२०८१ बैशाख १५

भीम रावलप्रति रंगमतीको कटाक्ष– सभामुखको आसन नै कब्जा हुने हो कि भन्ने चिन्ता बढ्यो 




काठमाडौं । नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले नेकपा (एमाले)का सांसद भीम रावलले संसद्को ‘रोस्ट्रम कब्जा’ गरेकोप्रति कटाक्ष गरेकी छन् ।



Advertisement



आजको प्रतिनिधिसभा बैठकमा उनले सभामुखको आसन नै कब्जा हुने हो कि भन्ने चिन्ता बढेको भन्दै व्यंग्य गरिन् ।

“अब त सम्माननीय सभामुखज्यूको आसन नै कब्जा हुने हो कि भन्ने बढो चिन्ताको विषय बन्यो,” उनले भनिन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा रावलले एसपीपीको विषयमा धारणा राख्दा रोष्ट्रम छाड्नै नमानेपछि बैठक नै स्थगित गरिएको थियो ।

शाहीले आफैँले बनाएको नियमावली पढाउँदा पीएचडीको अपमान हुने भन्दै कटाक्ष समेत गरिन् ।

Copy link
Powered by Social Snap