२०८१ बैशाख १५

बाबुरामको दाबी– बहुमत हामीसँग छ, बैठकलाई अवैध भन्नु इतिहासकै झुट 




काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीलाई फुटबाट जोगाउने श्रेय आफूहरूले पाउने अवसर रहेको बताएका छन् ।



Advertisement



आफूपक्षीय केन्द्रीय समितिको बैठकमा उनले आफूहरूको बैठकलाई अवैध भने त्यो इतिहासकै झुट हुने समेत बताए । आफूहरूसँग बहुमत रहेको उनले दाबी गरेका छन् ।

“संघ प्रदेश र केन्द्रका नेता र संख्याको बहुमत हामीसँग छ । यो पार्टीलाई फुटबाट जोगाउने श्रेय हामीलाई छ । कसैले यो बैठक अवैध भन्छ भने त्यो इतिहासकै झुट हो,” उनले भने, “उपेन्द्र (यादव)जीले बिनासल्लाह वीरगन्जमा बैठक बोलाउनुभएको छ । कतिपयले बाबुरामले भाग खोज्यो भने ।”

Copy link
Powered by Social Snap