२०८१ बैशाख ४

दुई विद्यार्थी संगठनद्वारा निर्वाचन बहिष्कार गर्न आह्वान




काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) र धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले आगामी निर्वाचन बहिष्कार गर्न आह्वान गरेको छन् । 



Advertisement



शुक्रबार नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) र नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी)ले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीको निर्णयअनुसार पार्टीहरूको आसन्न संसदीय निर्वाचनलालाई सक्रिय अवज्ञा गर्न सक्रियतापूर्वक लाग्न आह्वान गरेका हुन् । 



पत्रकार सम्मेलनमा बोल्दै  अखिल (क्रान्तिकारी) का अध्यक्ष मिलन राईले देशव्यापी निर्वाचन बहिष्कार र आन्दोलनका कार्यक्रम गर्न पार्टी संगठनलाई निर्देशन दिए । 

उनले कात्तिक २३ गते १२ बजे काठमाडौंको शान्तिवाटीकामा चुनाव बहिष्कार सभा सञ्चालन गर्ने जानकारी दिए । 

यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुति महासचिव रहेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले पनि निर्वाचन बिथोल्ने अभियानको घोषणा गरेका थिए । 
 

Copy link
Powered by Social Snap