२०८३ बैशाख २३

Author: Senior Editor Nima

निर्वाचनका लागि टिकटक प्रतियोगिता गरिने

निर्वाचनका लागि टिकटक प्रतियोगिता गरिने

राजनीति
काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेन्डदेखि एक मिनेटसम्मको बनाएर यही कात्तिक ५ देखि १५ गतेभित्र पठाइसक्नुपर्नेछ । आयोगले प्राप्त भएका मध्ये उत्कृष्ट पाँच भिडियोलाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कृत गर्ने जनाएको छ । उनीहरूलाई प्रशंसापत्र समेत प्रदान गरिने बताइएको छ ।  ...
राजेन्द्र लिङ्देनको दाबी– राप्रपाले अप्रत्याशित नजिता ल्याउँछ

राजेन्द्र लिङ्देनको दाबी– राप्रपाले अप्रत्याशित नजिता ल्याउँछ

राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा अप्रत्याशित नजिता आउने दाबी गरेका छन् । शनिबार काठमाडौं क्षेत्र नम्बर १ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा लिङ्देनले आगामी निर्वाचनमा देशभर आफ्ना उमेवार उठेको भन्दै अप्रत्याशित नजिता आउने र राप्रपालाई अघि बढ्न अब कसैले रोक्न नसक्ने दाबी गरे । आगामी निर्वाचन केवल आवद्यिक निर्वाचन मात्रै नभएको भन्दै उनले तीन दशकदेखिको सीमित राजनीतिक दलहरूको चक्रव्यूहबाट मुलुकलाई निकाल्ने अवसर भएको बताए । निर्वाचनमा राप्रपाले मात्रै नभई देशले जित्ने भएकाले आफ्नो मत सदुपयोग हुनेगरी मतदान गर्न उनले आह्वान गरे ।  लिङ्देनले यसअघिको निर्वाचनमा राप्रपाले गलत गठबन्धन गरेकाले राम्रा मान्छे पराजित भएकाले अब भने त्यस्तो अवस्था नआउने बताए । ...
उपेन्द्र यादव भन्छन्– कांग्रेस, माओवादीले मधेसीको शोषण गरे, अब जसपाले मुक्ति दिलाउँछ

उपेन्द्र यादव भन्छन्– कांग्रेस, माओवादीले मधेसीको शोषण गरे, अब जसपाले मुक्ति दिलाउँछ

राजनीति
राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र माओवादीसहित ठुला पार्टीहरूले मधेसी जनताको शोषण मात्रै गर्दै आएको आरोप लगाएका छन् ।  सप्तरीको महदेबा गाउँपालिकास्थित बलिया मठमा बिहीबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अन्य दलले मधेसलाई भोट बैंक बनाएर शोषण मात्रै गरेको बताए । उनले शोषित उत्पीडित जनताको हक अधिकार स्थापित गराउन आफूहरू अझै संघर्षरत रहेको बताए ।  "कांग्रेस लगायतका ठुला भनाउँदा पार्टीहरूले मधेस र मधेसी जनतालाई शोषण मात्र गर्दै आएको छन् । शोषण, दमन एवम् अत्याचारबाट मुक्ति दिलाउने जिम्मा अब जसपाको हो," उनले भने । ...
एमालेको सरकार आएपछि कलंकीदेखि धोबीखोलासम्म ६ लेन सडक बन्छ : ईश्वर पोखरेल

