२०८१ बैशाख ६

अमेरिकामा खाना खाएको फोटो ‘ट्रोल’ बनाइयो : प्रदिप ज्ञवाली




काठमाडौं । नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले गठबन्धन सरकार जनताको समस्या समाधान गर्ने कुरामा बेखबर भएको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सांसद ज्ञवालीले शैक्षिक सत्र शुरु भएको लामो समयसम्म पनि विद्यार्थीको पाठ्यपुस्तक पु¥याउन नसक्नु लज्जास्पद भएको बताए ।



Advertisement



उनले सरकारको गैर जिम्मेवारपनले सबै जनतालाई आहत तुल्याएको भन्दै जनताको समस्या समाधान गर्ने गरेर जनतामा बढ्दो महंगीको राहतका प्याकेज उपलब्ध गराउने हिसावबाट रुलिङ गर्न सभामुख समक्ष आग्रह गरे ।

ज्ञवालीले भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा समेत सरकारले जनतासँग लुट्न मूल्य नघटाइरहेको आरोप लगाए ।

उनले किसानले मलखाद नपाइरहेको भन्दै सरकार यत्तिका दिनसम्म पनि गैर जिम्मेवार भएर बस्न नमिल्ने बताए ।

गठबन्धन सरकारले जनताका समस्या समाधान गर्न नसकेको भन्दै सरकार जनताबाट कर उठाउनको निम्ति मात्रै हो ? भन्दै प्रश्न गरे ।

सांसद ज्ञवालीले जनतालाई मलखाद र विद्यार्थीलाई पाठ्यपुस्तक हतियार किन्न पैसा पुग्छ तर मल किन्न पैसा पुग्दैन ? भन्दै प्रश्न गरे ।

उनले भने, “ढ्दो महंगी, मूल्यवृद्धि र अत्यावश्यक वस्तुको मूल्यवृद्धि छ । सरकार बेखबर देखिएको छ । डिजेल १८ र पेट्रोलमा १५ रुपैयाँँ घटाएर पठायो तर आज एक हप्ता भयो मूल्य घटाइएको छैन । बढेर आएको भए रातारात बढाइन्थ्यो । मैले सार्वजनिक कार्यक्रममा बोलेको कुरा अमेरिकामा खाना खाइरहेको फोटो हालेर ट्रोल बनाउनु भएछ । त्यसो गरेर उहाँहरुको भान्सामा सस्तो हुन्छ भने मेरो शुभकामना छ । यी सारा समस्याको निम्ति गम्भीरतापूर्वक सोच्नुपर्ने बेलामा बहस त हामीले कहाँ चलाइरहेका छौँ । एम अधिकारी को हो भनेर खोजिरहेका छौँ । सम्बन्धित व्यक्ति म त्यो पार्टीमा छैन, २०७३ साल देखि भन्नुभएको छ । सम्बन्धित पार्टी भन्छ, ती मान्छे हाम्रो पार्टीमा छैनन् । हामीले हाम्रो पार्टीलाई विभाजन गर्ने षड्यन्त्रमुलक अध्यादेश आएपछि लामो समय वेल घेराउ गरेका थियौँ । सभामुखले पटकपटक यो विषय अदालतमा विचाराधिन छ, यसमा मैले केही गर्न सक्दिनँ भनेर पटकपटक रुलिङ गर्नुभयो । सभामुखको रुलिङ त कायमै होला नि । कायम छ कि छैन ? छैन भने बेग्लै कुरा भयो, छ भने एउटा विषयमा विषयान्तर गरेर आज मुलुकले भोगिरहेका समस्या के हुन् ? जनताको यो पीडाले हामी सबैलाई छुनु पर्छ कि पर्दैन ? यो साझा विषय होला ? मध्यम वर्गलाई समेत आच्छुआच्छु परिरहेको छ भने १७ प्रतिशत भन्दा बढी निरपेक्ष गरिबीको रेखाुमुनी रहेकालाई के भएको होला ? यस्तो विषयमा पनि विभाजित हुनुपर्ने आवश्यक हो र ? सत्तापक्षका कतिपय नेताहरुको संवेदनहीनताले आहत तुल्याएको छ । सरकारको गैर जिम्मेवारपनले हामीलाई आहत तुल्याएको छ । शैक्षिक सत्र शुरु भएको यत्तिको समयसम्म विद्यार्थीको हातमा पाठ्यपुस्तक दिन नसक्ने भन्दा लज्जास्पद कुरा के हुनसक्छ ? अहिलेपनि किसानलाई मल दिन नसक्ने भन्दा गैर जिम्मेवार के हुन्छ । यो सरकार जनताबाट कर उठाउनको निम्ति मात्रै हो ? हतियार किन्न पैसा पुग्छ तर मल किन्न पैसा पुग्दैन ? सभामुख महोदय । सरकार गैर जिम्मेवार बनिरहेको छ । जनताको समस्या माधान र राहत प्याकेजका बारेमा तत्काल रुलिङ होस् भन्ने आग्रह गर्दछु ।”

सांसद ज्ञवालीले अमेरिकामा खाना खाएको फोटो देखाएर आफ्नो ट्रोल बनाएको भन्दै जनताका समस्या समाधान गर्न सरकार उत्तरदायी नबनेको आरोप लगाए ।

Copy link
Powered by Social Snap