२०८१ बैशाख १३

मसालका नेता ढकाल र जिसी एमालेमा प्रवेश

काठमाडौँ — मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल)का नेता योगेन्द्र ढकाल र अजिता जिसी नेकपा (एमाले)मा प्रवेश गरेका छन् । 


Advertisement


काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रमबीच ढकाल र जिसीलाई पार्टी प्रवेश गरेका हुन् । कार्यक्रममा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सही पार्टी छनौट गरेको भन्दै ढकाल र जिसीलाई पार्टीमा स्वागत गरेका थिए ।

नवप्रवेशी ढकालले भने देशभक्त नेता ओली भएकाले आफूहरु पनि ओली नेतृत्वकै पार्टीमा बसेर देश र जनताको सेवा गर्न चाहेको बताएका थिए ।

Copy link
Powered by Social Snap