२०८३ बैशाख २३

Author: Senior Editor Nima

मैले सुरु गरेका काम पूरा गर्न फेरि उमेदवारी दिएकी हुँ : पम्फा भुसाल

मैले सुरु गरेका काम पूरा गर्न फेरि उमेदवारी दिएकी हुँ : पम्फा भुसाल

राजनीति
काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नं ३ का उमेदवार पम्फा भुसालले राजनीतिक स्थायित्वका साथै संविधानको रक्षाका लागि आगामी निर्वाचन निकै महत्वपूर्ण रहेको बताएकी छन् ।  शनिबार ललितपुरको सातदोबाटो युथ क्लबको नवौँ वार्षिक साधारणसभामा बोल्दै भुसालले संसद्लाई पूरा कार्यकाल सञ्चालन गर्न तथा मुलुकको व्यवस्था र संविधानका साथै राजनीतिक स्थायित्वका लागि आगामी निर्वाचन निकै महत्वपूर्ण रहेको बताइन् ।  पाँच वर्ष चल्ने सरकारले मुलुकको आर्थिक विकासको एजेण्डालाई अघि बढाउनुपर्ने उनको भनाइ छ । भुसालले आफूले यसअघि थालनी गरेको विकासका कामलाई निरन्तरता दिन पुनः उमेदवारी दिएको बताइन् ।  ललितपुरको कला, संम्पदा, संस्कृति र परम्परालाई यहाँको हरेक घर परिवारको आर्थिक उपार्जनसँग जोडेर आगामी पाँच वर्षभित्र ललितपुरबासीको गुणस्तरीय जीवन जीउने आधार तया...
सत्ता गठबन्धन १२ बुँदे सहमति गर्दाकै गठबन्धनको निरन्तरता : महामन्त्री शर्मा

सत्ता गठबन्धन १२ बुँदे सहमति गर्दाकै गठबन्धनको निरन्तरता : महामन्त्री शर्मा

राजनीति
बिर्तामोड — कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले १२ बुँदे सहमति हुँदा दलहरुबीच भएको गठबन्धनको निरन्तरता अहिलेको सत्ता गठबन्धन भएको बताएका छन् । नीतिले १२ बुँदे सहमति भएको र नियतिले अहिले पुनः गठबन्धन गर्नु परेको उनको भनाइ छ ।  शर्माले १२ बुँदे सहमति गर्दा गिरिजाप्रसाद कोइराला नेतृत्वको कांग्रेस, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी र माधव नेपाल नेतृत्वको एमाले एक ठाउँमा उभिएको बताए । अहिले पुनः तिनै नेताहरुको पार्टीबीच गठबन्धन बनेको उनको भनाइ छ । ‘गिरिजाप्रसाद नेतृत्वको कांग्रेस यो गठबन्धनमा छ । प्रचण्ड नेतृत्वको माओवादी र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी यो गठबन्धनमा छ । त्यसैले नीतिले त हामी त्यतिबेलै एक भएका थियौं । नियतिले हामीलाई फेरि एक ठाउँमा ल्याएको छ,’ शर्माले भने । झापाको चन्द्रगढीमा गठबन्धनको तर्फबाट झापा १ र ३ नम्बरको संयुक्त चुनावीसभाला...
यो निर्वाचन संविधान रक्षा र निरंकुशताबीचको जनमतसंग्रह हो : दाहाल

यो निर्वाचन संविधान रक्षा र निरंकुशताबीचको जनमतसंग्रह हो : दाहाल

राजनीति
गोरखा — नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ का उम्मेदवार पुष्पकमल दाहालले द्वन्द्वपीडित सबैलाई समान रुपले सम्बोधन गर्नुपर्ने बताएका छन् । चुनावी भेटघाट अन्तर्गत गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीमा भएको सभालाई सम्बोधन गर्दै दाहालले द्वन्द्वपीडितको समस्या अहिले बनेको लोकतान्त्रिक तथा समाजवादी गठबन्धनले मात्र टुङगो लगाउन सक्ने बताए । ‘द्वन्द्वपीडित, युद्ध पीडित, कांग्रेस, माओवादीका नेता कार्यकर्ता, समर्थक भनौं या नेपाली सेना, नेपाल प्रहरी शसस्त्र प्रहरी, सबैलाई बिना भेदभाव सम्मान गर्ने, अधिकार स्थापित गर्ने नीति पारित भइसकेको छ, त्यसलाई सत्यनिरुपण र बेपक्ता अयोग मार्फत् अन्तिम टुँगो लगाउने प्रक्रियामा छौं,’ उनले भने,‘ द्वन्द्व पीडित सबैलाई यो उ नभनी समान रुपमाले सम्बोधन गर्नै पर्छ ।’ गोरखा जिल्ला पनि द्वन्द्व र युद्धबाट प्रभावित भ...
गठबन्धनले जनतालाई समृद्ध बनाउँछ : ओनसरी घर्ती

