२०८१ बैशाख २१

श्रीलंकामा नयाँ प्रधानमन्त्री नियुक्त

श्रीलंकामा बिहीबार नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। बिहीबार राष्ट्रपति गोटवाया राजापाक्षेले नयाँ प्रधानमन्त्रीका रूपमा रनिल विक्रमासिंघेलाई नियुक्त गरेका बिबिसीले जनाएको छ।

बिबिसीका अनुसार पूर्व प्रधानमन्त्री रहिसकेका विक्रमासिंघेले नयाँ प्रधानमन्त्रीका रूपमा आजै सपथ लिएका हुन्।


Advertisement


चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि देश प्रधानमन्त्री बिहीन थियो। उनले वैशाख २६ गते आफ्ना भाइसमेत रहेका राष्ट्रपति गोटवाया राजापाक्षेलाई राजीनामा बुझाएका थिए। 

दुई करोड २० लाख जनसंख्या श्रीलंका खाद्यान्न, इन्धन र औषधि चर्को अभाव र विद्युतमा स्वतन्त्रताको कारण आर्थिक संकटमा फसेको छ। महिन्दा राजापाक्षेले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। यसलगत्तै राजधानी कोलम्बोमा दंगा फैलिएको थियो।

केही दिन जारी रहेको यस हिंसामा कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै दुई सय भन्दा बढी घाइते भएका छन्। 

नयाँ प्रधानमन्त्री विक्रमासिंघे लामो समयदेखि राजनीतिमा सक्रिय छन्। यसपालि उनी छैठौं पटक प्रधानमन्त्री भएका बिबिसीले लेखेको छ। तर उनले कहिल्यै पनि आफ्नो पूरा कार्यकाल सम्हाल्न पाएका थिएनन्।

विक्रमासिंघेलाई राजापाक्षेहरूको निकट मानिन्छ। उनले राजापाक्षेहरूको सुरक्षा र आवश्यक परे उद्धार गर्न सक्ने भएकाले उनलाई प्रधानमन्त्रीका रूपमा चुनिएको विज्ञहरूको भनाइ छ।

Copy link
Powered by Social Snap