२०८१ बैशाख १२

महँगी बढ्यो भन्दा अमेरिकामा खाना खाएको फोटोसप गरियो : ज्ञवाली 




काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले महँगी बढेको आवाज उठाउँदा फोटोसप गरी विषायान्तर गरिएको भन्दै गुनासो गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले केही दिनअघि आफूले दुई थरी तरकारी पकाउन सकिने अवस्था छैन भन्दा अमेरिकामा खाना खाएको फोटोसप गरिएको बताए ।



“मूल्य बढ्यो भन्दा स्वीकार गर्नुको साटो कसले यो विषय उठायो ? फोटोसप गरेर हुन्छ कि के गरेर हुन्छ कि ट्रोल बनाउनेतिर लाग्छन् । अस्ति मैले यही विषय सार्वजनिक कार्यक्रममा बोलेको थिएँ,” उनले भने, “साथीहरूले मैले अमेरिकामा खाना खाइरहेको फोटो छापेर दुई थरी तरकारीको कुरा गर्नुभो । त्यसो गरेर उहाँको भान्छामा सस्तो हुन्छ भने मेरो शुभकामना छ ।”

उनले विषायान्तर गरेर मूल्यवृद्धि नियन्त्रण गर्न सकिन्छ ? भन्दै प्रश्न गरे । महँगीको विषयमा छलफल गर्नुपर्ने बेलामा एम अधिकारी को हो भन्दै विषयान्तर गरिएको आरोप समेत उनले लगाए ।

उनले महँगीका बारेमा ‘रुलिङ’ गर्न सभामुखसँग आग्रह गरे ।

Copy link
Powered by Social Snap