै

खोरेत मुक्त अभियान सञ्चालन गरिँदै

स्वास्थ्य
जिल्लाका दुई वडामा खोरेत रोग मुक्त अभियानको तयारी गरिएको छ । भरतपुर महानगरपालिका–६ र रत्ननगर नगरपालिका–१२ मा सो अभियान सञ्चालन गर्न लागिएको हो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरले दुई वडालाई खोरेत रोग मुक्त अभियान सञ्चालनको लागि काम सुरु गरेको हो । कार्यालयका सूचना अधिकारी डा प्रभात न्यौपानेका अनुसार दुई पालिकाका दुई वडामा कार्यक्रम सञ्चालनका लागि रु २० लाख बजेट विनियोजन गरिएको छ । दुई वडामा १० हजार मात्रा खोरेतविरुद्धको खोप लगाउने तयारी गरिएको छ । यसका लागि अध्ययनको काम सकिएको उहाँले बताउनुभयो । गाई, भैँसी, बङ्गुर, बाख्रा र भेडामा यो रोग देखिने गरेको उहाँले बताउनुभयो । यीमध्ये गाई भैँसीमा बढी सङ्ख्यामा खोरेतको समस्या देखिने गरेको छ । ती वडामा रहेका पशु चौपायाको अवस्थाको अध्ययन सकेर खोप अभियान सुरु गर्ने चरणमा रहेको उहाँले जानकारी दिनुभयो । खोप अभियानका क...
सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनामा अगाडि बढाउँदछु ः प्रधानमन्त्री दाहाल

सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनामा अगाडि बढाउँदछु ः प्रधानमन्त्री दाहाल

देश, स्वास्थ्य
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन सय वर्ष पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अगाडि बढाउने घोषणा गर्नुभएको छ । उहाँले नेपाल आयुर्वेद तथा प्राकृतिक चिकित्साका अलावा औषधिजन्य जडीबुटी उपलब्धताका हिसाबले महत्वपूर्ण स्थानमा रहेको उल्लेख गर्दै मुलुकको गौरवका रूपमा स्थापित वैद्यखानालाई थप गति दिने विश्वास दिलाउनुभएको हो । अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनलाई आज यहाँ उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले नेपालको आयुर्वेद चिकित्सालाई थप विस्तार गरिने जानकारी दिनुभयो । उहाँले अतिआवश्यक जडीबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्न नीतिगत निर्णय गरिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सरकारका तर्फबाट राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रलाई पूर्णरूपमा क्रियाशील बनाई नेपालका रैथाने जडीबुटीको अध्ययन–अनुसन्धानलाई द्रुतगतिमा अगाडि बढा...
बिर्तामोड नगर अस्पताल भवन सम्पन्न

बिर्तामोड नगर अस्पताल भवन सम्पन्न

स्वास्थ्य
झापाको बिर्तामोड नगरपालिकामा साढे पाँच करोडको लागतमा नगर अस्पताल भवन निर्माण सम्पन्न भएको छ । संघीय सरकारको रू पाँच करोड ५० लाख सात हजार सात सय ६० लागतमा १५ शैय्याको नगर अस्पताल भवन निर्माण भएको हो । भवन निखिल निर्माण सेवा प्रालिले निर्माण गरेको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौनोपाले जानकारी दिनुभयो । नगरपालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेको नगरप्रमुख पवित्रा महतरा प्रसाईंले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हरेक नगरवासीमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ लागेका छौँ ।” नगर अस्पतालबाट २१ प्रकारका सेवा प्रवाह हुने छन् । नगर अस्पतालबाट स्वास्थ्य बिमासहित दैनिक बहिरंग, प्रयोगशाला, भिडियो एक्स–रे, ईसीजी, प्रसुती, एक्स–रे लगायतका सेवा प्रवाह हुने नगर अपस्तालका नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल अधिकारीले बताउनुभ...
प्रभावकारी बन्दै हात्तीपाइले निवारण अभियान

प्रभावकारी बन्दै हात्तीपाइले निवारण अभियान

स्वास्थ्य
बागलुङमा ‘यसै पटक अन्तिम पटक’ भन्ने नाराका साथ १४औँ चरणको हात्तीपाइले निवारण अभियान सुरु गरिएको छ । जिल्लाका सम्पूर्ण विद्यालयका विद्यार्थीलाई आज हात्तीपाइलेविरुद्धको औषधि खुवाएर अभियानको शुभारम्भ गरिएको हो । तेह्र वर्षदेखि निवारण हुन नसकेको हात्तीपाइले निवारणका लागि आम औषधि अभियानलाई प्रभावकारी बनाउन विभिन्न रचनात्मक नारा तथा अभियानसहित आम औषधि सेवन अभियान सुरु गरिएको छ । सामान्यतः छ वर्षमा निवारण भएको हात्तीपाइले बागलुङमा १३ वर्षमा समेत निवारण नभएपछि यस पटक हात्तीपाइले निवारण अभियानका लागि स्वास्थ्यकर्मी रात दिन ‘यसै पटक अन्तिम पटक’ भनेर खटेका छन् । हात्तीपाइलेविरुद्धको आम औषधि अभियानलाई प्रभावकारी बनाउन सचेतनामूलकका लागि टोलस्तरीय अन्तरक्रिया कार्यक्रम, हात्तीपाइलेसम्बन्धी लोक भजन तथा लोक दोहोरी प्रतियोगिता र माइकिङ लगायतका रचनात्मक क्रियाकलाप सम्पन्न गरिएको छ । यस प...
प्रदर्शनीमा निःशुल्क स्वास्थ्य सेवा

