२०८१ बैशाख १४

कांग्रेस सहमहामन्त्रीमा मन्सुर र राठौर विजयी

काठमाडौँ — नेपाली कांग्रेस खसआर्यतर्फ किशोरसिंह राठौर र मुस्लिम सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि सम्पन्न मतगणनाबाट शेख वकीललाई ९०१ मतान्तरले हराउँदै मन्सुर विजयी बनेका हुन् । मन्सुरले २ हजार ७७६ र वकीलले १ हजार ८७५ मत प्राप्त पारेका छन् । 


Advertisement


यस्तै खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका छन् । उनले देवराज चालिसेलाई ५१७ मतान्तरले हराएका छन् ।

विजयी राठौर २५७६ र चालिसेले २०५९ मत पाएका छन् । मतपरिणामको औपचारिक घोषणा बाँकी छ । दुवै विजेता शेरबहादुर देउवा प्यानलका हुन् ।

यसअघि बिहीबार महिलातर्फ महालक्ष्मी उपाध्याय डिना, दलिततर्फ जीवन परियार र आदिवासी जनजातितर्फ भिष्मराज आङ्देम्बे निर्वाचित भइसकेका छन् ।

Copy link
Powered by Social Snap