एमालेको सरकार आएपछि कलंकीदेखि धोबीखोलासम्म ६ लेन सडक बन्छ : ईश्वर पोखरेल

राजनीति
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको सरकार आएपछि काठमाडौंको कलंकीदेखि चाबहिलको धोबीखोलासम्म ६ लेन सडक निर्माणले तीव्रता पाउने बताएका छन् ।  काठमाडौं क्षेत्र नम्बर ५ मा आज आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले मुआब्जा र सडक खाली गर्ने काम सकिए पनि एमाले सरकारबाट हटेपछि सडक विस्तारको काम रोकिएको बताए । सुरुमा कलंकीदेखि महाराजगञ्ज चोकसम्म मात्र सडक निर्माण गर्न लागे पनि आफूले चिनियाँ पक्षसँग पहल गरेका कारण धोबीखोलासम्म निर्माण हुन लागेको उनको भनाइ छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले धोबीखोला करिडोर र विष्णुमति करिडोर निर्माण पनि छिट्टै सुरु हुने बताए । धोबीखोला पुगेपछि सडक रातोपुलतिर डाइभर्सन गरेर गौशालातिर लैजाने योजना गरेको उनले बताए ।  ...
पाँच वर्षपछि महिलाहरू हरेक पुरुषसँग प्रतिष्पर्धा गर्न सक्षम र योग्य हुन्छन् : ओनसरी घर्ती

पाँच वर्षपछि महिलाहरू हरेक पुरुषसँग प्रतिष्पर्धा गर्न सक्षम र योग्य हुन्छन् : ओनसरी घर्ती

राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)की नेतृ ओनसरी घर्तीले निर्वाचनमा महिलाको सहभागिता बढाउन जोड दिनुपर्ने बताएकी छन् ।  वाम लोकतान्त्रिक गठबन्धन महिला परिचालन उपसमिति काठमाडौं क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर २ की उमेदवारसमेत रहेकी नेतृ घर्तीले महिलाहरू विभिन्न आन्दोलन र लडाइँका मोर्चाहरूमा अग्रपंक्तिमा रहेर काम गरेपनि अन्य क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व कम भएको गुनासो गरिन् । निर्वाचनमा पनि महिलाहरूको सहभागिता कम भएको र राजनीतिक पार्टीका नेतृत्वलाई आफूले महिला सहभागिताको लागि बढी भन्दा बढी उम्मेदवारी दिन आग्रह गरेको पनि उनले बताइन् । नेतृ घर्तीले महिलाहरूको प्रतिनिधित्व, पहुँच र महिलाहरूलाई प्रेरणा दिनका लागि निर्वाचनमा उमेदवारी दिएको बताइन् । उनले आगामी पाँच वर्षपछि महिलाहरू हरेक पुरुषसँग...
भीम रावलको प्रश्न– आफू मनपरी गर्ने मलाई नबोल भन्ने ?

भीम रावलको प्रश्न– आफू मनपरी गर्ने मलाई नबोल भन्ने ?

राजनीति
काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले आफूमाथि अन्याय भएकाले सार्वजनिक रूपमा बोलेको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत रावलले आफूसँग छलफल नै नगरी आफ्नो उमेदवारी रोकिएकाले आफूले सार्वजनिक मञ्चमा बोलिरहेको बताएका छन् । साथै उनले कतिपयले आफूलाई नबोल्न भनेको पनि बताएका छन् । "प्रतिनिधिसभाको उमेदवारी रोकिएको सन्दर्भमा मैले सार्वजनिक रूपमा बोल्न नहुने भनी तर्क गरिएको सुनियो । मेरो उमेदवारी सार्वजनिक रूपमा नरोकेर पार्टी भित्रै मसँग छलफल नगरेको किन त ?, रावलले प्रश्न गरेका छन् । उनले चिनियाँ साहित्यकारको भनाइलाई उद्धृत गर्दै अन्यायविरुद्ध आफूलाई नबोल्न भनिएको बताएका छन् । रावलले भनेका छन्, "यस प्रसंगमा चिनियाँ क्रान्तिकालका प्रसिद्ध साहित्यकार लू शुनको यो भनाइ सान्दर्भिक छ : बिरालोले मुसा समातेपछि पीडाले मुसो चिच्याउँदा बिरालोले यो त्यत्तिकै किन चिच्याएक...
सीमाको रक्षा गर्ने नेपाली सच्चा राष्ट्रवादी : गृहमन्त्री 

