२०८१ बैशाख १४

हजयात्रा खर्चमा ‘अनियमितता’ भएको आरोप




काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिले हजयात्रा व्यवस्थापनमा भएको खर्चको विषयमा अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको छ ।



Advertisement



सिंहदरबारमा सोमबार बसेको समिति बैठकले हजयात्रा व्यवस्थापमा भएको खर्चलगायतका विषयमा भएको भनिएको अनियमितामाथि अनुसन्धान गरी निष्कर्षमा पुग्न अख्तियारलाई निर्देशन दिएको हो । बैठकले हजयात्रा व्यवस्थापनामा मुस्लिम आयोगको नेतृत्वदायी भूमिका नरहनुको कारण समितिलाई उपलब्ध पनि आयोगलाई निर्देशन दिएको छ ।

आयोगलाई उपलब्ध गराएको बजेट अपेक्षाअनुरूप नभएपनि प्राप्त उपलब्धि जनअपेक्षित नरहेको समितिको ठहर रहेको समिति सभापति निरुदेवी पालले बताइन् । उनले समस्या समाधानमा उपलब्ध बजेटको व्यवस्थापन र उपलब्धिमा समितिको गम्भीर चासो रहेको उल्लेख गरिन् ।

उनले आयोगको रणनीतकि कार्ययोजनाले मूर्तरूप लिन नसकेको भन्दै मुस्लिम समुदायको समग्र हकहित अभिवृद्धिका लागि नीतिगत, कानुनी सिफारिसमा बढी केन्द्रीत भई कार्यसम्पादन गर्न गराउन पनि आयोगलाई निर्देशन दिएकी छन् ।

बैठकमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले प्रयाप्त बजेटका कारण कार्यसम्पादनमा समस्या भएको बताएका थिए ।

Copy link
Powered by Social Snap