२०८३ बैशाख २३

Author: Senior Editor Nima

प्रमुख आयुक्तसँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट

प्रमुख आयुक्तसँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट

राजनीति
काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले शिष्टाचार भेटवार्ता गरेकी छन् । आयोगको कान्तिपथस्थित कार्यालयमा शिष्टाचार भेट भएको हो । भेटमा आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको विषय र द्विपक्षीय सरोकारका विविध विषयमा छलफल भएको आयोगले जनाएको छ । ...
नेकपाको एकता प्रचण्डले तोडेका हुन् : केपी ओली

नेकपाको एकता प्रचण्डले तोडेका हुन् : केपी ओली

राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपाको एकता पुष्पकमल दाहाल प्रचण्डले ताडेको आरोप लगाएका छन् ।  बिहीबार झापा क्षेत्र नम्बर ४, शिवगञ्जमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एक ठाँउमा बस्न नसक्ने चुलबुले बानीका कारण प्रचण्डले नेकपाको एकता तोडेको आरोप लगाए ।  पार्टी एकीकरण गरिसकेपछि एकतवद्ध पार्टीमा बसेर देश बनाउनुपर्नेमा केही कार्यकर्तालाई प्रचण्डले अल्मलाएर आफैसँग लगेको उनको भनाइ छ । उनले नेकपा (माओवादी केन्द्र)का केही नेताहरुले पार्टीलाई पारिवारिक चंगोलमा फसाएको तर्क गरे ।  अध्यक्ष ओलीले एमालेको देश बनाउने बाहेक अन्य कुनै स्वार्थ नभएको भन्दै गठबन्धन छाडेर एमालेमा आउन नेपाली कांग्रेस र माओवादीका नेता कार्यकर्तालाई आग्रह गरे । त्यस्तै, ओलीले एमालेले अघि बढाएको विकासको अभियानलाई अघि बढाउन आगामी निर्वाचनमा जित्नै पर्ने र पाँच वर्ष...
संविधानको सफल कार्यान्वयनका लागि गठबन्धनलाई जिताउनुपर्छ : निधि

संविधानको सफल कार्यान्वयनका लागि गठबन्धनलाई जिताउनुपर्छ : निधि

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयनका लागि आसन्न निर्वाचनमा सत्ता गठबन्धनलाई जिताउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंको बानेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले नेकपा (एमाले)को उक्साहटमा राष्ट्रपतिले पटक–पटक संविधान उल्लंघन गरेको भन्दै त्यसको संरक्षण गर्नुपर्ने भएकाले गठबन्धनलाई जिताउनुपर्ने उल्लेख गरे । संविधानको रक्षा गरे संविधानले मुलुकको रक्षा गर्ने उनको भनाइ छ । आउँदो मंसिर ४ गते हुने निर्वाचनमा कांग्रेसलाई विजयी गराउनु पहिलो दायित्व भएको उनले बताए । कांग्रेसले सक्षम उमेदवारहरू उठाएको उनले जिकिर गरे । कांग्रेसको कुशल नेतृत्वका कारण लोकतान्त्रिक संविधान जारी हुन सकेको उनले बताए । यस्तै, कांग्रेस नेता मोहनबहादुर बस्नेतले पार्टीमा प्रवेश गरेका नेताहरूलाई उचित सम्मान र इज्जत दिइने विश्वास दिलाए । जस्तोसुक...
नेपालका नेताहरू बेइमान भए : चन्द्र भण्डारी

नेपालका नेताहरू बेइमान भए : चन्द्र भण्डारी

राजनीति
काठमाडाैं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देशमा भइरहेको भ्रष्टाचारलाई आगामी निर्वाचनबाट निमिट्यान्न बनाउने शक्ति निर्वाचित गर्न आवश्यक रहेको बताएका छन् ।  बिहीबार गुल्मी निर्वाचन क्षेत्र नम्बर १ ले काठमाडौंमा आयोजना गरेको उमेदवार परिचय तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार भएकाले आसन्न निर्वाचनबाट भ्रष्टाचारलाई निमिट्यान्न बनाउने शक्तिलाई विजयी गराउन आवश्यक रहेको बताएका हुन् ।  नेता भण्डारीले नेताहरूले लुटेको सम्पतीलाई फिर्ता गर्नुपर्ने दिन आइसकेको बताए । उनले राजनीतिक दलहरूले नेपालमा रोजगारीको अवसरको खोजी नगरी युवाहरूलाई विदेश पठाउने गरेको भन्दैयस्ता तत्वहरूलाई निर्वाचनबाट जनताले पराजित गर्न आवश्यक भएको बताए ।  नेता भण्डारीले नेपालले अहिले ७ खर्ब विदेशी ऋणको ब्याज तिरिरहेको र २२ खर्ब व...
कतारस्थित नेपाली राजदूतको आग्रह : विश्वकप सफल बनाऔं

