२०८१ बैशाख ११

जित सुनिश्चित भइसक्यो, खालि आधिकारिकताका लागि मंसिर ४ कुर्नुपर्ने हो : कुन्ती पोख्रेल





काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रतिनिधिसभा सदस्य उमेदवार कुन्ती पोख्रेलले धर्म, संस्कार, संस्कृतिको रक्षाका लागि आफूलाई मतदान गर्न आग्रह गरेकी छन् ।



Advertisement



बुधबार तीनकुने, गैरीगाउँ, सिनामंगललका मतदातासँग उनले पुराना नेताले धर्म निरपेक्षताको नाममा धर्म, संस्कार र संस्कृतिको धज्जी उडाएको बताइन् । 

“यस क्षेत्रका स्थानीयबाट राम्रो समर्थन पाएकाले म र मेरो टिम उत्साहित छौँ,” पोख्रेलले भनिन्, “एजेन्डा क्लियर भएकाले हाम्रो जित सुनिश्चित भइसकेकाले खालि आधिकारिकताको लागि मंसिर ४ कुर्नुपर्ने हो,” कुन्तीले बताइन् ।



उनले सफा, सुन्दर, सुरक्षित सहर र दिगो विकासका लागि राप्रपाबाट आफू आएकाले ‘हलो’मा मत दिएर विजयी बनाउन मतदातासँग आग्रह गरिन् ।  यस क्षेत्रका झन्डै ६५ प्रतिशत जनता विगत ३० वर्षदेखि खानेपानी, ढलनिकास र फोहोरमैलाको समस्यामा रहेको उनको भनाइ छ । 

Copy link
Powered by Social Snap