प्रदर्शनीमा निःशुल्क स्वास्थ्य सेवा

स्वास्थ्य
घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी–२०७९’ मा निःशुल्क स्वास्थ्य सेवा लिनेको सङ्ख्या दिनहुँ बढिरहेको छ । कक्ष नं २ मा बिएस डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक प्राली र जय माता दि सेनेटरी उद्योग प्रालीले नियमित स्वास्थ्य सेवा प्रदान गरिरहेका आयोजक मूल समितिले जानकारी दिएको छ । प्रदर्शनीको स्वास्थ्य कक्षबाट हालसम्म १० हजार बढी मास्क, एक हजार बढी स्यानेटरी प्याड निःशुल्क वितरण र एक सय ६१ जनाको रगत जाँच गरिएको आयोजक मूल समितिका संंयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो । उहाँका अनुसार एमबिबिएस एमडी इन्टरनेशनल मेडिसिन कन्सल्टेन्ट फिजिसियन डा प्रकाश सुवेदीको नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । हालसम्म चारसय ४५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथ...
छ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै

छ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै

स्वास्थ्य
यहाँका छ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ह्युमन पापिलोमा भाइरस (एचपिभी) लगाइने भएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ११ देखि १३ वर्ष उमेर समूहका किशोरीका लागि खोप अभियान सञ्चालन गरेको हो । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार माडी नगरपालिका र भरतपुर महानगरपालिकाभित्रका चार हजार किशोरीलाई खोप लगाइसकिएको छ । रत्ननगर नगरपालिकाका दुई हजार किशोरीलाई खोप लगाउने तयारी गरिएको छ । खोपका सम्बन्धमा रत्ननगर नगरपालिकाभित्रका २९ सामुदायिक र २७ संस्थागत विद्यालयका प्रधानाध्यापक, प्राचार्य र स्वास्थ्य शिक्षा अध्यापन गराउने शिक्षकशिक्षिकाका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ । यही फागुन १४ देखि १९ गतेसम्म रत्ननगरका विद्यालयमा खोप कार्यक्रम सुरु गर्न लागिएको हो । विश्व स्वास्थ्य सङ्गठनले पनि खोपबारे चासो देखाएका कारण नेपाल सरकारले सन् २०२...
प्रदेशस्तरको औषधि आपूर्ति केन्द्र बनाइने

प्रदेशस्तरको औषधि आपूर्ति केन्द्र बनाइने

स्वास्थ्य
जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ स्थित सत्रसयमा गण्डकी प्रदेशस्तरकै एलोपेथिक औषधि आपूर्ति केन्द्र बनाइने भएको छ । यहाँ रहेको तेत्तीस रोपनी जमिनमा गण्डकी प्रदेशको आपूर्ति केन्द्र बनाउन लागिएको हो ।स्वास्थ्य मन्त्रालयबाट जग्गा प्राप्तिका लागि स्वीकृति पाएपछि प्रक्रिया अघि बढाउने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । “गण्डकी प्रदेश र संघीय सरकारको स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबाट अनुगमन भैसकेकाले छिट्टै केन्द्र निर्माणका लागि प्रक्रिया अघि बढाइने छ ।” सेभ द चिल्डेनको आर्थिक सहयोगमा एलोपेथिक औषधि बनाएर वितरण केन्द्र बनाउने विषयमा प्रारम्भिक अनुसन्धान भैरहेको पनि उहाँले बताउनुभयो । केन्द्रका लागि पन्ध्र रोपनी जग्गा भए पुग्ने भएकाले बाँकी जग्गामा आयुर्वेदिक अस्पताल बनाउन प्रदेश सरकारले चासो देखाएको गाउँपालिकाका अध्यक्ष शुक्र...
आजदेखि १५ जिल्लामा हात्तिपाइलेविरुद्धको औषधि खुवाइँदै

आजदेखि १५ जिल्लामा हात्तिपाइलेविरुद्धको औषधि खुवाइँदै

स्वास्थ्य
आजदेखि देशका १५ जिल्लामा हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि यही फागुन २५ गतेसम्म हात्तिपाइले रोगविरुद्धको औषधि १५ जिल्लामा खुवाइँदै छ । मन्त्रालयका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, वागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा सो औषधि खुवाउन थालिएको छ । औषधि वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिकस्थलमा बुथ बनाई खुवाइने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले जानकारी दिनुभयो । औषधि दुई वर्ष उमेर पूरा भएका सबैलाई खुवाइने छ । औषधिले शरीरमा हात्तिपाइलेको परजिवी भए नष्ट गर्नुका साथै हात्तिपाइले हुनबाट जोगाउँछ । हात्तिपाइले रोग लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । हात्तिपाइले रोग लागेमा खुट्टा सुन्निने, पुरुषमा अण्डकोष सुन्निने तथा महिलामा स्तन स...