२०८० चैत्र १५

कांग्रेस बीपीको चुनावी घोषणापत्र सार्वजनिक





काठमाडौं । नेपाली कांग्रेस (बीपी) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ  बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कांग्रेस बीपीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आठ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेको हो ।



Advertisement



पार्टीले उद्योग, सडक पूर्वाधार, हवाईसेवा, खानेपानी, सरसफाई, ऊर्जा, वैकल्पिक ऊर्जा, कृषि, सिँचाइँ, पर्यटन, कला, साहित्य संस्कृतिलाई प्राथमिकता दिएको छ । पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्दै आम सञ्चारमा सबै नेपालीको सहज पहुँच पुर्‍याउन सर्वशुलभ, भरपर्दो र गुणस्तरीय सूचना उपलब्ध गराउन सरकारी सञ्चार माध्यमलाई पब्लिक सर्भिस मिडियामा रूपान्तरित गरिने घोषणापत्रमा उल्लेख छ । 



कुनै पनि अधिनायकवादी र निरंकुशताविरुद्ध पार्टी संघर्षशील रहने र संविधानलाई गतिशील राजनीतिक दस्ताबेजको रूपमा स्वीकार्ने पनि प्रतिबद्धता व्यक्त गरिएको छ । संविधानमा समय अनुकूल र जनभावनालाई मध्यनजर गरेर समसामयिक सुधार र परिमार्जन गर्न पार्टी सदैव तयार रहने पनि बताइएको छ ।

घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री देवेन्द्र प्रकाश पौडेलले कांग्रेस बीपीबाट ७८ प्रत्यक्ष र १७३ सदस्यहरू समानुपातिकमा प्रतिनिधिसभा र प्रदेशसभामा उमेदवारी रहेको जानकारी दिए ।

Copy link
Powered by Social Snap