२०८१ बैशाख १२

प्रदेश–१ का मुख्यमन्त्रीले हिंसा भड्काउन खोजेको एमालेको आरोप




विराटनगर । प्रमुख विपक्षी नेकपा एमालेले प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले जातीय सद्भाव भड्काउन खोजेको भन्दै सरकारको धारणा सार्वजनिक गर्न माग गरेको छ । एमाले सांसद लिलावल्लभ अधिकारीले प्रदेशको नामकरणको विषयलाई लिएर उनले मुख्यमन्त्री राईले कुनै पहिचान विशेषको मुद्दा भएको र नभए उथलपुथल हुन्छ भन्दै जातीय र सामाजिक सद्भाव भड्काउन खोजेको भन्दै सरकारको धारणा माग गरेका हुन् । 



Advertisement



मुख्यमन्त्री राई प्रदेश–१ को नाम किराँत राख्नुपर्ने पक्षमा छन् । उनले किराँत नामकै विषयमा अभिव्यक्ति दिने गरेका छन् । उनले भने, “एउटा सीमित जाति विशेषको लागि मात्र नभएर सबैको भावनाबारे सोच्नु पर्छ । पदको गरिमा कायम गर्नुपर्छ । मानिसको भूमिका समय परिस्थितिअनुसार फरक हुन्छ ।” 

उनले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र बनेको र यो सरकारले रकम नदिँदा समस्या उत्पन्न भएको भन्दै निहत्था जनता उपचार नपाएर ज्यान गुमाउने अवस्था भइसकेकाले यसमा संघीय सरकारले चासो दिनुपर्ने बताए ।



सांसद बिनादेवी राईले नामको विषयमा विपक्षमा हुँदा नाम राख्ने भन्ने तर सरकारमा पुगेपछि नामको विषयमा चासो नदिएको भन्दै सरकार के गरेर बसिरहेको छ भन्दै प्रश्न गरिन् । सरकार नै हिंसा भड्काउन उद्धत रहेको भन्ने बाहिर सन्देश गएकाले जनताको मागअनुसार तत्काल नामकरण गर्न आग्रह गरिन् ।

सांसद पूर्णप्रसाद राई याम्फूले बैठकमा किराँतहरूको मुन्धुमका मन्त्रहरु सुनाए । कांग्रेस प्रमुख सचेतक सूयर्माराज राईले पूर्वपश्चिम रेलमार्ग निर्माणका लागि जग्गा रोक्का गरेको तर निर्माण अघि नबढ्दा जनताले दुःख पाएको बताए । “रेल्वेले भेट्ने जग्गा परेका सर्वसाधारणलाई चाँडै मुआब्जा वितरण गरिनुपर्छ,” राईले भने । कांग्रेस सांसद शान्ता पौडेलले नामको विषयलाई चाँडै टुंग्याउन माग गरिन् ।

Copy link
Powered by Social Snap