२०८१ बैशाख २९

रुपन्देही २ : १५ हजार मत गन्दा १७५ मतान्तरले अघि लागे विष्णु पौडेल




बुटवल । रुपन्देही २ मा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले अग्रता लिएका छन् । सुरुआतदेखि नै दोस्रो स्थानमा रहेका पौडेलले १५ हजार मतगणना हुदा १७५ मतले अग्रता कायम गरेका हुन् ।



Advertisement



१५ हजार ६२४ मतगणना हुँदा पौडेलले ५ हजार ३११ मत ल्याएका छन् । उनलाई  राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ५ हजार १३६ मतसहित पछ्याइरहेका छन् ।



राष्ट्रिय जनमुक्ति पार्टीका केशव थापाले ३ हजार ९६० मत ल्याएका छन् । यहाँ ८१ हजार २०२ मत खसेकोे थियो । 

Copy link
Powered by Social Snap