२०८० चैत्र १६

नेपाल टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा युएईसँग भिड्दै

ओमान भ्रमणमा रहेको नेपालले चार देशीय टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा आज युएईविरुद्ध खेल्दैछ। 


Advertisement


नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार बिहान ११:४५ बजेदेखि अल अमेरात क्रिकेट मैदानमा सुरू हुनेछ। 

यसअघि आफ्नो पहिलो खेलमा घरेलु टोली ओमानलाई हराएको नेपाली टोली उच्च आत्मविश्वासका साथ विजयी यात्रालाई निरन्तरता दिने योजनामा छ।

घरेलु टोलीमाथि ओडिआई सिरिज जितेर लयमा रहेको युएई पनि आफ्नोउत्कृष्ट लय कायम राख्ने सोचमा हुनेछ। 

युएईविरूद्ध नेपालले प्लेइङ-११ केही परिवर्तन हुने सम्भावना छ। प्रदीप ऐरी र सागर ढकाललाई विश्राम दिएर कुशल भुर्तेल र करण केसी वा लोकेश बमलाई मौका दिने सम्भावना छ। 

पछिल्लो तीन खेलको आँकडा हेर्दा युएईविरूद्ध नेपाल हाबी देखिन्छ। तीन खेलमध्ये नेपालले दुई खेल जितेको छ। यी दुई टिमले अन्तिमपटक एकअर्काविरद्ध सन् २०१९ फेब्रुअरी ३ मा खेलेका थिए। सो खेलमा नेपाल १४ रनले विजयी भएको थियो।

युएईपछि नेपालले यो सिरिजको अन्तिम खेलमा सोमबार आयरल्याण्डविरूद्ध खेल्नेछ। 

त्यसपछि नेपालले १८ फेब्रुअरीबाट आईसीसी विश्वकप ग्लोबल क्वालिफायर प्रतियोगिता खेल्नेछ।

युएईविरुद्ध नेपालको सम्भावित प्लेइङ-११ :

आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, आरिफ शेख, अविनाश बोहरा, कमलसिंह ऐरी, सन्दीप लामिछाने (कप्तान), विवेक यादव र लोकेश/करण केसी ।

Copy link
Powered by Social Snap