२०८१ बैशाख १३

जावलाखेलको पहिलो जित

काठमाडौँ — सहिद स्मारक लिग ए डिभिजन ०७८ मा जावलाखेलले शनिबार पहिलो जित हात पारेको छ । दशरथ रंगशालामा भएको खेलमा जावलाखेलले च्यासललाई १–० ले हराएको हो ।


Advertisement


यसका लागि भारतीय खेलाडी निकोलस फर्नान्डेजले ३६ औं मिनेटमा निर्णायक गोल गरे । ओनगुन एनकेन्गुको पासमा उनले सजिलै गोल गरे । जारी लिगमा जावलाखेलको यो पहिलो गोल पनि हो ।

जावलाखेलले पाँचौं चरणमा आएर गोल र जित दुवै निकालेको हो । यो जितपछि भने जावलाखेलको चार अंक भएको छ र रेलिगेसन क्षेत्र छाडेर दसौं स्थानमा उक्लिएको छ । जावलाखेल यसअघि लगातार चार चरणसम्मको खेलमा रेलिगेसन क्षेत्रमा रहेको थियो ।

हारपछि च्यासल भने चार अंकमै सीमित रहेर ११ औं स्थानमा झरेको छ । जावलाखेलले लिगमा समग्रमा छैटौं खेलमा आएर गोल गरेको हो । यससँगै जावलाखेलले ५ सय ८ मिनेटको गोल खडेरी तोडेको छ । जावलाखेलले अन्तिम पटक हिमालयन शेर्पाविरुद्ध ०७६ को लिग १२ औं चरणमा ३–३ बराबरीमा गोल गरेको थियो । त्यसयता पाँच खेलमा उसले कुनै गोल गर्न सकेको थिएन् ।

Copy link
Powered by Social Snap