२०८१ बैशाख ८

संविधानको सफल कार्यान्वयनका लागि गठबन्धनलाई जिताउनुपर्छ : निधि





काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयनका लागि आसन्न निर्वाचनमा सत्ता गठबन्धनलाई जिताउनुपर्ने बताएका छन् ।



Advertisement



बिहीबार काठमाडौंको बानेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले नेकपा (एमाले)को उक्साहटमा राष्ट्रपतिले पटक–पटक संविधान उल्लंघन गरेको भन्दै त्यसको संरक्षण गर्नुपर्ने भएकाले गठबन्धनलाई जिताउनुपर्ने उल्लेख गरे । संविधानको रक्षा गरे संविधानले मुलुकको रक्षा गर्ने उनको भनाइ छ ।

आउँदो मंसिर ४ गते हुने निर्वाचनमा कांग्रेसलाई विजयी गराउनु पहिलो दायित्व भएको उनले बताए । कांग्रेसले सक्षम उमेदवारहरू उठाएको उनले जिकिर गरे ।

कांग्रेसको कुशल नेतृत्वका कारण लोकतान्त्रिक संविधान जारी हुन सकेको उनले बताए ।



यस्तै, कांग्रेस नेता मोहनबहादुर बस्नेतले पार्टीमा प्रवेश गरेका नेताहरूलाई उचित सम्मान र इज्जत दिइने विश्वास दिलाए । जस्तोसुकै कठिन परिस्थितिमा पनि आफूले जनताको सुख–दुःखमा साथ दिएको भन्दै उनले त्यसो गर्नु आफ्नो दायित्व नै भएको बताए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य यस्मिन ढुंगानासहित सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर–२ का नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।

Copy link
Powered by Social Snap