कतारस्थित नेपाली राजदूतको आग्रह : विश्वकप सफल बनाऔं

राजनीति
काठमाडौँ — कतारमा हुने फिफा विश्वकप फुटबल सफल बनाउन कतारस्थित नेपाली राजदूतावासले नेपाली समुदायलाई अपिल गरेको छ । विश्वकप यही नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म हुँदैछ । कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकालले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् । ‘कतारमा क्रियाशील नेपाली समुदाय तथा संघसंस्थाहरूले पनि सम्पादन गर्नुपर्ने कुनै कार्यक्रम सम्भव भएसम्म स्थगित गरी इमान्दारिता, नैतिकता, कर्तव्यपरायणता र उच्च मर्यादासहित फिफा विश्वकप सफल बनाउन जिम्मेवारपूर्ण सहयोग गर्नु गराउनु हुनेछ भन्ने विश्वास लिइएको छ’, विज्ञप्तिमा भनिएको छ । यस क्रममा उनले नेपालीहरूले कतारको विकास तथा समृद्धिका लागि पुर्‍याएको योगदानको कतार सरकारका उच्चाधिकारीहरूले मुक्तकण्ठले प्रंशसा गरिरहेको जानकारी दिएका छन् । ‘नेपाल र कतारबीच दौत्य सम्बन्ध स्थापना भएको ४५ वर्षको अवधिमा अन्तर...
कालापानीबारे ओलीले दार्चुलामा हैन भारतसँग कुरा गर्नुपर्थ्यो : प्रधानमन्त्री देउवा

कालापानीबारे ओलीले दार्चुलामा हैन भारतसँग कुरा गर्नुपर्थ्यो : प्रधानमन्त्री देउवा

राजनीति
चुनावी सभामा सहभागी हुन दार्चुलाको गोकुलेश्वर पुगेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।  दार्चुला — प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय नियन्त्रणमा रहेको नेपाली भूमि फिर्ता ल्याउनका लागि भारतसँग कुरा गर्नुपर्ने बताएका छन् । उनले संसद्ले एकमतले नेपालको नक्सामा राखेको भूमिलाई लिएर राजनीति गर्नुभन्दा पनि भारतसँग वार्ता गरेर फिर्ता ल्याउनुपर्ने बताएका हुन् । दार्चुलाको गोकुलेश्वरमा बुधबार आयोजित कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरूको गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले भारतीय नियन्त्रणमा रहेको नेपाली भूमि फिर्ता ल्याउन सबै एकमत रहेको बताए । कालापानी, लिपुलेक र लिम्पियाधुराबारे एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रम फैलाएको पनि प्रधानमन्त्री...
कांग्रेस बीपीको चुनावी घोषणापत्र सार्वजनिक

कांग्रेस बीपीको चुनावी घोषणापत्र सार्वजनिक

राजनीति
काठमाडौं । नेपाली कांग्रेस (बीपी) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ  बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कांग्रेस बीपीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आठ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेको हो । पार्टीले उद्योग, सडक पूर्वाधार, हवाईसेवा, खानेपानी, सरसफाई, ऊर्जा, वैकल्पिक ऊर्जा, कृषि, सिँचाइँ, पर्यटन, कला, साहित्य संस्कृतिलाई प्राथमिकता दिएको छ । पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्दै आम सञ्चारमा सबै नेपालीको सहज पहुँच पुर्‍याउन सर्वशुलभ, भरपर्दो र गुणस्तरीय सूचना उपलब्ध गराउन सरकारी सञ्चार माध्यमलाई पब्लिक सर्भिस मिडियामा रूपान्तरित गरिने घोषणापत्रमा उल्लेख छ ।  कुनै पनि अधिनायकवादी र निरंकुशताविरुद्ध पार्टी संघर्षशील रहने र संविधानलाई गतिशील राजनीतिक दस्ताबेजको रूपमा स्वीकार्ने पनि प्रतिबद्धता व्यक्त गरिएको छ । संवि...
जित सुनिश्चित भइसक्यो, खालि आधिकारिकताका लागि मंसिर ४ कुर्नुपर्ने हो : कुन्ती पोख्रेल

