२०८१ बैशाख १४

प्रधानमन्त्रीको कार्यक्रममा नाराबाजी, तीन युवा पक्राउ




काठमाडौं । नागरिकता विधेयक खारेज गर्नुपर्ने भन्दै केही युवाले प्रधानमन्त्री सहभागी कार्यक्रममा प्रदर्शन गरेका छन् ।



Advertisement



सोमबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गरिरहेका बेला तीनजना युवाले नागरिकता विधेयक खारेज गर भन्दै प्लेकार्ड प्रदर्शनसहित नारा लगाएका हुन् । 

ती युवाले नागरिकता विधेयक खारेज गर, राष्ट्रियताको रक्षा गरौँ, स्वानिधनताको रक्षा गरौँ भन्दै नारा लगाएपछि सुरक्षाकर्मीले उनीहरुलाई कार्यक्रमस्थलबाट पक्राउ गरेको थियो । 

Copy link
Powered by Social Snap