२०८१ बैशाख २१

कैलाली ४ मा रोकिएको मतगणना पुनः सुरु





धनगढी । कैलाली क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना पुनः सुचारु भएको छ । 



Advertisement



प्रतिनिधिसभाको मतगणनाका क्रममा एउटा मत अर्धकट्टीसहित भेटिएपछि रोकिएको मतगणना सुचारु भएको हो ।



अर्धकट्टीसहितको मत बाकसमा भेटिएपछि नेकपा (एमाले)ले मतगणनामा सहभागी नहुने जनाएपछि विवाद भएको थियो ।

अहिले सहमति भएपछि मतगणना सुचारु भइसकेको निर्वाचन अधिकृत ईन्द्रबहादुर कठायतले जानकारी दिएका छन् ।

Copy link
Powered by Social Snap