२०८१ बैशाख ११

नेकपाको एकता प्रचण्डले तोडेका हुन् : केपी ओली





काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपाको एकता पुष्पकमल दाहाल प्रचण्डले ताडेको आरोप लगाएका छन् । 



Advertisement



बिहीबार झापा क्षेत्र नम्बर ४, शिवगञ्जमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एक ठाँउमा बस्न नसक्ने चुलबुले बानीका कारण प्रचण्डले नेकपाको एकता तोडेको आरोप लगाए । 

पार्टी एकीकरण गरिसकेपछि एकतवद्ध पार्टीमा बसेर देश बनाउनुपर्नेमा केही कार्यकर्तालाई प्रचण्डले अल्मलाएर आफैसँग लगेको उनको भनाइ छ । उनले नेकपा (माओवादी केन्द्र)का केही नेताहरुले पार्टीलाई पारिवारिक चंगोलमा फसाएको तर्क गरे । 



अध्यक्ष ओलीले एमालेको देश बनाउने बाहेक अन्य कुनै स्वार्थ नभएको भन्दै गठबन्धन छाडेर एमालेमा आउन नेपाली कांग्रेस र माओवादीका नेता कार्यकर्तालाई आग्रह गरे । त्यस्तै, ओलीले एमालेले अघि बढाएको विकासको अभियानलाई अघि बढाउन आगामी निर्वाचनमा जित्नै पर्ने र पाँच वर्ष देश बनाएरै छाड्ने जिकिर गरे । 

ओलीले नेपाल जस्तो देश गरिब हुनुपर्ने कुनै कारण नै नरहेकोले एमाले सरकारले समृद्ध बनाउने दाबी गरे । यसपटकको निर्वाचनमा केही सिटमा राप्रपासँग भएको तालमेलको सहमतिलाई कार्यान्वयन गर्ने उनले बताए । 

Copy link
Powered by Social Snap