२०८३ बैशाख २३

Author: Senior Editor Nima

योगेश भट्टराईलाई आयोगले सोध्यो स्पष्टीकरण

योगेश भट्टराईलाई आयोगले सोध्यो स्पष्टीकरण

राजनीति
काठमाडौं । निर्वाचन आयोगले ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार रहेका नेकपा (एमाले)का नेता योगेश भट्टराईलाई स्पष्टीकरण सोेधेको छ । २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधिएको हो । भट्टराईले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतको सिरजङ्घा गाउँपालिका–३, सिकैचामा निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी २५ जनाभन्दा बढीको भेला गरेको र त्यसलाई आफ्नो फेसबुक पेजबाट समेत सार्वजनिक गरेको विषयमा उजुरी परेकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । उनलाई २४ घण्टाभित्र आयोग वा जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न भनिएको छ । “तपाईंबाट निर्वाचन आचारसंहिताको प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार भएको छैन भन्ने आधार कारण के छ ?,” स्पष्टीकरणपत्रमा भनिएको छ, “तपाईंले निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको...
निर्वाचनपछि देउवा नै प्रधानमन्त्री : महत

निर्वाचनपछि देउवा नै प्रधानमन्त्री : महत

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो पार्टीको ‘बटमलाइन’ आसन्न निर्वाचनपछि शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने रहेको बताएका छन् । बुधबार बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले निर्वाचनमा सबैभन्दा धेरै सिट कांग्रेसले जित्ने भन्दै पार्टी सभापतिको हैसियतमा देउवालाई नै प्रधानमन्त्रीका रूपमा अगाडि सारिने बताए । उनले १६५ मध्ये ९१ सिटमा कांग्रेसका उमेदवार भएकाले सत्ता गठबन्धनमा आबद्ध अरू पार्टीभन्दा आफूहरूले धेरै सिट जित्ने जिकिर गरे । निर्वाचनमा गठबन्धनलाई जिताउन उनले आग्रह पनि गरे । ...
एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्छ : ओली

एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्छ : ओली

राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा आफ्नो पार्टी विजयी नभए देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन् । बुुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ मा पार्टीका उमेदवार किरण पौडेलको प्रचार कार्यक्रममा उनले जनताले योपटक एमालेबाहेकलाई राष्ट्रिय शक्ति बनाउन नहुनेमा जोड दिए । एमालेलाई राष्ट्रिय शक्ति नबनाए देशका लागि दुर्भाग्य हुने उनको भनाइ थियो । अहिलेको सत्ता गठबन्धनले नै पुनः देशको नेतृत्व गरे विकास सम्भव नहुने जिकिर उनले गरे । गठबन्धन सरकार सर्वोच्च अदालतको परमादेशबाट बनेको भन्दै उनले जाली–किर्ते गरेर बनाइएको सरकारले निरन्तरता पाउन नहुने बताए । अध्यक्ष ओलीले उक्त परमादेश जारी गरेसँगै अदालतको अवस्था बेहाल भएको उल्लेख गरे । “यसपल्ट नेकपा (एमाले)बाहेक अर्को त्यस्तो राष्ट्रिय शक्ति छैन । त्यो राष्ट्रिय शक्ति निर्माण गर्न जरुरी छ । देश...
डडेलधुरामा यस्तो छ देउवाको कार्यक्रम

डडेलधुरामा यस्तो छ देउवाको कार्यक्रम

राजनीति
फाइल तस्बिर । गएको स्थानीय तह निर्वाचनका क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुरा आउँदाको दृष्य । डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यही कात्तिक १७ गते गृहजिल्ला डडेलधुरा आउने तय भएको छ । त्यस दिन आफ्नो निर्वाचन क्षेत्र पुगेर विभिन्न ठाउँमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले १७ गते अमरगढी नगरपालिकास्थित बसपार्कमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदले जानकारी दिए । “१८ गते बिहान नवदुर्गा गाउँपालिकाको खुनी र दिउँसो गन्यापधुरा गाउँपालिकाको बडाल, १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रुपाल तथा २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी...
सेलिब्रिटीमात्रै विकल्प होइनन्, हामीले दिन्छौँ निकास : बञ्जाडे

