२०८३ बैशाख २४

Author: Senior Editor Nima

हजयात्रा खर्चमा ‘अनियमितता’ भएको आरोप

हजयात्रा खर्चमा ‘अनियमितता’ भएको आरोप

राजनीति
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिले हजयात्रा व्यवस्थापनमा भएको खर्चको विषयमा अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले हजयात्रा व्यवस्थापमा भएको खर्चलगायतका विषयमा भएको भनिएको अनियमितामाथि अनुसन्धान गरी निष्कर्षमा पुग्न अख्तियारलाई निर्देशन दिएको हो । बैठकले हजयात्रा व्यवस्थापनामा मुस्लिम आयोगको नेतृत्वदायी भूमिका नरहनुको कारण समितिलाई उपलब्ध पनि आयोगलाई निर्देशन दिएको छ । आयोगलाई उपलब्ध गराएको बजेट अपेक्षाअनुरूप नभएपनि प्राप्त उपलब्धि जनअपेक्षित नरहेको समितिको ठहर रहेको समिति सभापति निरुदेवी पालले बताइन् । उनले समस्या समाधानमा उपलब्ध बजेटको व्यवस्थापन र उपलब्धिमा समितिको गम्भीर चासो रहेको उल्लेख गरिन् । उनले आयोगको रणनीतकि कार्ययोजनाले मूर्तरूप लिन नसकेको भन्दै मुस्लिम समुदायको समग्र ...
सर्वोच्चले भन्यो– तत्काल ‘गाई’ चिह्न कसैलाई नदिनू

सर्वोच्चले भन्यो– तत्काल ‘गाई’ चिह्न कसैलाई नदिनू

राजनीति
काठमाडौं । सर्वोच्च अदालतले 'गाई' चुनाव चिह्न कसैलाई नदिन आदेश दिएको छ ।  न्यायाधीशद्वय डा. आनन्द मोहन भट्टराई र कुमार चुँडालको संयुक्त इजलासले राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिटको अन्तिम टुंगो नलागेसम्म 'गाई' चिह्न कसैलाई नदिन अन्तरिम आदेश दिएको हो ।  निर्वाचन आयोगले गत असार २७ गते राष्ट्रिय जनवार कुनै दललाई दिन नहुने भन्दै निर्णय गरेको थियो । सोही निर्णयविरुद्ध थापाले उजुरी दिएका थिए ।  आयोगको निर्णयमा कुनै कानुनी आधार उल्लेख नगरेको अदालतको ठहर छ । त्यस्तै असार २७ को निर्णय यथास्थितिमा राख्नसमेत आदेशमा भनिएको छ । ...
प्रधानमन्त्रीको कार्यक्रममा नाराबाजी, तीन युवा पक्राउ

प्रधानमन्त्रीको कार्यक्रममा नाराबाजी, तीन युवा पक्राउ

राजनीति
काठमाडौं । नागरिकता विधेयक खारेज गर्नुपर्ने भन्दै केही युवाले प्रधानमन्त्री सहभागी कार्यक्रममा प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गरिरहेका बेला तीनजना युवाले नागरिकता विधेयक खारेज गर भन्दै प्लेकार्ड प्रदर्शनसहित नारा लगाएका हुन् ।  ती युवाले नागरिकता विधेयक खारेज गर, राष्ट्रियताको रक्षा गरौँ, स्वानिधनताको रक्षा गरौँ भन्दै नारा लगाएपछि सुरक्षाकर्मीले उनीहरुलाई कार्यक्रमस्थलबाट पक्राउ गरेको थियो ।  ...
राप्रपा नेपालले चुनाव चिह्न ‘गाई’ पाउने बाटो खुल्यो

राप्रपा नेपालले चुनाव चिह्न ‘गाई’ पाउने बाटो खुल्यो

राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाललाई 'गाई' चुनाव चिह्न पाउने बाटो खुलेको छ । सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्द मोहन भट्टराई र कुमार चुँडालको संयुक्त इजलासबाट अन्तरिम आदेश जारी भएसँगै राप्रपाले गाई चिह्न पाउने बाटो खुलेको हो ।
प्रदेश–१ का मुख्यमन्त्रीले हिंसा भड्काउन खोजेको एमालेको आरोप

