२०८३ बैशाख २७

Author: Senior Editor Nima

आयोगमा आइतबारबाट निर्वाचनको दैनिक ‘प्रेस व्रिफिङ’

आयोगमा आइतबारबाट निर्वाचनको दैनिक ‘प्रेस व्रिफिङ’

राजनीति
काठमाडौँ — निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चार माध्यमलाई  जानकारी गराउने भएको छ । Advertisement कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न चार बजे प्रवक्ता–सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन हुनेछ । निर्वाचनका सन्दर्भमा आयोगका दैनिक गतिविधि तथा निर्वाचनसँग सम्वन्धित अन्य विषयमा आमसञ्चार माध्यमलाई सूचना सम्प्रेषण गर्ने उद्देश्यले ‘प्रेस मिट’ गर्न लागिएको आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए । स्थानीय तहको निर्वाचन यसअघि नै आगामी वैशाख ३० गतेका लागि घोषणा भइसकेको छ । दैनिकरुपमा सञ्चारमाध्यममार्फत सम्पूर्ण नेपालीलाई निर्वाचन गतिविधि अद्यावधिक गरी निर्वाचन वातावरण बनाउन आयोगलाई सहयोग गर्ने हेतुले प्रवक्ता सञ्चारकर्मी भेटघाट राखिएको उनले बताए । दैनिकरु...
तीनवटै निर्वाचनसम्म गठबन्धन रहन्छ : शिक्षामन्त्री पौडेल

तीनवटै निर्वाचनसम्म गठबन्धन रहन्छ : शिक्षामन्त्री पौडेल

राजनीति
काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीनवटै तहको निर्वाचन सम्पन्न नहुन्जेलसम्म सत्तारुढ गठबन्धन कायमै रहने दाबी गरेका छन् । सत्तारुढ माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेगरी सत्तारुढ गठबन्धनले आफ्नो कार्यसूचिलाई अघि बढाएको पनि बताए । Advertisement शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले स्थानीय तहको निर्वाचन सम्पन्न हुनेवित्तिकै सरकारले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्ने बताए । मन्त्री पौडेलले भने, ‘अहिलेकै गठबन्धनले तीन वटै तहको निर्वाचन सम्पन्न गर्छ । र यही गठबन्धनले एक वर्षभित्र सबै चुनाव गरेर स्थानीय तहको सरकार, प्रदेश तहको सरकार र संघीय सरकार निर्वाचनको प्रक्रियाबाट नयाँ नबन्दासम्म सकुशल निर्वाचन गर्ने गरी यो गठबन्धनले आफ्नो...
सहमति कार्यान्वयनका लागि सरकार र चन्द नेतृत्वको नेकपाबीच छलफल

सहमति कार्यान्वयनका लागि सरकार र चन्द नेतृत्वको नेकपाबीच छलफल

राजनीति
काठमाडौँ — सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच भएका सहमति कार्यान्वयन गर्नेबारे छलफल भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा र नेकपाकातर्फबाट खड्गबहादुर विश्वकर्मा सहभागी थिए । Advertisement छलफलमा सरकार र चन्द नेतृत्वको नेकपाबीच २०७७ फागुन २० गते भएको तीन बुँदे सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब गर्नुपर्ने कार्यका विषयमा छलफल भएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । उनले फिर्ता लिन मिल्ने मुद्दा छिटो फिर्ता गर्ने विषयमा समेत छलफल भएको बताए । साथै नेकपाका नेता विश्वकर्माले विभिन्न आन्दोलनका क्रममा पार्टी कार्याकर्ताल...
छलफलमा प्रधानमन्त्री देउवा, दाहाल र नेपाल

छलफलमा प्रधानमन्त्री देउवा, दाहाल र नेपाल

राजनीति
काठमाडौँ — प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धका दुई नेताबीच छलफल जारी छ । शनिबार प्रधानमन्त्री देउवासँगको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष सहभागी छन् । Advertisement समसामयिक राजनीतिक विषयमा उनीहरुबीच छलफल चलिरहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । एमसीसी सम्झाैता र स्थानीय चुनाव लगायतका विषयमा पनि उनीहरुबीच छलफल भइरहेको उनले बताए । पछिल्लो समय अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गर्ने सम्बन्धमा नेपाली राजनीतिक दलबीच फरक फरक धारणा आइरहेको हुँदा उनीहरु छलफलमा जुटेको बताइएको छ । ...
आइपिएलको मेगा अक्सनमा आज लाग्नेछ १६१ खेलाडीमा बोली, सन्दीपको सम्भावना कस्तो छ?

आइपिएलको मेगा अक्सनमा आज लाग्नेछ १६१ खेलाडीमा बोली, सन्दीपको सम्भावना कस्तो छ?

खेलकुद
१५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज मेगा अक्सन हुँदैछ। सन् २००८ देखि सुरु भएको आइपिएलको १५ औं सिजनका लागि आज र भोलि विभिन्न १० टिमले विभिन्न खेलाडीमाथि बोली लगाउनेछन्। आज ११ बजेबाट बैंलुरूमा हुने अक्सनमा ५९० खेलाडीमध्ये १६१ खेलाडीमाथि बोली लाग्नेछ। बाँकी खेलाडीको बोली भोलि आइतबार लाग्नेछ। Advertisement १० टिमले बढीमा २५ जना र कम्तिमा १८ जना खेलाडी राख्न पाउनेछन्। जसका लागि ९० करोड भारतीय रूपैयाँ खर्चना पाउनेछन्। खेलाडीहरूले आफ्नो आधार मूल्य २० लाख, ३० लाख, ४० लाख, ५० लाख, ७५ लाख, १ करोड, १.५ करोड र २ करोड राखेका छन्। ३ सय ७० भारतीय र २ सय २० विदेशी खेलाडीसहित ५ सय ९० खेलाडीबाट १० फ्रेन्चाइज टोलीले आफ्नो पूर्ण टोली निर्माण गर्नेछन्। ५९० खेलाडी मध्ये २२८ क्याप्ड, ३५५ अनक्याप्ड र ७ जना एसोसिएट देशका खेलाडी छन्।  आइपिएल...
नेपाल टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा युएईसँग भिड्दै

