२०८१ बैशाख ८

प्रचण्ड र बाबुरामबीच भेटवार्ता : समाजवादी केन्द्र बनाउन जोड




काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।



Advertisement



आज बिहान ललितपुरको हात्तीवनस्थित प्रचण्डनिकट एक व्यक्तिको घरमा करिब दुई घण्टा छलफल भएको डा. भट्टराईको सचिवालयले जनाएको छ । उनीहरूबीच बिहान ९ बजेदेखि भेटवार्ता भएको थियो ।

दुई नेताबीच गएको मंगलबार पनि सिंहदरबारमा भेटवार्ता भएको थियो ।

पार्टी एकता गरेर समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको बताइएको छ । डा. भट्टराईले एकता गरेर समाजवादी केन्द्र बनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।

Copy link
Powered by Social Snap