प्रदेश–१ का मुख्यमन्त्रीले हिंसा भड्काउन खोजेको एमालेको आरोप

राजनीति
विराटनगर । प्रमुख विपक्षी नेकपा एमालेले प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले जातीय सद्भाव भड्काउन खोजेको भन्दै सरकारको धारणा सार्वजनिक गर्न माग गरेको छ । एमाले सांसद लिलावल्लभ अधिकारीले प्रदेशको नामकरणको विषयलाई लिएर उनले मुख्यमन्त्री राईले कुनै पहिचान विशेषको मुद्दा भएको र नभए उथलपुथल हुन्छ भन्दै जातीय र सामाजिक सद्भाव भड्काउन खोजेको भन्दै सरकारको धारणा माग गरेका हुन् ।  मुख्यमन्त्री राई प्रदेश–१ को नाम किराँत राख्नुपर्ने पक्षमा छन् । उनले किराँत नामकै विषयमा अभिव्यक्ति दिने गरेका छन् । उनले भने, “एउटा सीमित जाति विशेषको लागि मात्र नभएर सबैको भावनाबारे सोच्नु पर्छ । पदको गरिमा कायम गर्नुपर्छ । मानिसको भूमिका समय परिस्थितिअनुसार फरक हुन्छ ।”  उनले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र बनेको र यो सरकारले रकम नदिँदा समस्या उत्पन्न भएको भन्दै निहत्था जनता उपच...
अमेरिकामा खाना खाएको फोटो ‘ट्रोल’ बनाइयो : प्रदिप ज्ञवाली

अमेरिकामा खाना खाएको फोटो ‘ट्रोल’ बनाइयो : प्रदिप ज्ञवाली

राजनीति
काठमाडौं । नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले गठबन्धन सरकार जनताको समस्या समाधान गर्ने कुरामा बेखबर भएको बताएका छन् । बिहीवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । सांसद ज्ञवालीले शैक्षिक सत्र शुरु भएको लामो समयसम्म पनि विद्यार्थीको पाठ्यपुस्तक पु¥याउन नसक्नु लज्जास्पद भएको बताए । उनले सरकारको गैर जिम्मेवारपनले सबै जनतालाई आहत तुल्याएको भन्दै जनताको समस्या समाधान गर्ने गरेर जनतामा बढ्दो महंगीको राहतका प्याकेज उपलब्ध गराउने हिसावबाट रुलिङ गर्न सभामुख समक्ष आग्रह गरे । ज्ञवालीले भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा समेत सरकारले जनतासँग लुट्न मूल्य नघटाइरहेको आरोप लगाए । उनले किसानले मलखाद नपाइरहेको भन्दै सरकार यत्तिका दिनसम्म पनि गैर जिम्मेवार भएर बस्न नमिल्ने बताए । गठबन्धन सरकारले जनताका समस्या समाधान गर्न नसकेको भन्दै सर...
एसपीपी सम्झौता नगर्ने पत्राचार गर्न ‘रुलिङ’को माग 

एसपीपी सम्झौता नगर्ने पत्राचार गर्न ‘रुलिङ’को माग 

राजनीति
काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेत देव गुरुङ एसपीपी सम्झौतासम्बन्धी सरकारको निर्णय अमेरिकालाई पत्रचार गर्न माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले सरकारले गएको असार ६ गते एसपीपी सम्झौता नगर्ने निर्णय गरे पनि परराष्ट्र मन्त्रालयले पत्राचार नगरेको बताए । उनले छिट्टै पत्राचारका लागि ‘रुलिङ’ गर्न समेत माग गरे । विभिन्न पक्षसँग सल्लाह गरेर मात्र पठाइने भन्ने परराष्ट्र मन्त्रालयका प्रवक्ताको अभिव्यक्ति आएको भन्दै उनले आपत्ति समेत जनाए । “परराष्ट्र मन्त्रालयले यो निर्णय कार्यान्वयन गरिरहेको छैन । त्यसैले सम्मानीय सभामुखमार्फत एसपीपीसम्बन्धी निर्णयको प्रत्राचार अविलम्ब गरियोस् भन्ने रुलिङको माग गर्न चाहन्छु,” उनले भने । गुरुङले यसका पछाडि गम्भीर तयारी भइरहेको समाचार आइरहेको बताए । उनले अरू नामबाट सोही सैन्य सम्झौता गर्ने प्रयास...
महँगी बढ्यो भन्दा अमेरिकामा खाना खाएको फोटोसप गरियो : ज्ञवाली 