गठबन्धनले जनतालाई समृद्ध बनाउँछ : ओनसरी घर्ती

राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)की नेतृ ओनसरी घर्तीले गठबन्धनले जनतालाई समृद्ध बनाउने बताएकी छन् । शुक्रबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को घरदैलो कार्यक्रममा बोल्दै नेतृ घर्तीले गठबन्धनले जनताका आधारभूत विषयलाई सहज बनाउने, देश परिर्वतन र जनतालाई समृद्ध बनाउने एजेण्डा लिएर आएकाले गठबन्धनको जित सुनिश्चित रहेको बताइन् ।  घर्तीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको जित सुनिश्चित रहेको भन्दै मंसिर ४ गते औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको दाबी गरिन् । उनले अहिले देशले समृद्धि, शान्ति, स्थिर सरकार, संविधान र अहिलेको व्यवस्थाको रक्षा खोजेको भन्दै त्यो गठबन्धनले मात्रै पूरा गर्नसक्ने बताइन् ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहुमतको सरकार फुटाएर तथा दुईपटक संसद् विघटन गरेकाले गठबन्धन गर्ने बाध्यता भएको उनको भनाइ छ । घर्तीले अहिलेको ...
जनताको जीवनस्तर उकास्न पाँच दलीय गठबन्धन आवश्यक : गृहमन्त्री खाँण

जनताको जीवनस्तर उकास्न पाँच दलीय गठबन्धन आवश्यक : गृहमन्त्री खाँण

राजनीति
काठमाडौं । गृहमन्त्रीसमेत रहेका रूपन्देही–३ का प्रतिनिधिसभा सदस्य उमेदवार बालकृष्ण खाँणले अहिलेको गठबन्धनले जनताको जीवनस्तरलाई परिवर्तन गर्ने बताएका छन् । शुक्रबार नेपाल महिला संघ रूपन्देहीले भैरहवाका आयोजना गरेको कार्यक्रममा नेपाल र नेपाली जनताको जीवनस्तर उकास्न पनि पाँच दलीय गठबन्धन आवश्यक रहेको बताए । खाँणले नेपालका ठुला परिवर्तन कांग्रेसको अग्रसरमा नै भएको दाबी गरे । अब देशको आवश्यकता आर्थिक समृद्धि भएकाले रूपन्देहीलाई आर्थिक हबका रूपमा विकास गरिने उनको भनाइ छ ।  गृहमन्त्री खाँणले बुटवललाई अन्य सहरसगँ सहज रूपमा जोड्न यसै आर्थिक वर्षमा बुटवल–दाउन्ने–नारायणघाट सडकखण्डको  बाटोमा सुरुङमार्ग बनाउने निर्णय भइसकेको बताए ।  त्यस्तै, कांग्रेसका केन्द्रीय सदस्य डिला संग्रौलाले महिलाहरूको हकहित र अधिकारका लागी लड्ने एक मात्र पार्टी नेपाली कां...
बलिउड अभिनेत्री मनिषा कोइरालाले मागिन् राप्रपाको पक्षमा मत

बलिउड अभिनेत्री मनिषा कोइरालाले मागिन् राप्रपाको पक्षमा मत

राजनीति
काठमाडौं । बलिउड अभिनेत्री मनिषा कोइरालाले राप्रपाको पक्षमा मत मागेकी छन् ।  शुक्रबार बसन्तपुरमा भएको कार्यक्रममा बोल्दै उनले आफ्ना हजुरबुबा बीपी कोइराला र राजा महेन्द्रबीच सहकार्य हुन नपाउँदा देश असहज स्थितिमा पुगेको बताइन् । अहिले त्यो मौका आएको ठहर उनको थियो ।  “धेरै पहिले बीपी बा र श्री५ महेन्द्र सरकार दुवै एक/दुईमा असाध्यै आदर राख्नुहुन्थ्यो । तर, उहाँहरुले कहिले पनि सहकार्य गर्न पाउनुभएको थिएन,” उनले भनिन्, “त्यतीबेला ठूलो एउटा मौका गुमाएको थियो । अहिले त्यस्तै मौका हाम्रो ढोकामा आएको  छ । अब यो मौकालाई गुमाउनु हुँदैन ।”  साथै, उनले भ्रष्टचार गर्नु आमाको रगत खानु हो भन्ने राजेन्द्र लिङ्देनको भाषणले आफू प्रभावित भएको उल्लेख गरिन् ।  “म यहाँ उभिएको छु राजेन्द्रजीको मुहार हेरेर उहाँको भाषण सुनेर,” उनले भनिन्, “भ्रष्टचार गर्नु भनेको आमाको रगत खानु हो ...
हाम्रो सशक्त आन्दोलनले मात्र प्रतिक्रान्ति टरेको हो : प्रचण्ड