जित सुनिश्चित भइसक्यो, खालि आधिकारिकताका लागि मंसिर ४ कुर्नुपर्ने हो : कुन्ती पोख्रेल

राजनीति
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रतिनिधिसभा सदस्य उमेदवार कुन्ती पोख्रेलले धर्म, संस्कार, संस्कृतिको रक्षाका लागि आफूलाई मतदान गर्न आग्रह गरेकी छन् । बुधबार तीनकुने, गैरीगाउँ, सिनामंगललका मतदातासँग उनले पुराना नेताले धर्म निरपेक्षताको नाममा धर्म, संस्कार र संस्कृतिको धज्जी उडाएको बताइन् ।  "यस क्षेत्रका स्थानीयबाट राम्रो समर्थन पाएकाले म र मेरो टिम उत्साहित छौँ," पोख्रेलले भनिन्, "एजेन्डा क्लियर भएकाले हाम्रो जित सुनिश्चित भइसकेकाले खालि आधिकारिकताको लागि मंसिर ४ कुर्नुपर्ने हो," कुन्तीले बताइन् । उनले सफा, सुन्दर, सुरक्षित सहर र दिगो विकासका लागि राप्रपाबाट आफू आएकाले ‘हलो’मा मत दिएर विजयी बनाउन मतदातासँग आग्रह गरिन् ।  यस क्षेत्रका झन्डै ६५ प्रतिशत जनता विगत ३० वर्षदेखि खानेपानी, ढलनिकास र ...
मोहन वैद्य भन्छन्– दलहरूले भन्दै आएको लोकतन्त्र जनताका लागि होइन

मोहन वैद्य भन्छन्– दलहरूले भन्दै आएको लोकतन्त्र जनताका लागि होइन

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले दलहरूले भन्दै आएको लोकतन्त्र जनताका लागि नभएको बताएका छन् । मंसिर ४ को निर्वाचन बहिष्कार गर्नुपर्ने भन्दै नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) लगायत दलहरूले निकालेको विरोध र्‍यालीपछि काठमाडौंको शान्तिबाटीमा आयोजित कोणसभामा वैद्यले दलहरूले प्रतिगमनविरुद्ध लोकतन्त्र भनेपनि जनताका लागि नभएको बताएका हुन् ।  मुलुकमा पटकपटक परिवर्तन भएपनि मजदुर किसान, महिला, जनताले त्यसको महसुस गर्न नसकेको उनले बताए । वैद्यले अहिले नेताहरूका साथै व्यवस्था नै परिवर्तन गर्नुपर्ने अवस्था रहेको धारणा राखे ।  प्रतिक्रियावादी पुँजीवादी संसदीय व्यवस्था खारेज गर्नुपर्ने, नयाँ जनवाद–वैज्ञानिक समाजवाद लागु गर्नुपर्ने भन्दै उनीहरूले मंसिर ४ को निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका छन् । ...
ओली भन्छन्– स्वतन्त्रले केही गर्न सक्दैनन्

ओली भन्छन्– स्वतन्त्रले केही गर्न सक्दैनन्

राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनमा आबद्ध दलहरूसँग देश र पार्टी चलाउने कुनै एजेन्डा नभएको टिप्पणी गरेका छन् । बुधबार झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले जनताको अधिकार, देशको स्वाधीनता, विकासलगायत एजेन्डा एमालेको रहेको जिकिर गरे । ओलीले आसन्न निर्वाचनमा एमाले विजयी नभए देश बर्बादीमा जाने बताए । देश बनाउने अभियानमा एमालेमा आउन उनले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायत दलका नेता–कार्यकर्तालाई आग्रह समेत गरे । नेकपा (एकीकृत समाजवादी) भन्ने पार्टी नै नरहेको उनको भनाइ छ । एमाले सिद्धाउने खेल भएको भन्दै उनले आउँदो मंसिर ४ गतेपछि त्यो खेलको अन्त्य हुने तर्क गरे । निर्वाचनमा गठबन्धनले जस्तोसुकै दुष्कर्ष गर्न सक्ने भन्दै उनले हिम्मतिलो भएर मतको रक्षा गर्न कार्यकर्तालाई निर्देशन दिए । उनले निर्वाचनमा उठेका स्वतन्त्र...