२०८१ बैशाख १२

गृहजिल्लामा देउवाले भने– फेरि जिताए प्रधानमन्त्री बन्न पाउँछु, ओलीबाट सजग रहनू




काठमाडौं । चुनाव प्रचारका लागि गृहजिल्ला डडेल्धुरामा रहेका प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले चुनाव जितेमा आफूले प्रधानमन्त्री बन्ने अवसर पाउने बताएका छन् ।



Advertisement



शुक्रबार गृहपालिका गन्यापधुरा गाउँपालिकामा आयोजित आमसभालाई सम्बोधन गर्दै देउवाले जनताले जिताएर पठाएमा मात्र आफू आगामी दिनमा प्रधानमन्त्री बन्न पाउने बताए ।

“तपाईंहरूको सहयोगले भोलिका दिनमा पनि प्रधानमन्त्री हुने मौका पाउनेछु,” देउवाले भने ।



उनले संविधानलाई जोगाउनुपर्ने अहिलेको आवश्यकता भएको पनि बताए । संविधान च्यात्न खोज्ने ओलीजीबाट सजक हुन आवश्यक छ,” उनले भने ।

स्वतन्त्र न्यायपालिकाका लागि गठबन्धन लागिपरेको उनको भनाइ छ । 

“न्यायपालिका स्वतन्त्र हुनुपर्छ । त्यसमा गठबन्धन लागेको छ । नेपालमा स्थायित्व र स्थिरताका लागि हामी लागेका छौँ,” देउवाले भने ।

Copy link
Powered by Social Snap