सेलिब्रिटीमात्रै विकल्प होइनन्, हामीले दिन्छौँ निकास : बञ्जाडे

राजनीति
काठमाडौँ । मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको सरगर्मी देशभर लागिसकेको छ ।  अधिकांश पार्टीहरुले आफ्ना घोषणापत्र सार्वजनिक गरिसकेका छन् । र अहिले घरदैलो कार्यक्रममा व्यस्त छन् ।  यो पालिको चुनावमा जित्ने आशामा आजभोलि घरदैलो कार्यक्रममा व्यस्त छन् युवा उद्यमी एवम् राजनीतिकर्मी शंकर बञ्जाडे ।  विवेकशील साझाका उमेदवार बञ्जाडे काठमाडौं  क्षेत्र नं. १ बाट प्रतिस्पर्धामा छन् । पेशाले व्यवसायी भए पनि उनी लामो समयदेखि चुनावको तयारीमा थिए । भन्छन्, “राजनीति बुझेर गर्नुपर्छ भनेरै यसमा स्नातकोत्तर गरेँ । राज्य कसरी सञ्चालन हुन्छ, त्यो कुरा बुझेको छु । पछिल्लो चुनावदेखि नै मैले तयारी सुरु गरेको थिए ।”  काठमाडौं क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका उमेदवार प्रकाशमान सिंहले पुनः उमेदवारी दिएका छन् ।  २०५१ सालदेखि निरन्तर चुनाव लड्दै आएक...
आचारसंहिता उल्लंघनविरुद्ध एकै दिन नौ स्पष्टीकरण

आचारसंहिता उल्लंघनविरुद्ध एकै दिन नौ स्पष्टीकरण

राजनीति
काठमाडौँ — निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता उल्लंघनविरुद्ध परेका उजुरीका आधारमा मंगलबार एकै दिन नौ वटा स्पष्टीकरण सोधेको छ । आयोगले लाभको पदमा रहेका, निर्वाचनका उम्मेदवार, स्थानीय जनप्रतिनिधि, शिक्षक तथा सरकारी कर्मचारीसमेतलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन बेल्लाबेग्लै पत्र पठाएको हो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताको पालना गर्न सबैमा आग्रह गर्दै उल्लंघनका उजुरी र सूचना प्राप्त भएमा अनुसन्धान र कारबाही प्रारम्भ हुने बताए । निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (क) मा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार...
राजनीतिक दलको निर्वाचन खर्च सीमा ५ करोड ५० लाख

राजनीतिक दलको निर्वाचन खर्च सीमा ५ करोड ५० लाख

राजनीति
काठमाडौँ — निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा राजनीतिक दलका लागिखर्च सीमा ५ करोड ५० लाख रुपैयाँ निर्धारण गरेको छ । दलहरुले समानुपातिकतर्फको बन्दसूचीको आधारमा आयोगले खर्चसीमा निर्धारण गरेको हो । कुनै एक दलले प्रतिनिधिसभाको समानुपातिकतर्फ एउटा उम्मेदवार बराबर २ लाख र प्रदेश समानुपातिकतर्फ १ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने छ । यसअनुसार प्रतिनिधिसभातर्फ १ सय १० जना समानुपातिक उम्मेदवारको सूची बुझाउने दलले २ करोड २० लाख रुपैयाँ खर्च गर्न पाउने छ । प्रदेश समानुपातिकतर्फ दलहरूले अधिकतम २२० जनासम्मको नाम बुझाएका छन् । त्यस आधारमा कुनै एक दलले ३ करोड ३० लाख रुपैयाँ प्रदेश समानुपातिकतर्फ खर्च गर्न पाउनेछ । यसअघि प्रत्यक्षतर्फका उम्मेदवारको खर्च सीमा तोकिसकेको छ । २५ देखि ३३ लाख प्रतिनिधसभातर्फ र प्रदेशसभाका प्रत्य...
गृहजिल्ला जान देउवाले आयोगसँग लिए अनुमति

