शान्ति प्रक्रियाको जगमा कांग्रेस र माओवादी गठबन्धन : नेता केसी
नुवाकोट — नेपाली कांग्रेसका नेता एवं नुवाकोट २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुननरसिंह केसीले १२ बुँद्धे सहमति र शान्ति प्रक्रियाको जगमा कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धन भएको बताएका छन् । केसीले तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको अडान र माओवादी अध्यक्ष प्रचण्डको स्वीकारका कारण शान्ति प्रक्रिया अघि बढेको स्मरण गराए ।
विदुरमा शनिबार आयोजित संघीय/प्रदेश निर्वाचन २०७९ संयुक्त क्षेत्रीय बैठकमा केसीले अझै शान्ति प्रक्रियाका हकमा धेरै काम गर्न बाँकी रहेको आवश्यकता औंल्याए । तत्कालीन विद्रोही शक्ति माओवादी र कांग्रेसको नेतृत्वमा भएको त्यही १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौताका कारण बनेको गठबन्धन राष्ट्र, राष्टियतालाई एउटा गतिलो जगमा उठाउने र देशमा आर्थिक विकासमा अघि बढ्ने बताए ।
उनले गठबन्धन सम्बन्धमा कांग्रेसभित्र पनि तर्क विर्तक रहेको र आफ्ना...









