२०८१ बैशाख १२

रोल्पा प्रदेशसभा (ख) मा माओवादीका ‘बागी’ अगाडि, मुख्यमन्त्रीका दाबेदार पुन दोस्रो स्थानमा


फाइल तस्बिर : कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन ।


काठमाडौं । प्रतिनिधसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेकाे राेल्पाकाे प्रदेशसभा (क) मा गठबन्धनका उमेदवारले अग्रता लिइरहँदा (ख)मा माओवादी केन्द्रका बागी उमेदवारले अग्रता लिएका छन् । 



Advertisement



प्रदेशसभा (ख) मा गठबन्धनका उमेदवार अमरसिंह पुन भन्दा बागी उमेदवार दिपेन्द्रकुमार पुन सिजलले अग्रता लिइरहेका छन् । सिजलले ८१९ मतले अग्रता लिएका छन् । 

कुल ११ हजार ९२१ मतगणना हुँदा सिजलले ४ हजार ६२३ मत ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी अमरसिंहले ३ हजार ८०४ मत ल्याएका छन् । कांग्रेस प्रदेश सभापति अमरसिंहलाई लुम्बिनी प्रदेशकाे भावी मुख्यमन्त्रीकाे दाबेदारकाे रूपमा हेरिएकाे थियाे । 



यस्तै,एमालेका प्रेम घर्तिमगरले २ हजार ५८८ मत ल्याएका छन् ।

प्रदेशसभा (क)मा गठबन्धनका उमेदवार जोख बहादुर महाराले ३ हजार १९० मतले अग्रता लिइरहेका छन् ।

कुल १२ हजार ८६२ मत गणना हुँदा महाराले ७ हजार ९३३ मत ल्याएका छन् भने एमालेका कमल बुढाथोकीले २ हजार ७४३ मत ल्याएका छन् ।

Copy link
Powered by Social Snap