२०८० चैत्र १४

नेपालका नेताहरू बेइमान भए : चन्द्र भण्डारी





काठमाडाैं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देशमा भइरहेको भ्रष्टाचारलाई आगामी निर्वाचनबाट निमिट्यान्न बनाउने शक्ति निर्वाचित गर्न आवश्यक रहेको बताएका छन् । 



Advertisement



बिहीबार गुल्मी निर्वाचन क्षेत्र नम्बर १ ले काठमाडौंमा आयोजना गरेको उमेदवार परिचय तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार भएकाले आसन्न निर्वाचनबाट भ्रष्टाचारलाई निमिट्यान्न बनाउने शक्तिलाई विजयी गराउन आवश्यक रहेको बताएका हुन् । 

नेता भण्डारीले नेताहरूले लुटेको सम्पतीलाई फिर्ता गर्नुपर्ने दिन आइसकेको बताए ।

उनले राजनीतिक दलहरूले नेपालमा रोजगारीको अवसरको खोजी नगरी युवाहरूलाई विदेश पठाउने गरेको भन्दै
यस्ता तत्वहरूलाई निर्वाचनबाट जनताले पराजित गर्न आवश्यक भएको बताए । 



नेता भण्डारीले नेपालले अहिले ७ खर्ब विदेशी ऋणको ब्याज तिरिरहेको र २२ खर्ब व्यापार घाटा रहेकाले देशको अर्थतन्त्रलाई सुधार गरी बलियो बनाउने शक्तिलाई जनताले निर्वाचनबाट चुन्नुपर्ने आवश्यक्ता भएको बताए । 

उनले नेपाली राजनीतिमा बेइमान नेताहरू भएको बताए । बेइमान नेताहरूका कारण देश र देशको सौन्दर्यलाई चिन्न नसकेको उनकाे भनाइ छ । खरको छाना हालेर बस्नेहरूलाई गरिब भनेर विस्थापित गर्ने र अहिले सहरमा खरकै
छाना बनाएर करोडौँ कमाइरहेको आराेप लगाए । 

नेता भण्डारीले मुलुकलाई दुरावथामा पुर्‍याउने नेताहरूलाई आसन्न निर्वाचनबाट बिदाइ गर्नुपर्ने बताए । उनले आसन्न निर्वाचन आफूले जिते गुल्मी जिल्लालाई नमुना जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गरे । 

Copy link
Powered by Social Snap