हाम्रो सशक्त आन्दोलनले मात्र प्रतिक्रान्ति टरेको हो : प्रचण्ड

राजनीति
गोरखा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधान लोकतन्त्र विरोधिहरूबाट धरापमा परेपछि संविधान पक्षधरहरू एकै ठाउँमा उभिएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भोट माग्न दुई दिनदेखि गोरखामा रहेका उनले आज बिहान सिरानचोक गाउँपालिकाको नयाँसाँघुमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै  संविधानको रक्षाका लागि वर्तमान वामलोकतान्त्रिक गठबन्धन बनाउनुपरेको चर्चा गरे ।  उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टी एकता, संविधान र जनताप्रति इमान्दार नदेखिएको आरोप लगाए । ओलीकै कारण संविधान धरापमा परेको उनको भनाइ थियो । उनले नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायतका पार्टीको सशक्त आन्दोलनले मात्र प्रतिक्रान्ति टरेको बता...
<strong>माओवादी पेन्डुलम भइसक्यो : रवीन्द्र मिश्र</strong>

माओवादी पेन्डुलम भइसक्यो : रवीन्द्र मिश्र

राजनीति
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र । काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेकपा (माओवादी केन्द्र)लाई पेन्डुलम पार्टी भएकाे बताएका छन् ।  अबको केही वर्षमा नेपालमा जम्मा तीन पार्टी मात्रै बाँकी रहने दाबी गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले मूल रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एमाले) र नेपाली कांग्रेस मात्रै हुने बताए । "माओवादी पेन्डुलम जस्तो यता र उति गर्छ, कि त्यो विलय हुन्छ, कि त्यो साँघुरिएर बस्छ," उनले भने ।  उनले माओवादी केन्द्र अबको केही वर्षभित्र पेन्डुलम बनेर एक अर्काको पछि लाग्ने वा विलय हुने बताए । उनले तीन पार्टीमध्ये दुई पार्टी एमाले र कांग्रेस एउटै कित्तामा दुई नामका पार्टी मात्रै भएको बताए । उनले यी दुवै पार्टी लगभग प्रचण्डीकरण भइ...
चन्द्र भण्डारी मुलुकको हित चिताउने नेता : डा. गोविन्द केसी

चन्द्र भण्डारी मुलुकको हित चिताउने नेता : डा. गोविन्द केसी

राजनीति
काठमाडौं । सत्याग्रही डा. गोविन्द केसीले गुल्मी क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभामा उमेदवार बनेका डा. चन्द्र भण्डारीलाई जितको शुभकामना दिएका छन् ।  काठमाडाैं माइतीघरमा बिहीबार बिहान भएको भेटघाटका क्रममा डा. केसीले मुलुकमा बढ्दै गएको भ्रष्टाचार र बेथिति नियन्त्रणका लागि भण्डारीको जित महत्वपूर्ण रहेको बताए । डा. केसीले राष्ट्र, राष्ट्रियता र मुलुकको रूपान्तरणका लागि स्पष्ट दृष्टिकोण भएका युवा नेताहरूले निर्वाचन जित्नुपर्ने बताए । डा. केसीले भने, ‘‘तपाईंमा देशमा केही गरौँ भन्ने तीव्र इच्छा देखेको छु, पार्टी राजनीतिभन्दा माथि उठेर देशको हितमा लाग्ग सक्ने तपाईं जस्ता युवा नेता प्रतिनिधि सभामा आउनुपर्छ ।’’ डा. केसीले गुल्मीका मतदाताले भण्डारीको उचित मुल्याङ्कन गर्ने विश्वाससमेत व्यक्त गरे । आफू कुनै राजनीतिक पार्टी र व्यक्तिको पक्ष वा विपक्षमा नरहेक...
नेपाल समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा छ : राष्ट्रपति भण्डारी

नेपाल समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा छ : राष्ट्रपति भण्डारी

राजनीति
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा रहेको बताएकी छिन् । राष्ट्रपति भण्डारीले मानव अधिकार, समानता र भेदभावरहित सिद्धान्तहरूलाई अंगीकार गर्दै नेपालले समानता र न्यायपूर्ण समाज निर्माणका लागि शिक्षा, सार्वजनिक स्वास्थ्य, रोजगारी तथा समावेशी सामाजिक प्रबन्धहरुमा लगानी गरिरहेको पनि बताइन्  । आइसल्यान्डमा आयोजित विश्वका महिला राजनीतिज्ञहरूको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’को कार्यक्रममा बोल्दै उनले नेपालले संघीय र प्रादेशिक विधायिकाहरूमा एक तिहाई महिलाहरूको प्रतिनिधिको सुनिश्चित गरेको तथा त्यसका लागि आवश्यक सुदृढ संवैधानिक व्यवस्था गरेको पनि स्मरण गराइन् । राष्ट्रपति भण्डारीले नेपालमा निजामती सेवा, सुरक्षा निकाय, सरकारी तथा निजी संस्थानहरुजस्ता क्षेत्रमा महिलाहरुको सहभागिता तथा प्रतिनिधित्वमा अभिवृद्धि भइरहेको बताए ...