एनएनआईपीए अवार्ड फागुन १७ मा हुने
काठमाडौँ — राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले ‘एनएनआईपीए स्पोर्ट्स अवार्ड २०७८’ फागुन १७ मा गोदावरी नगरपालिकास्थित बज्रबाराही मन्दिर परिसरमा आयोजना गर्ने जनाएको छ ।
Advertisement
संघका अध्यक्ष दीपक श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘कोभिड–१९ का कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका अफिसियल प्रतियोगिताहरू नभएकाले यस वर्ष नेपाल ओलम्पिक कमिटीबाट आधिकारिकता पाएका २७ खेललाई आधार मानी विगत केही वर्षदेखि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका खेलाडीलाई सम्बन्धित संघको सिफारिसअनुसार सम्मान गर्नेछौं ।’ त्यसैले, २७ संघका २७ खेलाडीले जनही १० हजारसहित अवार्ड हात पार्नेछन् ।
उत्कृष्टमध्येका खेलाडीहरूबाट एक पुरुष र महिलालाई सर्वोत्कृष्ट खेलाडीको १–१ लाख पुरस्कार दिइने पनि संघले जनाएको छ । प्रतिभाशाली खेलाडी तथा उदीयमान खेलाडीका रूप...









