२०८३ बैशाख २४

Author: Senior Editor Nima

राष्ट्रका लागि घात गरेको छैन : जनार्दन शर्मा

राष्ट्रका लागि घात गरेको छैन : जनार्दन शर्मा

राजनीति
काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले आफूले राष्ट्रका लागि कुनै घात नगरेको बताएका छन् । संसदीय विशेष छानबिन समितिको बिहीबारको बैठकमा उनले यस्तो बताएका हुन् । उनले गएको जेठ १४ गते मध्यराति अस्वाभाविक रूपमा करको दरमा हेरफेर नगरिएको जिकिर गरे । “करको दर हेरफेर गरेर राष्ट्रका लागि घात गरेको छैन,” शर्माले बैठकमा भने । चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका शर्मासित समितिले छलफल गरेको हो । तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ । उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय उक्त समिति गठन गरिएको हो । समिति बनेसँगै शर्माले पदबाट राजीनामा दिएका थिए । आज समिति गठन गरिएको १० दिन पूरा भएको छ । समय अपुग भएको भन्दै सात...
देश नेता र कर्मचारीले मात्र बिगारेको होइन, इन्जिनियरको पनि भूमिका छ : मेटमणि चौधरी

देश नेता र कर्मचारीले मात्र बिगारेको होइन, इन्जिनियरको पनि भूमिका छ : मेटमणि चौधरी

राजनीति
काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले इन्जिनियरहरू विदेश पलायन हुन नहुने बताएका छन् । बुधबार पुल्चोक क्याम्पस इन्जिनियरिङ अध्ययन संस्थानमा विद्यार्थीहरूसँग मन्त्री कार्यक्रमअन्तर्गत भएको सहरी विकास विषयक अन्तरक्रियामा बोल्दै मन्त्री चौधरीले इन्जिनियरहरू विदेशिन नहुने बताएका हुन् । इन्जिनियरिङ क्याम्पस भर्ना गर्नुअघि नै विदेश जाने मनोविज्ञान बोक्ने गरिएको भन्दै उनले त्यस्तो मनोविज्ञान त्याग्न विद्यार्थीहरूलाई आग्रह गरे । उनले मुलुक निर्माण गर्ने जिम्मेवारी इन्जिनियरहरूको पनि भएको उल्लेख गरे । मन्त्री चौधरीले सहरी विकाससम्बन्धी नीतिहरू बनाउँदा इन्जिनियरहरूको ज्ञानको पनि उपयोग गरिने बताए । "इन्जिनियरिङ कलेज भर्ना गर्नुभन्दा अगाडी विदेश जान पाइन्छ भन्ने जुन मनोविज्ञान छ । यसलाई सधैँभरिका लागि छोड्नुपर्छ । सरकारले लगानी लगाउने भनेको विदेशमा गएर आफ्नो ...
कांग्रेसको चुनावलक्षित २२ दिने अभियान, गठबन्धनको औचित्य बुझाउनुपर्ने चुनौती 

कांग्रेसको चुनावलक्षित २२ दिने अभियान, गठबन्धनको औचित्य बुझाउनुपर्ने चुनौती 

राजनीति
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १३ बुँदे निर्णय गर्‍यो । निर्णय नम्बर–७ मा आउँदो भदौ २ देखि २४ गतेसम्म राष्ट्रव्यापी रूपमा विशेष अभियान सञ्चालन गरिने उल्लेख छ । कांग्रेसले सोही बैठकबाट मंसिरमा हुनुपर्ने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गरेर होमिने निर्णय गरेको छ । गएको स्थानीय तह निर्वाचनमा भएको गठबन्धनलाई निरन्तरता दिने कांग्रेसले घोषणा गरिसकेको छ । कांग्रेससहित नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा वाम–लोकतान्त्रिक गठबन्धनमा आबद्ध छन् । गएको निर्वाचनमा पनि गठबन्धनको बलमा आफू पहिलो शक्ति बनेको कांग्रेसको निष्कर्ष छ । स्थानीय निर्वाचनमा कांग्रेसले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरेको थियो । भदौ २ बाट गर्न लागिएको अभियान पनि निर्वा...
प्रधानमन्त्रीको अमेरिका भ्रमण अझै अनिश्चित, एसपीपीबारेको पत्र पनि पठाइएन