महँगी बढ्यो भन्दा अमेरिकामा खाना खाएको फोटोसप गरियो : ज्ञवाली 

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले महँगी बढेको आवाज उठाउँदा फोटोसप गरी विषायान्तर गरिएको भन्दै गुनासो गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले केही दिनअघि आफूले दुई थरी तरकारी पकाउन सकिने अवस्था छैन भन्दा अमेरिकामा खाना खाएको फोटोसप गरिएको बताए । “मूल्य बढ्यो भन्दा स्वीकार गर्नुको साटो कसले यो विषय उठायो ? फोटोसप गरेर हुन्छ कि के गरेर हुन्छ कि ट्रोल बनाउनेतिर लाग्छन् । अस्ति मैले यही विषय सार्वजनिक कार्यक्रममा बोलेको थिएँ,” उनले भने, “साथीहरूले मैले अमेरिकामा खाना खाइरहेको फोटो छापेर दुई थरी तरकारीको कुरा गर्नुभो । त्यसो गरेर उहाँको भान्छामा सस्तो हुन्छ भने मेरो शुभकामना छ ।” उनले विषायान्तर गरेर मूल्यवृद्धि नियन्त्रण गर्न सकिन्छ ? भन्दै प्रश्न गरे । महँगीको विषयमा छलफल गर्नुपर्ने बेलामा एम अधिकारी को हो भन्दै विषयान्तर गर...
भीम रावलप्रति रंगमतीको कटाक्ष– सभामुखको आसन नै कब्जा हुने हो कि भन्ने चिन्ता बढ्यो 

भीम रावलप्रति रंगमतीको कटाक्ष– सभामुखको आसन नै कब्जा हुने हो कि भन्ने चिन्ता बढ्यो 

राजनीति
काठमाडौं । नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले नेकपा (एमाले)का सांसद भीम रावलले संसद्को ‘रोस्ट्रम कब्जा’ गरेकोप्रति कटाक्ष गरेकी छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले सभामुखको आसन नै कब्जा हुने हो कि भन्ने चिन्ता बढेको भन्दै व्यंग्य गरिन् । “अब त सम्माननीय सभामुखज्यूको आसन नै कब्जा हुने हो कि भन्ने बढो चिन्ताको विषय बन्यो,” उनले भनिन् । बुधबारको प्रतिनिधिसभा बैठकमा रावलले एसपीपीको विषयमा धारणा राख्दा रोष्ट्रम छाड्नै नमानेपछि बैठक नै स्थगित गरिएको थियो । शाहीले आफैँले बनाएको नियमावली पढाउँदा पीएचडीको अपमान हुने भन्दै कटाक्ष समेत गरिन् । ...
प्रचण्ड र बाबुरामबीच भेटवार्ता : समाजवादी केन्द्र बनाउन जोड

प्रचण्ड र बाबुरामबीच भेटवार्ता : समाजवादी केन्द्र बनाउन जोड

राजनीति
काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । आज बिहान ललितपुरको हात्तीवनस्थित प्रचण्डनिकट एक व्यक्तिको घरमा करिब दुई घण्टा छलफल भएको डा. भट्टराईको सचिवालयले जनाएको छ । उनीहरूबीच बिहान ९ बजेदेखि भेटवार्ता भएको थियो । दुई नेताबीच गएको मंगलबार पनि सिंहदरबारमा भेटवार्ता भएको थियो । पार्टी एकता गरेर समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको बताइएको छ । डा. भट्टराईले एकता गरेर समाजवादी केन्द्र बनाउनुपर्नेमा जोड दिँदै आएका छन् । ...