२०८१ बैशाख ४

कांग्रेस मधेसी सहमहामन्त्रीमा देउवानिकट महेन्द्र यादव निर्वाचित

काठमाडौँ — कांग्रेसको मधेसी सहमहामन्त्रीमा महेन्द्र यादव निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार उनले २ हजार २६ मत प्राप्त गरे ।


Advertisement


उनका निकटतम प्रत्यासी रामकृष्ण यादवले १ हजार ८२० मत पाए भने अर्का प्रत्यासी रञ्जित कर्णले ४ सय ७२ मत प्राप्त गरे । रामकृष्ण कोइराला समूहका उम्मेदवार हुन् भने कर्ण नेता प्रकाशमान सिंहनिकट उम्मेदवार हुन् ।

\

केन्द्रीय निर्वाचन समितिले अब केन्द्रीय सदस्यको मतगणना थालेको छ ।

Copy link
Powered by Social Snap