२०८१ बैशाख ७

सातदोबाटोसँग बराबरीमा रोकिँदा आर्मीले शीर्ष स्थानमा उक्लने मौका गुमायो

सातदोबाटो युथ क्लबसँग बराबरीमा रोकिएपछि त्रिभुवन आर्मी क्लबले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।


Advertisement


शुक्रबार दशरथ रंगशालामा भएको खेलमा आर्मीलाई सातदोबाटो युथ क्लबले १-१ गोलको बराबरीमा रोकेको हो।

खेलको १० मिनेटमा आर्मीले अग्रता लिएको थियो। आर्मीका लागि दिनेश हेन्जनले गोल गरे। टेकबहादुर बुढाथोकीको क्रसमा दिनेशले डिबक्सभित्रबाट गोल गरेका थिए।

सातदोबाटोले ६ मिनेटपछि बराबरी गोल फर्काएको थियो। सातदोबाटोका लागि अजयी मार्टिन्सले बराबरी गोल गर्न सफल भए। उनले गोलकिपरको लामो प्रहारमा आर्मीका दुई डिफेन्डरलाई बिट गर्दै गोल गरेका थिए।

बराबरीसँगै अंक तालिकाको तेस्रो स्थानमा रहेको आर्मीले ५ खेलबाट ९ अंक जोडेको छ। चौथो स्थानको सातदोबाटोको ८ अंक छ।


शीर्ष स्थानको  मछिन्द्र क्लब र दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबले ४-४ खेल खेल्दै समान १०-१० अंक जोडेका छन्।

Copy link
Powered by Social Snap