२०८१ बैशाख ८

सत्ता र गठबन्धन टिकाउन संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याइयो : दाहाल




काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद देवेन्द्र दाहालले सत्ता र गठबन्धन टिकाउनका लागि नै संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रियसभामा दर्ता गराइएको आरोप लगाएका छन् ।



Advertisement



मंगलबार राष्ट्रियसभा बैठकको विशेष समयमा दाहालले सरकारमा रहेका दलहरू आफँैले यसअघि विरोध गरेको विधेयक दर्ता गराइनु सत्ता र गठबन्धन टिकाउनका लागि मात्र भएको बताएका हुन् ।

उक्त विधेयक सम्बन्धमा सभामुख अग्निप्रसाद सापकोटाले विगतमा सर्वोच्च अदालतमा मुद्दा हालेको भन्दै उनले राष्ट्रियसभाका अध्यक्षले सभामा छलफल गराउनुपूर्व सभामुखको धारणा बुझ्नुपर्नेमा जोड दिए ।

सांसद दाहालले सरकारको बेवास्ताका कारण संसद्मा विधेयक तथा कानुनहरू अलपत्र परेको र जनतालाई समस्या भएको तर्क गरे ।

Copy link
Powered by Social Snap