२०८० चैत्र १५

राष्ट्रिय महिला क्रिकेट आजदेखि

काठमाडौँ — प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता शनिबार धनगढीमा सुरु हुँदै छ । फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगितामा एपीएफ क्लबसहित सातै प्रदेशका टिमले प्रतिस्पर्धा गर्नेछन् । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको समन्वयमा गर्दै छ ।


Advertisement


लिगकम नकआउटमा हुने प्रतियोगिता पुस ११ सम्म चल्नेछ । सुदूरपश्चिम क्रिकेट संघका अध्यक्ष हरि रेग्मीका अनुसार ८ टिमलाई दुई समूहमा राखेर प्रतिस्पर्धा गराइने छ । समूह ‘ए’ मा प्रदेश १, लुम्बिनी, वाग्मती र कर्णाली छन् भने समूह ‘बी’ मा एपीएफ, सुदूरपश्चिम, गण्डकी र प्रदेश २ छन् ।

विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्लेयर अफ द सिरिजलाई २५ हजार र हरेक प्लेयर अफ द म्याचले २ हजार ५ सय पुरस्कार प्राप्त गर्नेछन् । शनिबार कर्णाली र प्रदेश १ तथा वाग्मती र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछन् ।

Copy link
Powered by Social Snap