नेपाल टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा युएईसँग भिड्दै

खेलकुद
ओमान भ्रमणमा रहेको नेपालले चार देशीय टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा आज युएईविरुद्ध खेल्दैछ।  Advertisement नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार बिहान ११:४५ बजेदेखि अल अमेरात क्रिकेट मैदानमा सुरू हुनेछ।  यसअघि आफ्नो पहिलो खेलमा घरेलु टोली ओमानलाई हराएको नेपाली टोली उच्च आत्मविश्वासका साथ विजयी यात्रालाई निरन्तरता दिने योजनामा छ। घरेलु टोलीमाथि ओडिआई सिरिज जितेर लयमा रहेको युएई पनि आफ्नोउत्कृष्ट लय कायम राख्ने सोचमा हुनेछ।  युएईविरूद्ध नेपालले प्लेइङ-११ केही परिवर्तन हुने सम्भावना छ। प्रदीप ऐरी र सागर ढकाललाई विश्राम दिएर कुशल भुर्तेल र करण केसी वा लोकेश बमलाई मौका दिने सम्भावना छ।  पछिल्लो तीन खेलको आँकडा हेर्दा युएईविरूद्ध नेपाल हाबी देखिन्छ। तीन खेलमध्ये नेपालले दुई खेल जितेको छ। यी दुई टिमले अन्तिमपटक एकअर्काविरद्ध सन...
जनयुद्ध दिवसमा मधेस प्रदेशमा सार्वजनिक बिदा

जनयुद्ध दिवसमा मधेस प्रदेशमा सार्वजनिक बिदा

राजनीति
मधेस प्रदेश सरकारले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने भएको छ। Advertisement आइतबार २७ औं जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशभर सार्वजनिक बिदा दिन लागिएको हो। शुक्रबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सूचना जारी गरी बिदा दिइएको जनाएको छ।  
कांग्रेस बैठक आइतबार पनि बस्ने

कांग्रेस बैठक आइतबार पनि बस्ने

राजनीति
काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि सकिएन । १४ औं महाधिवेशनपछि गठित समितिको बिहीबारदेखि सुरू भएको पहिलो बैठकमा नेताहरूले बोल्नेक्रम नसकिएपछि बैठक लम्बिएको हो । प्रवक्ता प्रकाशशरण महतले आइतबार दिउँसो २ बजे पुनः बस्ने गरी बैठक स्थगित भएको जानकारी दिए । Advertisement ‘नेताहरूले बोल्नेक्रम सकिएको छैन, कतिपय विषयहरूमा अझै अध्ययन र छलफल गर्नुपर्ने आवश्यक देखिएको छ,’ उनले भने, ‘आइतबारसम्म त्यसमाथि होमवर्क गरेर निर्णयमा पुग्छौं ।’ शुक्रबार नेता शेखर कोइराला, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसीलगायत नेताले बोलेका छन् । ...
राज्यको सम्पत्ति फिर्ता ल्याउन नसके एक सेकेन्ड पनि पदमा बस्दिनँ : पर्यटनमन्त्री आले

राज्यको सम्पत्ति फिर्ता ल्याउन नसके एक सेकेन्ड पनि पदमा बस्दिनँ : पर्यटनमन्त्री आले

राजनीति
काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालय अन्तर्गतको अतिक्रमणमा परेका राज्यको सम्पत्ति फिर्ता ल्याउन नसके आफू एक सेकेन्ड पनि मन्त्री पदमा नबस्ने बताएका छन् । Advertisement पर्यटन मन्त्रालयमा शुक्रबार आयोजित दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले मातहतका अतिक्रमित सरकारी सम्पत्ति फिर्ता गर्न नसके आफू एक सेकेण्ड पनि पदमा नबस्ने बताएका हुन् । राज्यको दोहन भएको सम्पत्ति फिर्ता ल्याउनु आफ्नो कर्तव्य भएको उनले बताए । विगतदेखि नै सरकारी जग्गाहरुमा अतिक्रमण भइरहे पनि सम्बन्धित निकाय टुलुटुलु हेरेर बसेको भन्दै आफूले फिर्ता गराएरै छाड्ने मन्त्री आलेको भनाइ थियो । पदमा बसुन्जेल इमान्दारीपूर्वक देशको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री ...
मसालका नेता ढकाल र जिसी एमालेमा प्रवेश

मसालका नेता ढकाल र जिसी एमालेमा प्रवेश

राजनीति
काठमाडौँ — मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल)का नेता योगेन्द्र ढकाल र अजिता जिसी नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।  Advertisement काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रमबीच ढकाल र जिसीलाई पार्टी प्रवेश गरेका हुन् । कार्यक्रममा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सही पार्टी छनौट गरेको भन्दै ढकाल र जिसीलाई पार्टीमा स्वागत गरेका थिए । नवप्रवेशी ढकालले भने देशभक्त नेता ओली भएकाले आफूहरु पनि ओली नेतृत्वकै पार्टीमा बसेर देश र जनताको सेवा गर्न चाहेको बताएका थिए । ...