गृहजिल्ला जान देउवाले आयोगसँग लिए अनुमति

राजनीति
काठमाडौँ — प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरास्थित आफ्नै निर्वाचन क्षेत्रमा जानका लागि निर्वाचन आयोगसँग अनुमति लिएका छन् । मंगलबार आयोगलाई निवेदन लेख्दै प्रधानमन्त्री देउवाले गृहजिल्लामा जानका लागि अनुमति लिएका हुन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि हुने विभिन्न चुनावी कार्यक्रममा सहभागी हुनका लागि अनुमति मागेका हुन् । उनी गृहजिल्ला जाँदा कुन साधन प्रयोग गर्ने भन्नेबारे भने अझै खुलाइएको छैन । उनको उम्मेदवारी दर्ता गर्न उनकी पत्नी आरजु राणा देउवा डडेलधुरा गएकी थिइन् । यसअघि देउवा स्थानीय निर्वाचनको प्रचारका लागि डडेलधुरा पुगेका थिए । त्यसयता भने उनी गृहजिल्ला पुगेका छैनन् । ...
ओलीले राजा फर्काउन खोजेपछि पाँच दलीय गठबन्धन : नेता शर्मा 

ओलीले राजा फर्काउन खोजेपछि पाँच दलीय गठबन्धन : नेता शर्मा 

राजनीति
पूर्वी नवलपरासी — माओवादी केन्द्रका नेता दीनानाथ शर्माले राजेन्द्र लिङ्देन र कमल थापाहरुसँग मिलेर एमाले अध्यक्ष केपी ओलीले राजा फर्काउन खोजेकाले आफूहरुले पाँच दलीय गठबन्धन बनाएर निर्वाचनमा होमिएको दाबी गरेका छन् ।   'राजतन्त्रको एजेन्डा लिएर निर्वाचनमा गएको राप्रपासँग ओलीले गठबन्धन गर्नु भनेको राजतन्त्र स्वीकारेको हो । यसको दूरगामी महत्व छ,' पूर्वी नवलपरासीको दलदलेमा पाँच दलीय गठबन्धनले मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा नेता शर्माले भने, '०६२/६३ सालको उपलब्धिबाट ल्याइएको संविधान च्यात्ने (दुई/दुई पटक संसद् विघटन) र राजावादीको एजेन्डा स्वीकारेपछि हामीले देश र संविधान जोगाउन गठबन्धन गर्न परेको हो ।' शर्माले १२ बुँदे समझदारीबाटै कांग्रेस र माओवादी एक भइसकेको दाबी गर्दै त्यसैको निरन्तरता अहिलेको गठबन्धन भएको चर्चा गरे । पाँच दलीय गठबन्धन अग्रगमन भएको ...
सशस्त्र प्रहरीका दुई सई निलम्बित

सशस्त्र प्रहरीका दुई सई निलम्बित

राजनीति
काठमाडौँ — सशस्त्र प्रहरी बल (एपीएफ) मुख्यालयले दुई जना नायव निरीक्षक (सई)लाई निलम्बन गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बीओपी) छिन्नमस्ता सप्तरीका कमान्डर कृष्णबहादुर मगर र सशस्त्र प्रहरी बल २८ नम्बर गण कपिलवस्तुमा कार्यरत गोविन्द सुवेदी निलम्बनमा परेका हुन् । असोज २० मा छिन्नमस्ता बीओपीका सहायक निरीक्षक (असई) सत्यनारायण यादव भारतीय भूमिमा मृत अवस्थामा फेला परेका थिए । उनको मृत्यु शंकास्पद देखिएपछि घटनाको अनुसन्धान गर्ने क्रममा बीओपीकै जवान होमबहादुर खत्री पक्राउ परेका थिए । स्रोतका अनुसार खत्रीले नेपालतर्फ हत्या गरेर भारतीय भूमिमा लगेर शव मिल्काएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । खत्री हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । सशस्त्र प्रहरी प्रधान कार्यालय सूचना शाखाका प्रमुख डीएसपी शैलेन्द्र थापाका अनुसार घटनाको प्रारम्भिक छानबिनका क्रम...