उभौली मनाइँदै
काठमाडौँ — राई, लिम्बु, सुनुवार, याक्खालगायतका किराती समुदायको उधौली चाड सुरु भएको छ । काठमाडौंमा रहेका किरातीले आइतबार ललितपुरको सानो हात्तिवनस्थित किरात माङहिम (मन्दिर)मा सामूहिक पूजा गरेका छन् । मुन्धुमी पुजारी, किरात याख्खा छुम्मा, सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खालगायत संस्थाका प्रतिनिधिसहित पूजाआजा गर्ने परम्परा रहेको छ ।
Advertisement
सरकारले २०५८ सालदेखि मंसिरेपूर्णिमा तिथिलाई ‘किरात चाड’ भनेर घोषणा गरेसँगै सम्बन्धित समुदायलाई विदा दिने चलन बसाएको थियो । अघिल्लो गणतान्त्रिक सरकारले विभिन्न चाड कटौती गरेका थियो भने यो पटक पुन: सार्वजनिक बिदा घोषणा भएको छ ।
कोरोना महामारीपछि पहिलो पटक सार्वजनिक पूजाआजा र सांस्कृतिक नृत्य प्रदर्शन गरिएको यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले जनाएका छन् । यसैगरी प्रदेश–१ को गाउँघ...









