२०८० चैत्र १६

कांग्रेस बैठक आइतबार पनि बस्ने

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि सकिएन । १४ औं महाधिवेशनपछि गठित समितिको बिहीबारदेखि सुरू भएको पहिलो बैठकमा नेताहरूले बोल्नेक्रम नसकिएपछि बैठक लम्बिएको हो । प्रवक्ता प्रकाशशरण महतले आइतबार दिउँसो २ बजे पुनः बस्ने गरी बैठक स्थगित भएको जानकारी दिए ।


Advertisement


‘नेताहरूले बोल्नेक्रम सकिएको छैन, कतिपय विषयहरूमा अझै अध्ययन र छलफल गर्नुपर्ने आवश्यक देखिएको छ,’ उनले भने, ‘आइतबारसम्म त्यसमाथि होमवर्क गरेर निर्णयमा पुग्छौं ।’

शुक्रबार नेता शेखर कोइराला, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसीलगायत नेताले बोलेका छन् ।

Copy link
Powered by Social Snap