राजतन्त्रको ठाउँमा ओलीतन्त्र आएपछि गठबन्धन बनाउनुपर्यो : माधव नेपाल
पोखरा — नेकपा एसका अध्यक्ष माधव नेपालले राजतन्त्रको ठाउँमा ओलीतन्त्र आएकाले त्यसविरुद्ध ५ दलीय गठबन्धन बनाउनु परेको बताएका छन् । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा मंगलबार उनले ओलीतन्त्र दक्षिणपन्थी भासमा भासिएको, निरकुंशता सामूहिक नभई एकल र निरकुंशता लाद्न थालेकाले पार्टीमै विद्रोह गरिएको बताए ।
Advertisement
‘ओलीतन्त्र विरुद्ध संघर्षको मैदानमा उत्रिएको, चुनौती दिइएको र उन्माद ओलीलाई सत्ताबाट तल झारिदियौं,’ पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भने, ‘यो ऐतिहासिक र साहसिक कदम हो ।’ ओली साह्रै ज्याद्रो मान्छे भएकाले कहिल्यै नसुध्रिने उनले दाबी गरे ।
उनले ओलीको कब्जा र प्राइभेट कम्पनीको रुपमा एमाले रहेको आफ्नो पार्टीको पहिलो प्रतिद्वन्द्वी बन्न पुगेको बताए । एमालेलाई आफ्नो पार्टीले पहिलो शत्रु घोषणा गरेकाले हामीले पनि मुख्य प्रतिद्व...









