२०८१ जेष्ठ ६

उमेदवारले आफैंलाई मत हालेनन् !

धनगढी । डडेल्धुराको अजयमेरु गाँउपालिकाका एक उमेदवारले आफैंलाई मत हाल्न पाएनन् । उक्त गाँउपालिकाका वडा नम्बर २ का एमालेका तर्फबाट वडा सदस्यका उमेदवार रहेका राजेन्द्र ऐरले आफैंलाई मत हालेनन् ।


Advertisement


वडा सदस्यका उमेदवार ऐरको डडेल्धुराको अजयमेरु गाँउपालिका वडा नम्बर २ मा रहेको सहश्रलिङ्ग मावी मतदानकेन्द्र रहेको थियो । दिउँसो ४ बजे मतदानका क्रममा विवाद भएपछि मतदान स्थगित भएपछि ऐरले आफंैलाई मत हाल्नबाट बञ्चित भएको बताए । 

“भीडभाड थियो, सबैलाई क्रमैसँग मतदाताहरूलाई मिलाएर आफू हाल्ल्ने भनि अरु चाजोपाजो मिलाउँदै गर्दा मतदाननै रोकियो”, सदस्यका उमेदबार ऐरले भने, “आफैं मतदानबाट बञ्चित भएँ ।” 

Copy link
Powered by Social Snap