प्रधानमन्त्रीको अमेरिका भ्रमण अझै अनिश्चित, एसपीपीबारेको पत्र पनि पठाइएन

राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमण गर्ने भनिए पनि अहिलेसम्म भ्रमणको मिति तय हुन सकेको छैन । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री देउवाको भ्रमण कहिले हुने भन्ने निश्चित नभएको जानकारी दिएको छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नियमति पत्रकार सम्मेलनमा भ्रमणबारे अझै स्पष्ट जानकारी नभएको बताइन् । उनले एउटा मितिलाई लिएर कुरा अघि बढेको तर दुवै पक्षबाट सहमति भएपछि मिति तय गरिने जानकारी दिइन् । अमेरिकासँग सैन्य रणनीति स्टेट पार्टनरसिप प्रोग्राम  (एसपीपी)मा नेपालले सम्झौता नगर्ने निर्णय गरेपछि देउवाको भ्रमण पनि रद्द हुन सक्ने आँकलन गरिएको थियो । यसैबीच, एसपीपी सम्झौतामा नेपाल सहभागी नहुने निर्णय परराष्ट्रले पत्रमार्फत अमेरिकालाई औपचारिक जानकारी दिने भनिएकोबारे अझै अध्ययन भइरहेको उनले बताइन् । “एसपीपीअन्तर्गत नै कतिपय सहयोग यसअघि नै आइस...
माधव नेपाल भन्छन्– गठबन्धन गरेपछि अरूको सहारामा बाँच्नुपर्दो रहेछ

माधव नेपाल भन्छन्– गठबन्धन गरेपछि अरूको सहारामा बाँच्नुपर्दो रहेछ

राजनीति
काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको धेरै भरोसा नभएको बताएका छन् । उक्त पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रममा बुधबार उनले गठबन्धन गर्दा अरूको सहारामा बाँच्नुपर्ने बताए । “गठबन्धनको धेरै भरोसा छैन । गठबन्धनको भर परेपछि अरूको सहारामा बाँच्नुपर्दो रहेछ,” उनले भने, “अरूको भरमा बाँच्ने मान्छेले केही गर्न सक्दैन । आफ्नै तागतमा जित्छु भन्ने भरोसा भएकाहरूले पार्टीको पनि विश्वास जित्न सक्दा रहेछन् ।” उनले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनभित्र धोका भएको पनि बताए । आन्तरिक कारण समेत पराजित भएको उनको भनाइ छ । ...
ओली भन्छन्– आफ्नैहरू अर्कैलाई भोट दिन कुदिरहेका छन्

ओली भन्छन्– आफ्नैहरू अर्कैलाई भोट दिन कुदिरहेका छन्

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन आफैँ फुट्ने बताएका छन् । बुधबार पार्टीको वाग्मती प्रदेश भेलामा उनले स्वार्थका लागि एकता भएकाले गठबन्धन आफैँ फुट्ने बताए । “एकता फोड्नका लागि चाँदीको तरबार बनाउन आवश्यक छैन । स्वार्थको टक्करबाट आफैँ फुट्छ,” उनले भने । केही दिनअघि राष्ट्रियसभागृहको कार्यक्रममा आफूले कोही वामपन्थी भए आउन र त्यसका लागि एमाले खुला भएको बताएको उनले जानकारी गराए । तर, आफ्नै पार्टीका नेता–कार्यकर्ताहरू अरूलाई भोट दिन गइरहेको भन्दै उनले शुद्धीकरणमा लाग्न आग्रह गरे । “...गठबन्धन टुट्नु हुँदैन, छोड्नु हुँदैन, छोड्दिनँ भनिरहेका छन् । हामी त्यस्ताहरूको वामपन्थीहरू भनेर अपेक्षा गर्छौँ, देश बनाउने कुरामा यी आऊलान्, लाग्लान् । यहाँ आफ्नै साथीहरू त अर्कैलाई भोट दिन कुदिरहेका बेलामा त्यस्ताहरू,” उनी भन्छन्, “त...
पुष्पा भुसाललाई विद्या भट्टराईको बधाई

