निर्वाचन आचारसंहिताका कतिपय बुँदा व्यावहारिक छैनन् : कांग्रेस
काठमाडौँ — सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिताका कतिपय बुँदाहरू यथार्थपरक र व्यावहारिक नभएको जनाएको छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सोमबार सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै आचारसंहिताका कतिपय बुँदाहरू व्यावहारिक र यथार्थपरक नरहेको बताएका हुन् ।
उनले कांग्रेस र सत्तागठबन्धन सम्बद्ध दल आचारसंहिताको अधिकतम हदसम्म कार्यान्वयन गर्ने पक्षमा रहेको बताए ।
‘हामी चुनावमा होमिएका छौँ, उम्मेदवारी दिने कुरा टुंगिएको छ । अब हामी गठबन्धनको राम्रो परिणामको अपेक्षासहित प्रचारप्रसारमा लागेका छौँ । तर, यसपटक निर्वाचन आचारसंहिताले धेरै कुराहरुमा बन्देज गरेको छ,’ प्रवक्ता महतले भने, ‘आचारसंहिताका कतिपय विषयहरू यथार्थपरक र व्यावहारिक छैनन् । तैपनि हामी सकेसम्म त्यो सीमाभित्र रहेर नै प्रचार अभियानलाई अगाडि ब...