सीमाको रक्षा गर्ने नेपाली सच्चा राष्ट्रवादी : गृहमन्त्री 

राजनीति
बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले सीमा क्षेत्रका बासिन्दाले नै नेपाली भूमिको रक्षा गरेको बताएका छन् । नेपालको एक इन्च भूमि पनि दायाँबायाँ हुन दिनु हुन्न भन्दै उनले सीमा क्षेत्रमा बसेर भूमि जोगाउन लागिपरेका नेपाली नै राष्ट्र र राष्ट्रियताको सच्चा पहरेदार रहेको उल्लेख गरे । बिहीबार रुपन्देहीमा आयोजित एक कार्यक्रममा उनले अहिले धेरै व्यक्तिले आफूलाई राष्ट्रवादी देखाउने कोसिस गरिरहेको टिप्प्णी गरे । सबैभन्दा बढी राष्ट्रवादी सीमा क्षेत्रमा बस्ने नेपाली भएको उनको भनाइ छ । “मुलुकको सिमानामा स्थायी बसोबास भएका, आफूहरूको घर, आँगन, जग्गा, कुलो भनेर दिनरात सीमाको रक्षा गर्ने स्थानीय सच्चा राष्ट्रवादी हुन् भन्ने मेरो र सरकारको ठम्याइ हो,” उनले भने । गृहमन्त्री खाँणले सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीका समस्या समाधान गर्न सरकार लागिपरेको पनि बताए । ...
गठबन्धनका उमेदवार जिताउन जनजाति महासंघले बनायो परिचालन समिति

गठबन्धनका उमेदवार जिताउन जनजाति महासंघले बनायो परिचालन समिति

राजनीति
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले गठबन्धनका उमेदवार विजयी गराउन परिचालन समिति गठन गरेको छ ।  संघको बैठकले अध्यक्ष ओमबहादुर घर्तीमगरको संयोजकत्वमा १०१ सदस्य रहेको केन्द्रीय निर्वाचन परिचालन समिति र केन्द्रीय सदस्य जगत बरामको संयोजकत्वमा ५१ सदस्य रहेको केन्द्रीय निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ ।  साथै, संघले प्रदेशस्तरीय निर्वाचन परिचालन समिति गठन गर्दै जिम्मेवारी तोकिएको विज्ञप्तिमार्फत संघले जानकारी दिएको छ । ...
आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न आयोगको निर्देशन

आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न आयोगको निर्देशन

राजनीति
काठमाडौँ — निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारीहरूसँग सोमबार बसेको भर्चुअल बैठकमा निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लंघन गरेको पाइए तत्काल कारबाही गर्न निर्देशन दिएका हुन् । केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले आचारसंहिता उल्लंघनको प्रमाण भेटिए तत्काल नियन्त्रणमा लिन कञ्जुस्याइँ नगर्न पनि आग्रह गरे । उनले मुख्य निर्वाचन अधिकृत व्यस्त भएको अवस्थामा उनको क्षेत्राधिकार प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्न सक्ने भन्दै आचारसंहिता तर्जुमा गर्दा प्रमुख जिल्ला अधिकारीहरूको भूमिकालाई स्पष्ट रुपमा उल्लेख गरिएको बताए । उनले भने‚ ‘प्रमुख जिल्ला अधिकारीज्यूहरूको टड्कारो भूमिका नदे...
कांग्रेसले बागी उमेदवार फकाउँदै, कात्तिक ४ सम्म फिर्ता गरे कारबाही नहुने 

कांग्रेसले बागी उमेदवार फकाउँदै, कात्तिक ४ सम्म फिर्ता गरे कारबाही नहुने 

राजनीति
काठमाडौं । नेपाली कांग्रेसले आफ्ना बागी उमेदवारहरुलाई कात्तिक ४ गतेसम्मको समय दिएर उमेदवारी फिर्ताको सार्वजनिक घोषणा गरे कारबाही फुकुवा गर्ने जनाएको छ । एक विज्ञप्ति जारी गर्दै कांग्रेसले यस्तो जनाएको हो । “यही २०७९ मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा/प्रदेश सभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलहरु बीच सहमति भई बनेका नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार एवं गठबन्धन दल बीच सहमती भई बनेका गठबन्धन दलका आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही उम्मेदवारी दिई तोकिएको मिति र समय (२०७९ असोज २६ गते विहान १० बजेदेखि अपरान्ह १ बजे) भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम नेपाली कांग्रेसको सदस्यता समेत नरहने गरी ५ वर्षका लागि निष्काशन गरिएको विषयमा पुनः ध्यानाकर्षण गराउँदै,”...