२०८१ बैशाख १५

झापाबाट रवि लामिछानेले भने– देशलाई हरिकङ्गाल बनाउनेलाई पानीमुनि गएपनि छाड्दैनौँ




झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने झापाको धुलाबारी पुगेका छन् । शुक्रबार चुनाव प्रचारका क्रममा झापा पुगेका उनले आफूहरू काम गरेर देखाउने बताए ।



Advertisement



उनले कुन दलसँग तालमेल र जालझेल गरेर चुनाव लड्न नलागेको पनि बताए । “हामी असल काम गर्छौं कति थाहा छैन, तर एउटा पनि खराब काम गर्नेछैनौँ । शिर ठाडो पार्नेछौँ,” उनले भने । 

उनले आफूहरू सरकारमा गएपछि कोही पनि विदेशी भूमिमा रुनुनपर्ने पनि बताए । “अब कोही पनि विदेशी भूमिमा रुनुपर्ने छैन । सुकुम्बासी समस्याको फाइदा उठाएर भोट मागेका छन् । हामी त्यो समाधान गर्छौं,” उनले भने । 



चुनाव जिते पनि नजिते पनि आफूहरूले घरघरमा आएर काम गर्ने उनको भनाइ छ । “पहिलो चुनाव र अन्तिम मतदाता बीचको महासंग्राम हो चुनाव । देशलाई हरिकङ्गाल बनाउनेहरूलाई पानी मुनि गएपनि हामी छाड्दैनौँ । हामी गरेर देखाउँछौँ । अब नीति बनाउन हामी संसद्मा जानुपर्ने छ,” उनले भने ।

Copy link
Powered by Social Snap