पुष्पा भुसाललाई विद्या भट्टराईको बधाई

राजनीति
काठमाडौं । उपसभामुखमा पराजित भएकी एमाले सांसद विद्या भट्टराईले पुष्पा भुसाल गौतमलाई बधाई दिएकी छन् । शुक्रबार साँझ उनले सामाजिक सञ्जालबाट निर्वाचित भुसाललाई बधाईसँगै सफल कार्यकालको शुभकामना दिएकी छन् । साथै उनले आफूलाई मत दिने सांसदहरूलाई धन्यवाद दिएकी छन् । 
सरकारका धेरै नराम्रा काम छन्, कुन जनतालाई भन्ने चिन्ता लाग्न थाल्यो : सुवास नेम्वाङ

सरकारका धेरै नराम्रा काम छन्, कुन जनतालाई भन्ने चिन्ता लाग्न थाल्यो : सुवास नेम्वाङ

राजनीति
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले आगामी निर्वाचनमा सरकारले गरेका एक–एक हिसाब लिएर जनतामाझ जाने बताएका छन् । शुक्रबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले सरकारले गरेका गलत कामहरूको बहीखाता नै तयार भएको भन्दै आगामी निर्वाचनमा जनतालाई हिसाबकिताब बुझाउने बताए । उनले सरकारले गलत गरेका धेरै कामहरू रहेको र कुन काम जनतामा राख्ने भन्ने नै चिन्ता लाग्न थालेको बताए । नेम्वाङले अब समयमा नै निर्वाचन हुनुपर्ने र जनताले आफ्नो कुरा भयरहित ढंगले भन्न पाउने वातावरण तयार गर्नुपर्ने उल्लेख गरे । उनले अहिलेको गठबन्धन गलत भएकाले एमालेले गठबन्धन भत्कियोस् भन्ने चाहना राखेको धारणा पनि बताए । त्यस्तै एमाले नेता भीम रावलले देशको राजनीति सत्ताको खेलतर्फ केन्द्रित रहेकै कारण अहिलेसम्म उपसभामुख पद खाली रहेको तर्क गरे । केही महिनापछि आम निर्वाच...
सदनमा तटस्थताको भूमिका निर्वाह गर्छु : पुष्पा भुसाल

सदनमा तटस्थताको भूमिका निर्वाह गर्छु : पुष्पा भुसाल

राजनीति
काठमाडौं । नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आफ्नो जिम्मेवारीलाई इमान्दार भएर निर्वाह गर्ने बताएकी छन् । शुक्रबार उपसभामुखमा निर्वाचित भएसँगै नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै भुसालले संविधानको कार्यान्वयनका लागि आफ्नो भूमिका रहने बताइन् । उनले राष्ट्रिय राजनीतिको विविध आयामहरूलाई व्यवस्थापन गर्न, जनजीविकाको सवाललाई सदनमा उठाउनका लागि र मुलुकको समृद्धिका लागि आफूले भूमिका खेल्ने बताइन् । "निर्वाचित भइसकेपछि हाम्रो काँधमा केही जिम्मेवारीहरू थपिएको छ । संविधानको कार्यान्वयनका लागि, समावेशी लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार मुलुकको राष्ट्रिय राजनीतिमा देखापरेका आयामहरूलाई व्यवस्थापन गर्नको लागि, जनजीविकाको सवालमा सदनमा अत्यन्त महत्वपूर्ण ढंगबाट यो विषयवस्तुलाई उठाउनको लागि, मुलुकको आर्थ...
एसपीपी अस्वीकार गरेकै कारण देउवाको अमेरिका भ्रमण रद्द भयो : माधव नेपाल

एसपीपी अस्वीकार गरेकै कारण देउवाको अमेरिका भ्रमण रद्द भयो : माधव नेपाल

राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा पार्टीको वाग्मती प्रदेश कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एसपीपी अस्वीकार गरेकै कारण देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गरेका हुन् । "एसपीपी केपी ओली प्रधानमन्त्री भएकै पालोमा ल्याएको थाहा भयो । त्यस्तो अवस्थामा शेरबहादुर प्रधानमन्त्रीले त्यसमा हामी अस्वीकार गर्छौं भनेपछि हुन लागेको अमेरिका भ्रमण पनि रद्द भयो, थाहा छैन ?," उनले भने । अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनको मिति कुनैपनि समयमा घोषणा हुनसक्ने बताए । उनले अब चाँडै चुनावको मिति घोषणा हुने भएकाले चुनावको तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन ...