२०८० चैत्र १६

उपेन्द्रलाई बाबुरामको आग्रह– गुटको बैठक स्थगित गरेर सल्लाह गर्न आउनोस् 




काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई छलफलका लागि आह्वान गरेका छन् ।



Advertisement



आफूपक्षीय केन्द्रीय समितिको बैठकमा उनले भोलिदेखि वीरगन्जमा सुरु हुन लागेको केन्द्रीय समितिको बैठकलाई गुटको बैठकको संज्ञा दिएका छन् । बैठक रोकेर वार्तामा आउन उनको आग्रह छ ।

उनले बैठकमा आफ्ना कुरा राख्न दिन समेत आग्रह गरेका छन् । “कुनै बाउआमाले आफ्नो सन्तानलाई मार्दैन । त्यस्तै हो, हामी पनि पार्टी फुटाउन चाहन्नौँ । अवैध र गुटको बैठक स्थगित गरेर सल्लाह गर्न आउनुहोस्, बैठक बसौँ,” उनले भने, “त्यहाँ आएर हामी गलत रहेछौँ भने हामीलाई नंग्याउनुहोस् । तर, बैठकमा हाम्रो कुरा राख्न दिनुहोस्, म उपेन्द्रजीलाई अनुरोध गर्छु ।”

उनले आफूहरूको पार्टीमा कालो बादल मडारिरहेको पनि बताए ।

Copy link
Powered by Social Snap