एमालेले माग्यो स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा
नेकपा (एमाले) ले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ।
पार्टीका स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा मन्त्री खतिवडाले झूट बोलेको भन्दै राजीनामा मागिएको उल्लेख छ।
Advertisement
एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा मन्त्री खतिवडाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार भएको बेलामा आफूले कोभिडविरूद्धको खोप पाँच हजारमा किनेर लगाएको अभिव्यक्ति दिएको विज्ञप्तिमा उल्लेख छ।
सो अभिव्यक्ति झूटो र अफवाहपूर्ण भएको भट्टराईले बताए।
‘खोप किनेर लगाएको भन्ने स्वास्थ्यमन्त्री खतिवडाको भनाइ सरासर झूटो र अफवाहपूर्ण छ,’ विज्ञप्तिमा उल्लेख छ।
मन्त्री खतिवडाले खोपको पहिलो मात्रा सिभिल अस्पताल, बानेश्वरमा लगाएको अभिलेखमा सुरक्षित रहेको एमालेले जनाएको छ।
...









